जग्गा बाँझो जग्गा नराख्ने अभियान शुरु
शुक्लागण्डकी नगरपालिका क्षेत्रका बाँझो जग्गा सदुपयोग गर्न अभियानकै रुपमा शुरु गरिएको छ । कोभिड–१९ बाट सुरक्षित हुन नेपाल सरकारले गरेको लक डाउनका कारण जनजीवन प्रभावित हुँदै गएपछि बाँझो जग्गा नराख्ने अभियान शुरु गरिएको हो ।
उक्त अभियानअन्तर्गत शुक्लागण्डकी– ८ ले लगानीको ५० प्रतिशत अनुदान प्रदान गरी अभियान शुरु गरेको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले बताउनुभयो । सोही वडास्थित लालीममा रहेको सात रोपनी सार्वजनिक जग्गामा सामूहिक तरकारी खेती शुरु गरिएको छ ।
वडा कार्यालयसँग समन्वय गरी कम्तीमा तीन रोपनी क्षेत्रफलमा तत्काल छोटो समयमा उब्जनी गर्न सकिने किसिमका तरकारी सामूहिक वा व्यक्तिगत तवरले व्यावसायिक रुपले खेती गर्ने कृषक समूह वा व्यक्तिलाई कुल लगानीको ५० प्रतिशत अनुदान दिने व्यवस्था गरिएको हो ।
तीन रोपनीभन्दा कम क्षेत्रफलमा आफ्नो व्यक्तिगत प्रयोजनका लागि खेती गर्ने कृषकलाई टोल विकास संस्थामार्फत निःशुल्क बीउबिजन वितरण गरिने वडाध्यक्ष रेग्मीले जानकारी दिए ।
सोही वडाको लालीमस्थित तीन टोल र संगमटोलद्वारा संयुक्त रुपमा कृषक समूह गठन गरी सामूहिक तरकारी खेती गर्न लागिएको अन्नपूर्ण टोलविकास संस्थाका अध्यक्ष रमेश महतले जानकारी दिए ।
बाह्र वटा वडा रहेको सो नगरपालिकामा अन्य वडामा पनि बाँझो जग्गा सदुपयोग गर्ने अभियानमा सक्रिय भएर लागेको शुक्लागण्डकीका उपप्रमुख सविता रसाइलीले जानकारी दिइन् ।
केही दिनअघि मात्रै बन्दिपुर गाउँपालिकाले यस्तो अभियान शुरु गरेको थियो । बाँझो रहेका जग्गा भूमि बैंकमार्फत सदुपयोग गर्ने नीति अघि सारिएको बन्दीपुरका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।
जिल्लाका दक्षिण भेगमा पर्ने ऋषिङ र घिरिङ गाउँपालिकालगायत अन्य पालिका पनि यसअ अभियानमा आत्मसात् गर्दै अघि बढेको बताइएको छ ।
हावाहुरीले क्षति पु¥याएकालाई राहत
यही वैशाख ४ गते आएको हावाहुरीले क्षति पुगेका तनहुँका दश घरपरिवारलाई ऋषिङ गाउँपालिकाले बिहीबार राहत वितरण गरेको छ । ऋषिङ–४ मधुवनटारका दश घरधुरीलाई नगद तथा त्रिपाल राहतस्वरुप वितरण गरेको हो ।
हावाहुरीले क्षति पुगेका घरको अवस्था हेरी गाउँपालिकाद्वारा रु पाँच हजारदेखि बढीमा रु दश हजारसम्म सहयोग गरिएको वडाध्यक्ष भोजराज रानाभाटले जानकारी दिए ।
पीडितलाई थप राहतका लागि जिल्ला विपद् व्यवस्थापन समितिमा सिफारिस गरी पठाउने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदीसँग भेटका लागि पहल गर्दै परराष्ट्रमन्त्री राणा
-
नेपाल मधेसी निजामती कर्मचारी मञ्चको महाधिवेशन सर्यो
-
चैत १४ देखि आठौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला
-
ढकाल समूहलाई तह लगाउन संस्थापनको गोप्य बैठक
-
जातीय भेदभावको मुद्दामा २ करोड ८० लाख डलर तिर्न राजी भयो गुगल
-
सिद्धार्थ बैंकका ग्राहकहरुलाई एलकेएस डेन्टलमा १०% सम्मको छुट