सिड्नीमा युवतीमाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा नेपालीविरुद्ध मुद्दा
अष्ट्रेलियाको सिड्नीमा युवतीमाथि यौनजन्य दुर्व्यवहारको आरोप लागेका नेपालीले मुद्दा खेपिरहेका छन् । उनी शुक्रबार अदालतमा पुनः उपस्थित भएका छन् ।
गत चैत ५ गते १८ वर्षे एक युवती जागिरका लागि अन्तर्वार्ता दिन अलावाह रेलवे स्टेशनबाट अलावाह तर्फ यात्रा गर्दै थिइन् ।
एनएस डब्ल्यू डट जिओभी डट एयूका अनुसार त्यति नै बेला उनले ती नेपाली युवकलाई भेटिन् र उनले नजिकैको बसमार्फत् यात्रा गर्न सुझाउँदै गर्दा उनीमाथि यौनजन्य दुर्व्यवहार गरेका थिए ।
स्रोतका अनुसार उनी केही गरी त्यहाँबाट अलवाह रेलवे स्टेशनतर्फ भाग्न सफल भइन् र पुलिसलाई यसबारे जानकारी दिइन् ।
पुलिस ट्रान्सपोर्ट एण्ड सेफ्टी कमान्डका अधिकारीले तत्काल अनुसन्धान सुरु गरे ।
त्यसपछि पुलिसले २५ वर्षका ती आरोपीलाई वैशाख १२ गते शुक्रबार स्थानीय समयानुसार साढे २ बजे हर्स्टभिलबाट पक्राउ गर्यो ।
उनलाई कोगारा पुलिस स्टेशन पुर्याइयो र यौनजन्य क्रियाकलाप गरेको भन्दै मुद्दा दर्ता गरियो ।
पुलिसका अनुसार ती व्यक्तिले सोसल मिडियामा नक्कली अकाउन्ट बनाएर महिलालाई जागिरको प्रलोभन देखाएर भेट्ने गर्दथे ।
उनलाई पारामाटा लोकल कोर्टमा वैशाख १३ गते पहिलोपटक उपस्थित गराइएको थियो । उनलाई जमानतमा रिहा हुन अनुमती दिइएको छैन । दोस्रो पटक उनी आज अर्थात् शुक्रबार अदालतमा उपस्थित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार कारणले थपियो रवि लामिछानेसहितलाई १५ दिन म्याद
-
हिरासतबाट दुर्गा प्रसाईंले लेखे समर्थकलाई पत्र
-
बेलायतमा तीन अमेरिकी सैन्य शिविरमाथि रहस्यमय ड्रोन
-
दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराउन आदेश
-
एमालेद्वारा बालेनको पत्र बुझ्न अस्वीकार, त्यसै फर्कियो महानगरको टोली
-
अर्शदीप १८ करोडमा पञ्जाबमा र राबडा १० करोड ७५ लाखमा गुजरातमा