असन्तुष्ट नेकपाका स्थायी समिति सदस्यले धुम्बाराहीमा गरे भेला
काठमाडौं । बैठकको माग गर्दै हस्ताक्षरसहित अध्यक्षलाई पत्र बुझाएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का २० जना स्थायी समिति सदस्यहरुले आगामी रणनीतिबारे छलफल गरेका छन् ।
बैठक अनिश्चित भएपछि नेकपाको मुख्यालय धुम्बाराहीमा बिहीबार भेला भएका उनीहरुले विधान विपरित बैठक नबोलाएर नेतृत्वले गम्भीर गल्ती गरेको निष्कर्ष निकालेका छन् ।
त्यस्तै उनीहरुबीच नेतृत्वले बैठक नबोलाए आफै बोलाउने विषयमा समेत छलफल भएको सहभागी एक सदस्यले बताए ।
भेलामामा गत बैशाख १० गते बैठकको माग गर्दै हस्ताक्षरसहित पत्र बुझाउने सदस्यहरु सहभागी भएका थिए ।
उक्त भेलामा विधानअनुसार बैठक माग गरेको १५ दिनभित्र बैठक नबसेपछि के गर्ने भनेर छलफल भएको सहभागी नेताहरुले बताएका छन् । त्यस्तै नेतृत्वलाई बैठकका लागि अझै दवाव दिने निष्कर्ष निकालेको स्थायी समिति सदस्य देव गुरुगले जानकारी दिए ।
बिहीबारबाट सुरु हुने भनिएको स्थायी समिति बैठक बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अचानक बैठकको औचित्य नभएको भन्दै अरुचि देखाएपछि स्थगित हुन पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको व्याख्याः मतियारलाई सम्पत्ति शुद्धीकरणमा मुद्दा चल्न मुख्य कसुरमा मुद्दा चल्न पर्छ भन्ने छैन
-
सरकारले विश्वविद्यालयमा कस्तो नेतृत्व खोजेको हो ?
-
इप्पानको नयाँ कार्यसमितिले लियो शपथ
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
