सीमा नाकामा रोकिएन ओहोर–दोहोर : लकडाउनमा तस्करलाई काइदा !
काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरिएको छ । लकडाउनका लागि सबै नाकाहरु बन्द छन् । हवाई उडानहरु बन्द छन् । धेरै ठाउँमा सिलबन्दी गर्नुको साथै आवतजावतमा पूर्ण बन्देज लगाइएको छ ।
तर नेपाल–भारतको खुल्ला बोर्डरका कारण दुई देशका जनताले एक अर्काको देशमा गरिरहेको ओहरदोहर नियन्त्रण गरिएको छैन । अहिले पनि कुनै नकुनै बहानामा भारतबाट नेपाल र नेपालबाट भारत दिनहुँ जस्तो आउजाउ भइरहेका छन् ।
सबभन्दा बढी हैरान तस्करहरुले पारेका छन् । तस्कारहरुले सीमावर्ती क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई मिलाउर राति तथा दिउँसो मालसमान ओहरदोहोर गर्नुको साथै मान्छे पनि आउन जाने गरेका छन् ।
त्यही भएर सीमावर्ती क्षेत्रमा कोरोना नियन्त्रण भइरहेको छैन । कपिलवस्तुमा फेला परेका थप तीन जना कोरोना संक्रमित युवाहरु भारतबाट लुकीछिपी नेपाल छिरेको अनुसन्धानबाट खुलेको छ ।
उनीहरु बैशाख २४ गते लुकिछिपी नेपाल प्रवेश गरेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । नेपाल प्रवेश गरेका उनीहरु सबैजना भारतको मुम्बइमा काम गर्थे । नेपाल प्रवेश गरेको थाह पाएर उनीहरुलाई बाटैबाट क्वारेन्टाइनमा राखिएको थियो ।
कुनै स्रोतबाट सूचना पाएपछि उनीहरुलाई गाउँ छिर्न नदिएर बीचैबाट पक्राउ गरी क्वारेन्टाइनमा राखिएको थियो ।
तर यस्ता थुप्रै व्यक्ति आउजाउ गरिरहेका छन्, जो प्रशासनको दृष्टिमा परेको छैन । सिरहाका स्थानीय पत्रकार एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य देवकुमार यादव भन्छन्, ‘कोरोना भाइरसका कारण गरिएको लकडाउनको फाइदा तस्कार तथा घुस्याहा प्रहरी प्रशासनका मान्छेले लिइरहेका छन् । यस्तो बेलामा पनि प्रहरी प्रशासनको मिलोमतोमा तस्कारी भइरहेका छन् । नेपाल–भारत ओहोर दोहोर भइरहेको हुन्छन् ।’
यो लकडाउन कतिपयका लागि कमाउने समय भएको छ, जसरी नाकाबन्दीको समयमा मान्छेले कमाउने काम गर्यो त्यसरी नै अहिले पनि रातीराती सीमा ओहोरदोहोर गरी तस्करी गरिरहेको पाइन्छ ।
सप्तरीमा रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वमन्त्री उमेश यादवले लकडाउनको बेला पनि सप्तरी सीमा क्षेत्रमा रक्सीको तस्करी नरोकिएको बताए ।
कतिपयका लागि लकडाउन सुखद समय भएको बताउँदै उनले यी तस्कारी र मानिसको ओहोर दोहोर प्रहरी प्रशासनको मिलोमतोमा हुने गरेको बताए । उनले भने, ‘कुनै बेला तस्करले आन्दोलन लम्ब्याउने जस्तो लकडनको दुरुपयोग हुने गरेको छ, जसलाई तत्काल रोक्नुपर्ने हुन्छ, यदि रोकिएन भने यसले झन जोखिम बढ्न सक्छ ।’
अहिले भारतमा नेपालीहरुलाई नेपाल फर्किन भनेपछि सीमा नाकामा दवाव बढेको बताइन्छ । यसअघि आआफ्नै देशमा एक अर्का देशको नागरिकलाई खान बस्न दिने दुई देशमा सहमति भएको थियो ।
तर अहिले भारतका विभिन्न राज्यमा रहेका नेपालीहरुलाई आआफ्नो देश फर्किन दवाव दिएपछि नेपाल–भारतको बोर्डरमा आएका नेपालीहरु विभिन्न बाहानामा नेपाल छिर्न खोजेका छन् । महाकाली नदीमा ट्युव हालेर लुकीछिपी नेपाल छिरेका छन् ।
भारतीयहरु नदीमा राखेका भाडामा ट्युबमा नेपाल छिर्ने गरेका छन्, त्यसमध्ये कतिपय समातिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरिक्षक दिपेन्द्र शाहीले बताए ।
नेपालको तर्फबाट पनि ट्युब गरेको फेला परेको थियो, प्रहरीले त्यो खोसेर राखेको छ, भारतको तर्फबाट नरोकिएको उनले बताए । भारतसँग सीमा जोडिएको क्षेत्रमा थप कडाई गरिएको बताउँदै उनले सकभर एक अर्कादेशमा लुकीछिपी नछिरोस् भन्ने आफूहरुको प्रयास रहेको बताए ।
बैशाख २४ गते भारतबाट चार जना नेपाली लुकीछिपी नेपाल छिरेका थिए । नेपाल छिरेपछि उनीहरु आफै प्रहरीको सम्पर्कमा गएका थिए । भारतको बिहार मुजफ्फरपुरमा काम गर्न गएका उनीहरुलाई त्यहाँ कामबाट निकालि दिएपछि पाँच दिन हिडेर चोरबाटो हुँदै नेपाल छिरेका थिए ।
उनीहरु पाँच दिन हिडेर महोत्तरीको सीमा नाकामा आइपुगेका थिए । नेपाल कसरी छिर्ने भनि असमन्जस थियो तर त्यहीबेला पानी पर्न थालेपछि उनीहरु खेतबारी हुँदै नेपाल छिरेका थिए । उनीहरुलाई अहिले क्वारेन्टाइनमा राखिएको छ ।
खुल्ला सीमाका कारण नेपालमा जोखिम बढ्न थालेपछि सीमा अस्थायी पोष्ट खडा गरी सुरक्षा अवस्था कडा पारिएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गृहमन्त्रालयले १९ हजार भन्दा बढी सशस्त्र प्रहरी खटाइएको छ ।
प्रत्येक एक–दुई किलोमिटरमा एउटा अस्थायी पोष्ट खडा गरी सीमा नाका नियन्त्रण गरिरहेका छन् । त्यस्तै, सीमा नाकामा थप कडाइका लागि सशस्त्र प्रहरीको बिओपीको संख्या पाँच सय र्पुयाउने भएको छ ।
हाल नेपाल–भारत सिमामा १२१ बिओपी रहेका छन् । नेपालतर्फको सीमा नाकामा भारतको ५३० बिओपी रहेकोमा नेपालले पनि सोही अनुपातमा थप्ने तयारी रहेको गृहमन्त्रालयले जनाएको छ । हाल सरदर १५ किलोमिटरको दुरिमा रहेको बिओेपी अब ३.५ किलोमिटरको दुरीमा रहने बताइएको छ । यतिका सुरक्षा काडा पारिए पनि दुई देशमा ओहोर दोहोर रोकिएको छैन ।
वैशाख २३ गते झापा नाकाबाट भारतीयहरु अवैध रुपमा नेपाल छिर्न खोज्दा त्यसलाई नियन्त्रण गर्नका लागि सशस्त्र प्रहरीले हवाई फायर नै गर्नुपरेको थियो । झापा गाउँपालिका–४ स्थित सुकुम्वासी बस्ती नजिकै साँझमा दुईजना भारतीय नागरिक भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर नेपाल छिर्न खोजेका थिए ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सीमामा तैनाथ सुरक्षाकर्मीले उनीहरूलाई छिर्न नदिई सम्झाई बुझाई फिर्ता पठाएका थिए । पछि त्यही व्यक्तिल सैयौंका सँख्यामा भारतीय नागरिकहरुलाई ल्याएर प्रहरीमाथी आक्रमण गरेका थिए ।
त्यस्तै वैशाख २५ गते पनि भारतसँग सीमा जोडिएको बाराको सुवर्ण गाउँपालिकाको कबहीगोठ पछगछियाको बाटो हुँदै भारतीयहरु नेपाल छिर्न खोज्दा सीमा क्षेत्रमा तनाव सृजना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिकेट नयाँ पुस्ताको सपना र गौरव बनेको छ : प्रधानमन्त्री
-
महालक्ष्मी विकास बैंकले देशभरका ७७ स्थानमा घरजग्गा लिलामी गर्दै
-
कास्कीको अन्नपूर्णमा २२ देखि ‘हनि हन्टिङ’ महोत्सव
-
नारायणी अस्पतालको ‘क्याथ ल्याब मेसिन’ बन्यो उपयोगविहीन
-
अपडेट: अन्डरवेयरमा लुकाएको विदेशी मुद्रा बरामद
-
मुक्तिनाथ म्युचुअल फण्डको आईपीओ मंसिर २० गतेदेखि