शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको निर्णयको नाडाद्वारा स्वागत, तर व्यवसाय संचालन गर्दा अनिवार्य अपनाउनु पर्छ यस्ता सर्तहरु

शुक्रबार, २६ वैशाख २०७७, १३ : ३०
शुक्रबार, २६ वैशाख २०७७

काठमाडौं– मन्त्रिपरिषद बैठकले लकडाउनको समय थप गर्दै कूल ४४ किसिमका उद्योग र व्यवसायहरु खोल्ने निर्णयलाई नाडाले स्वागत गरेको छ । 

थप भएको लक डाउनको समयमा आवश्यक सामान ढुवानी गर्ने एम्बुलेन्सलगायत प्रहरी, सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीका सवारी साधनहरु मर्मतका लागि अति आवश्यक हुने वर्कशप, सर्भिसिङ सेन्टर र त्यसका लागि स्पेयर पार्टस्हरुसमेत आवश्यक हुने र त्यसको डेलिभरीमा सुरक्षा सतर्कता अपनाएर कार्य गर्ने नाडाले बताएको छ ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले एक विज्ञप्ती जारी गर्दै सरकारले गरेको निर्णय स्वागत योग्य भएको र नाडाले आफ्नो सर्भिसलाई अझ चुस्त दुरुस्त बनाउने बताएका छन् । नाडाले विज्ञप्तीमार्फत उद्योग व्यवसाय, वर्कशप, सर्भिस सेन्टर र स्पेयर पार्टस्लगायत टायरट्यूव, लुव्रिकेन्टस् र व्याट्रिहरु डेलिभरी गर्दा सुरक्षा अवधारणाहरु ऋनिवार्य लागु गर्न आग्रहसमेत गरेको छ ।

नाडाले व्यवसाय संचालन गर्दा अनिवर्या रुपमा यी सर्तको पालना गर्न समेत आग्रह गरेको छ ।
१.    कोरोना भाइरसको संक्रमणबाट बच्न र अरुलाई पनि बचाउन पालना गर्नु पर्ने गाइडलाइनलाई अनिवार्य रुपमा पालना गर्नु पर्ने ।
२.    प्रथमतः आफु सुरक्षित हुने तत्पश्चात आफनो व्यवसायलाई पनि सुरक्षित गर्दे सरकारको कदमलाई पूर्णतः सहयोग गर्नु पर्ने ।                                                             
३.    खाना, खाजा र चिया संभव भएसम्म घरबाटै ल्याएर खाने । संभव भएसम्म केक, आइसक्रिम र अण्डाको प्रयोग नगर्ने । चिया कफी खाँदा डिसपोजेवल कपको प्रयोग गर्ने । पानीका लागि साना प्याकेज वोटलहरु मात्र प्रयोग गर्ने । 

४.    पैसा, चेक, कागजपत्र लगायतका लेनदेनमा अनिवार्य रुपमा पञ्जा र स्यानिटाइजरको प्रयोग गर्ने ।
५    कुनै पनि सामान वा बस्तु पञ्चा लगाएर मात्र छुने । तत्पश्चात पनि साबुन पानीले वा सेनिटाइजरले राम्रोसंग हात धुने । 
६.    संक्रमणबाट बच्न उच्चतम उपायको रुपमा मानिएको र ठानिएको सामाजिक दुरीलाई कडाइका साथ पालन गर्ने । 
७.    हरेक काममा मास्क र पञ्जा अनिवार्य रुपमा प्रयोग गर्ने । संञ्चारको मुख्य साधनको रुपमा मोवाइल र कप्युटरको अधिकतम प्रयोग गर्ने ।

८.     स्पेयर पार्टस, लुव्रिकेन्टस्, व्याट्रि, एसेसरिज, टुल्स र मेशिनहरु लगाएतका विभिन्न बस्तुहरु छुदा अनिवार्य रुपमा पञ्जा वा सेनिटाइजरको प्रयोग गर्ने । सकेसम्म डिस्पोजेवल पञ्जाको प्रयोग गर्ने र घरमा फर्के पछि घर वाहिरको डस्टविनमा राख्ने वा जलाउने । वर्कशपहरुमा सकेसम्म एसिको प्रयोग नगर्ने र अधिकतम रुपमा भेन्टीलेसनको व्यवस्था गर्ने ।
९.    सकेसम्म आफनो हातले आँखा, कान, नाख र मुख नछुने । कसैसँग पनि हात नमिलाउने र नमस्कार मात्र गर्ने ।

१०.    घरमा लगेको खानेकुरा वा अन्य सामानहरु तातो सावुन पानीले वा सेनिटाइजरले धुने र ४÷५ घण्टा वाहिर घाममा सुकाउने 
११.    आफुले दिन भर पसल, वर्कशप र अफिसमा लगाएको लुगा घर वाहिरै राखेर धुने । सर सफाईलाई उच्च प्राथमिकता दिने ।
१२     वर्कशप, पसल वा अफीसहरुमा सकेसम्म आलोपालो गरेर बस्ने । अफीसका ढोका, ह्याण्डिल, वासरुम स्यानिटाइज्ड गर्ने ।
१३.    आफनो निजी सवारी साधनहरुलाई पनि स्यानिटाइज्ड गर्ने ।

१४.    कार्यालय, पसल र वर्कशपमा आउने ग्राहकहरुले पनि अनिवार्य रुपमा मास्क र पञ्जाको प्रयोग गरेको हुनु पर्ने । त्यस्तो व्यवस्था नगरेको ग्राहकलाई प्रवेशमा नै रोक लगाउने । गाडि वास गर्ने कर्मचारीले हर समय पीपीई लगाउने ।
१५    सकेसम्म कम्तिमा ३ दिनसम्म गोदाममा स्टक राखेर मात्र स्पेयर पार्टस् वा अन्य सामानहरु विक्री गर्ने ।
१६.    वर्कशपहरुले ढोकैबाट सेवा दिने र त्यहीबाटै आउने जाने सकिने व्यवस्था मिलाउने । मेकानिक्सले विशेष शुरक्षा अपनाउने  ।

१७    काममा जाने सवैले टाढैबाट प्रयोग गर्न मिल्ने इन्फ्रारेड थर्मोमिटरको प्रयोग गर्ने यदी आफनो शरीरको तापक्रम ९९ फरेनहाइट भन्दा बढी रहेछ भने घर मै बस्ने अथवा डाक्टरलाई देखाउने ।.
१८.    विक्रेता र उपभोक्ता दुवैले साथमा स्यानिटाइजर साथमा राख्ने । विक्रेताहरुले र वर्कशपहरुले अगाडी ढोकामा नै स्यानिटाइजर राख्ने व्यवस्था गर्ने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप