कोरोनाभाइरसः संसारभरी के छ स्थिती ?
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले स्वास्थ्य सहयोगका लागि अमेरिकी मद्दतको प्रस्ताव स्विकार गरेको जानकारी दिएका छन् ।
ट्रम्पको भनाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले बताए अनुसार कोभिड–१९ को महामारीविरुद्धको जारी लडाईंमा रुस मुश्किल अवस्थाबाट गुज्रिरहेको छ । बिहिबार कोरोना संक्रमणको मामलामा रुसले जर्मनी र फ्रान्सलाई पछि पारेको छ ।
रुसमा हालसम्म १ लाख ७७ हजार बढी व्यक्ति कोरोनाभाइरसद्वारा संक्रमित छन् । कोरोनाले अत्यधिक प्रभावित पारेको देशको सूचीमा रुस पाँचौं स्थानमा छ । ट्रम्प र पुटिनबीच बिहिबार फोनवार्ता भएको छ ।
ह्वाइट हाउसका अनुसार यी दुई नेताबीच कोरोनाभाइरसबाहेक हतियार नियन्त्रणको मुद्दाबारे पनि कुराकानी भएको छ ।
संसारभरी कोरोनाभाइरस संक्रमणका कारण २ लाख ६५ हजार बढीको मृत्यु भइसकेको छ ।
अमेरिका र बेलायतको स्थिती
कोरोनाभाइरस र यसबाट भएको मृत्युको आँकडामा नजर राख्ने जोन होपकिन्स युनिभर्सिटीका अनुसार कोभिड–१९ का कारण हालसम्म २ लाख ७० हजार ७ सय ९ जनाको मृत्यु भएको छ । साथै, ३९ लाख १६ हजार २ सय ५७ व्यक्ति संक्रमित छन् ।
अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७६ हजार पार भइसकेको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार संसारभरी कोरोनाका कारण सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ जहाँ ७६ हजार ९ सय २८ जनाको ज्यान गइसकेको छ ।
अमेरिकामा एक दिनमा मृत्यु हुनेको संख्या करिब दुई हजार बढी छ । त्यसपछि बेलायत दोस्रो नम्बरमा आउँछ जहाँ ३० हजार ६ सय बढीको मृत्यु भएको छ ।
चीनमाथि ट्रम्प प्रशासनले के भन्यो ?
उता राष्ट्रपति ट्रम्पले अझै पनि कुनै प्रमाण बिना कोरोनाभाइरस प्रयोगशालामा बनाइएको हो भन्दै दाबी गरिरहेका छन् । के कोरोनाभाइरस ऊहान इन्स्टिच्युट अफ भायरोलोजीबाट रिलिज गरिएको हो ?
यो प्रश्नमा ट्रम्पले ओभल अफिसमा अमेरिकी पत्रकारसामू भने, ‘केही त भएकै छ ।’ टेक्ससका गभर्नरसँग भेटघाटको क्रममा उनले भने, ‘केही गडबडीका कारण यस्तो भएको हुनसक्छ । कोही त मूर्ख भएको होला ।’
यसअघि अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले भनेका थिए, ‘मैले यस्ता ‘थुप्रै प्रमाण’ भेटेका छन् जसमार्फत् थाहा हुन्छ कि भाइरस प्रयोगशालामा बनाइएको हो ।’
अमेरिकामा बेरोजगारीः
अमेरिकामा बेरोजगारीको आँकडाले पनि भयावह तस्बिर पेश गरिरहेको छ । अमेरिकामा कोभिड–१९ महामारीका कारण तीन करोड ३३ लाख व्यक्तिको ज्यान गइसकेको छ । गत हप्ता ३२ लाअ अमेरिकीले बेरोजगारी भत्ताका लागि आवेदन दिएका थिए ।
फ्रान्सको स्थिती
फ्रान्समा कोरोनाका कारण मत्यु हुनेको संख्यामा कमी आएको छ । त्यहाँ कोभिड–१९ का कारण १७८ व्यक्तिको मृत्यु भएको छ । अघिल्लो दिनको तुलनामा यो संख्या निकै कम हो । मार्चको अन्तिम हप्तापछि फ्रान्समा पहिलो पटक इन्टेन्सिभ केयर युनिट्समा ३ हजारभन्दा कम बिरामी छन् । फ्रान्सले कम्तीमा १५ दिनसम्म आफ्नो सीमा बन्द राख्ने बताएको छ ।
पर्यटन क्षेत्रः
संसारभरी पर्यटन उद्योगको स्थिती खराब छ । यो क्षेत्रमा ८० प्रतिशतको गिरावट दर्ता गरिएको छ । विश्व व्यापार संगठनका अनुसार कोरोनाभाइरसको संक्रमणका कारण सन् २०२० मा विभिन्न देशको यात्रा गर्ने पर्यटकको संख्यामा ६० देखि ८० प्रतिशतको गिरावट हुनसक्छ ।
बेलायती मन्त्रीको चेतावनीः
बेलायतमा कोभिड–१९ का कारण ५ सय ३९ को मृत्यु भएको छ । बेलायती विदेशमन्त्री डोमिनिक राबले सरकारको तर्फबाट जारी गरिएको कोरोना ब्रिफिङको क्रममा बेलायतमा मृत्यु हुनेको संख्या बढेर ३० हजार ६ सय बढी पुगेको छ ।
उनले सामाजिक दुरीको नियमलाई पालना नगरे कोरोनाभाइरस समयसँगै फैलिँदै जाने चेतावनी दिएका छन् ।