रामायणसँग जोडिएको एक गल्तीका कारण तनावमा भएकी सोनाक्षी भन्छिन्, ‘अहिलेसम्म ट्रोल हुँदा दुःख लाग्छ’
आफ्नो रामायण ज्ञानको विषयमा सोनाक्षी सिन्हा पछिल्लो निकै समयदेखि ट्रोल भइरहेकी छिन् । वास्तवमा, गत वर्ष सोनाक्षी कौन बनेगा करोडपतिमा जाँदा उनलाई अमिताभले हनुमानले संजीवनी बुटी कसका लागि ल्याएका थिए भनेर सोधेको प्रश्नको जवाफ दिन सकेकी थिइनन् । यसका लागि उनी मज्जाले ट्रोल भएकी थिइन् र यो सिलसिला अहिलेसम्म जारी छ ।
ट्रोलिङबारे बोलिन् सोनाक्षीः
आर्ट अफ लिभिङका फाउन्डर श्री श्री रवि शंकरसँग एक अनलाइन सेशनमा सोनाक्षीले ट्रोलिङबारे कुरा गरेकी छिन् । उनले भनिन्, ‘मैले प्रतियोगी रुमा देवीसँग कार्यक्रममा भाग लिएकी थिएा । हामीलाई संजीवनी बुटीको विषयमा प्रश्न सोधिएको थियो जुन सुनेर हामी केही बेरका लागि ब्ल्याक भएका थियौं ।’
‘इमान्दारिताका साथ भन्ने हो भने यो लाजलाग्दो विषय नै हो किनभने हामी रामायण हेरेर र सुनेरै हुर्किएका हौं । तर यस्तो भएको निकै अघि हो । हाम्रो जीवनमा यस्ता थुप्रै पल आउँछन् जब हामी ब्ल्याङ्क हुन्छौं । त्यो कार्यक्रम भएको ५ देखि ६ महिना बितिसकेको छ र मेरो एउटा गल्तीमा अहिलेसम्म यतिसम्मको ट्रोल सहनु पर्दा निकै दुःख लाग्छ ।’
लकडाउनका बेला रामायण पुनः प्रसारण हुँदा पनि सोनाक्षी ट्रोल भइरहनु परेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
-
नेपाल र विश्वलाई जोड्न डायस्पोरा पत्रकारको भूमिका महत्त्वपूर्ण : निर्मला शर्मा
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण