शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिड्नीमा नेपाली युवतीले गरिन् आत्महत्या

बिहीबार, २५ वैशाख २०७७, १९ : ०४
बिहीबार, २५ वैशाख २०७७

अस्ट्रेलिया । सिड्नीको रकडेलस्थित फ्रेड्रिक स्ट्रिटमा श्रीमानसँग बस्दै आएकी  २५ वर्षीया नेपाली युवती आफ्नै कोठाको दराजको कपडा झुन्ड्याउने रडमा झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन् । 

बिहीबार  दिउँसो करिब ४ बजे आफ्नै कोठाको दराजको  कपडा झुन्ड्याउने रडमा झुन्डिएको अबस्थामा  मृत फेला परेकि  हुन् ।

 उनी दुई वर्षअघि मास्टर्स गर्न  आएकी थिइन् भने उनको श्रीमान्  गत वर्ष डिपेन्डेटको रूपमा आएको बुझिएको  छ । 

उनले आत्महत्या गर्नुको कारण प्रष्ट  भएको छैन ।  नेपालमा उनको  श्रीमानको घर  काठमाडौको बानेश्वरमा रहेको बुझिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप