बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

थप ७ जनामा कोरोना भेटियो, संक्रमितको संख्या १०९ पुग्यो

शनिबार, २७ वैशाख २०७७, ११ : ००
शनिबार, २७ वैशाख २०७७

काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १०९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार संक्रमितहरुमा उदयपुरको भुल्केका १८, ४५ र ६५ वर्षीय महिला र कपिलबस्तुका १७, १८ र १८ नै वर्षका पुरुष रहेका छन् ।

यस्तै पर्साको छपकैयाका ६२ वर्षीय पुरुष्मा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।  

यस्तै हालसम्म कोरोना निको भएर घर फर्किनेको संख्या ३१ रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप