शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुदूरपश्चिम प्रदेशमा १७ हजार ५३९ जनाको कोरोना परीक्षण, सीमामा थप कडाई

शुक्रबार, २६ वैशाख २०७७, ११ : ०६
शुक्रबार, २६ वैशाख २०७७

कैलाली । सुदूरपश्चिम प्रदेशमा आरडीटी र पिसिआर दुई विधिबाट १७ हजार ५३९ जनाको कोभिड–१९ परीक्षण गरिएको छ । सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा सो कुरा बताएको हो ।

पिसिआर विधिवाट २ हजार ९२३ जनाको स्वाब नमुना जाँच गरिएको छ जसमध्ये २ हजार ९१८ नमुना नेगेटिभ छ । ५५ जनाको स्वाव नमुना नतिजा आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जनाएको छ । हालसम्म ५ जनामा पोजिटिभ थियो भने ४ जना निको भई घर गइसकेका छन् भने १ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको उनले बताए ।

त्यस्तै, आरडिटी किटबाट १४ हजार ६१६ जनाको परीक्षण गरिएका मध्ये सबैको नतिजा नेगेटिभ नै आएको उनले बताए । अझै प्रदेशका ९ वटा जिल्लामा ४ हजार ७६९ आरडिटी किट मौज्दात रहेको उनले वताए । 

३ हजार ३७४ जना अझै क्वारेन्टाइनमा रहेको जनाइएको छ । ३ हजार ११३ जना पुरुष र २६१ जना महिला छन् । विभिन्न अस्पतालमा ३ जना आइसोलेसनमा उपचारमा छन भने १२६ जना उपचारपछि घर गइसकेका छन् ।

सीमानाकाहरुमा थप निगरानी

यता, कैलालीको सीमा नाकाहरुमा थप निग्रानी बढाईने भएको छ । छिमेकी राष्ट्र भारतमा कोभिड–१९ को संक्रमण बढिरहेको भन्दै सीमानाकामा थप निगरानी बढाउन थालिएको हो । कैलालीका प्रमुखजिल्ला अधिकारी यज्ञराज बोहोराको अध्यक्षयतामामा बसेको जिल्ला सुरक्षा समितिको बैठकमा सो निर्णय गरिएको हो ।

बैठेकमा नयाँ आएका प्रहरी उपरीक्षक अनुपम शमशेर जबरालाई पनि नाकाको वस्तु स्थिती र कोभिड–१९ को संक्रमणको विषयमा जानकारी गराउन गहन छलफल भएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहोनराज जोशीले रातोपाटीलाई जानकारी दिए । जबरा जिल्ला प्रहरी कार्यालयको प्रमुख भएर भर्खर कैलाली आएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप