शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपामा विभाजनको संकेत देखिएपछि प्रवक्ता श्रेष्ठले सम्झाए गणेशमान र किसुनजीको त्याग

अष्टलक्ष्मी शाक्यले भनिन्, 'प्रधानमन्त्रीज्युले त हद गर्नुभयो, उहाँलाई देशप्रति माया छैन'
बिहीबार, २५ वैशाख २०७७, १९ : ५०
बिहीबार, २५ वैशाख २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पार्टीभित्रको विवाद चरम अवस्थामा पुगिसकेको छ । नेकपामा जुनसुकै बेला जे पनि हुनसक्ने आँकलन भइरहेको छ । आज नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सचिवालय सदस्य माधवकुमार नेपाल गुटका स्थायी कमिटी सदस्यहरुको बैठक बस्दा त्यस्तै संदेश दिएका जानकारहरु बताउँछन् । 

स्थायी कमिटीमा आफू अल्पमतमा परेको देखेर नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले अन्तिम समयमा आएर स्थायी कमिटी बैठक स्थगित गरेका थिए । दुईजना अध्यक्षबीच छलफल गरेर मात्र स्थायी कमिटीको बैठक तय गर्ने भएपनि हिजो दुईजना अध्यक्षको बीचमा भएपनि सहमति बनेनन् अनि मात्र आज स्थायी कमिटीका २० जना सदस्यको बैठक बसेको बताइन्छ । 

स्थायी कमिटीका २० जना सदस्य जसले वैशाख १० गते अध्यक्षद्वयलाई बैठकको माग गरि पत्र दिएका थिए । अष्टलक्ष्मी शाक्य, गणेश साह, गोकर्ण विष्ट, चाक्रपाणी खनाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, देवप्रसाद गुरुङ, पम्फा भुसाल, बेदुराम भुसाल, भीम आचार्य, भीम रावल, मणी थापा, मातृका यादव, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, रघुजी पन्त, लिलामणी पोखरेल, सुरेन्द्र पाण्डे र हरिबोल गजुरेलले लिखित रुपमै स्थायी कमिटीको बैठक माग गरेका थिए ।

आजका लागि तय भएको स्थायी कमिटीको बैठक नबस्दा अध्यक्ष प्रचण्ड र सचिवालय सदस्य नेपालकै सल्लाहमा धुम्बाराहीमा बैठक बसेको थियो । यो बैठकले पार्टी नेतृत्वलाई एक ढिक्का भएर बैठक बसाउनका लागि दवाव दिने निर्णय गरेको छ ।

४५ सदस्यी स्थायी कमिटी सदस्यमा २० जना स्पष्ट रुपमा प्रधानमन्त्री ओलीको विपक्षमा रहेको स्पष्ट देखिन्छ । स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले भनिन्, 'प्रधानमन्त्रीज्युले त हद गर्नुभयो, लाग्छ कि उहाँलाई देशप्रति माया छैन, कोरोनाका कारण जनता पीडामा छन्, पार्टीमा छलफल गरेर अगाडी बढौं भन्दा उहाँले बैठक बोलाउन मान्नुभएन । अब हामीले पुनः लिखित रुपमै आग्रह गर्छौ त्यसपछि पनि उहाँले बैठक बोलाउनु भएन भने थप निर्णय लिन्छौं ।’

अध्यक्ष अ‍ोलीले बैठक बसाउन किन नचाहेको त्यो बुझ्न नसकेको बताइन् । शाक्यले भनिन्, 'स्थायी कमिटीको बैठक तय भइसकेको थियो, सबै सदस्यलाई जानकारी पनि गइसकेको थियो, बैठकको पूर्ण तयारी भइसकेको थियो तर अन्तिममा आएर बैठक स्थगित गर्नु राम्रो काम भएन।' 

आज बैठक शुरुवात गरेर अर्को बैठक दुई दिइन् रनका लागि सारे पनि हुन्थ्यो तर स्थायी कमिटीको मार्यादालाई कुल्ची स्थगित गरेको उनले बताइन् । 

यता पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि पार्टी विभाजनको आशंका व्यक्त गरेका छन् । उनले आफ्नो ट्वीटरमा लेखेका छन्, ‘नेपाली जनताको भरोसाको प्यारो पार्टी नेकपालाई फुट र बिसर्जनको खतराबाट बचाऔं, एकता र रुपान्तरणको पक्षमा उभिऔं । आआफ्नो ठाँउबाट भुमिका खेलौँ, योगदान गरौं । पार्टी एकता र देश तथा जनताको पक्षमा सरकारको सफलता हाम्रो आजको केन्द्रीय कार्यभार हुन् । नीजि स्वार्थ त्यागौं, यो काम पुरा गरौं ।’

उनको यो आह्वानबाट बुझ्न सकिन्छ कि पार्टी कस्तो संकटमा छ । पार्टीमा भइरहेको गतिविधिले पार्टी फुटको संघारमा रहेको बुझ्न सकिन्छ । सचिवालय सदस्य समेत रहेका उनले निरन्तर आफ्ना ट्वीटरमार्फत चिन्ता चाहेर गर्दै आएका छन् ।

उनले आजै आफ्ना ट्वीटरमा लेखेका छन्, गणेशमानजी र किसुनजीले नेका एक राख्न पार्टी परित्यागसम्म गर्नुभयो । त्यो कदम ठीक थियो कि थिएन, बहस होला । तर पार्टी बचाउन गरिएको त्यागको उत्कर्ष हो त्यो । हामी पनि हाम्रो पार्टीलाई बचाउन जे गर्न पनि तयार हुनुपर्छ । तर पार्टीलाई फुटबाट मात्र होइन, बिसर्जनको खतराबाट पनि जोगाउनु पर्छ ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप