शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सनले पुरा गरे अनिवार्य सैन्य सेवा, पाए अवार्ड

शुक्रबार, २६ वैशाख २०७७, १७ : १६
शुक्रबार, २६ वैशाख २०७७

टोटनहम हटस्पर्सका फरवार्ड सन ह्युङ मिनले दक्षिण कोरियामा तीन हप्ताको अनिवार्य सैन्य सेवा पूरा गरेका छन् । सो दौरान उनले उत्कृष्ट प्रदर्शनका लागि अवार्ड पनि पाएका छन् ।

सैन्य अधिकारीका अनुसार २७ वर्षीय खेलाडी सुटिङमा उत्कृष्ट ठहरिएका थिए । १५७ जना प्रशिक्षार्थीमध्ये उनी शीर्ष स्थानमा रहेका थिए ।

कोरोनाभाइरसका कारण प्रिमियर लिग रद्द भएको अवस्थामा सन गत मार्चमा घर फर्किएका थिए ।

दक्षिण कोरियाका सबै पुरुषले २८ वर्षको उमेरअघि अनिवार्य रुपमा सैन्य सेवा पूरा गर्नुपर्छ । २०१८ को एसियन गेम्समा दक्षिण कोरियालाई जीत दिलाएपछि सनलाई २१ महिने सैन्य सेवाबाट छुट दिइएको थियो ।

शुक्रबार उनले मरिन कर्प्स युनिटबाट प्रशिक्षण पुरा गरे । उनले बन्दुक चलाउन, रसायनिक, जैविक, रेडियोलोजिकल प्रशिक्षण तथा युद्ध र प्राथमिक उपचारको प्रशिक्षण लिएका थिए ।

यसक्रममा उनले ‘पिल्सुङ’ अवार्ड जितेका थिए । जुन उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षार्थीलाई दिइन्छ ।

स्पर्सले सनलाई बधाइ दिँदै उनी आगामी हप्ता बेलायत फर्कने जानकारी दिएको छ । सन गत फेब्रुअरीमा एस्टन भिल्लासँगको खेलमा घाइते भएका थिए । उनको हातमा चोट लागेपछि शल्यक्रिया गरिएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप