शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फ्लोरेन्टिनाका ३ खेलाडीलाई कोरोनाभाइरसको संक्रमण

शुक्रबार, २६ वैशाख २०७७, ०७ : ३७
शुक्रबार, २६ वैशाख २०७७

इटालियन फुटबल क्लब फ्लोरेन्टिनाका ३ खेलाडी र ३ जना कर्मचारीलाई कोभिड–१९ को संक्रमण देखिएको छ । उनीहरुलाई टोलीका अन्य सदस्यबाट अलगै आइसोलेसनमा राखेर उपचार गरिदैछ ।

सिरिए ए क्लबहरुलाई इटालीको सरकारले प्रशिक्षण सुरु गर्न अनुमति दिएको छ । तर, खेलाडीहरुले एक्लाएक्लै मात्र प्रशिक्षण गर्न पाउनेछन् ।

बुधबार अर्को क्लब टोरिनोको एकजना खेलाडीलाई पनि कोरोनाभाइरसको संक्रमण देखिएको थियो । उनलाई पनि आइसोलेसनमा राखिएको छ ।

दुवै क्लबले संक्रमित खेलाडी र स्टाफको नाम खुलाएको छैन । एक वक्तव्य जारी गर्दै फ्लोरेन्टिनाले प्राटोकल अनुसार संक्रमितलाई आइसोलेट गरेको जनाएको छ । त्यस्तै, मैदानमा गतिविधि सुरु गर्न अघि सबै खेलाडीहरुको स्वास्थ्य परीक्षण पनि गरिने क्लबले जनाएको छ ।

आठ हप्ता लामो लकडाउनपछि इटालीले प्रतिबन्ध खुकुलो पार्न सुरु गरेको छ । इटालीका क्लबहरु प्रशिक्षणमा फकिए पनि लिग कहिलेदेखि सुरु हुन्छ भन्नेमा अन्यौल कायम नै रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप