बन्दाबन्दीका बीच पनि पूर्वाधार निर्माणको कामलाई निरन्तरता
कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलिन नदिन सरकारले शुरु गरिएको बन्दाबन्दीका बीच पनि झापामा पूर्वाधार निर्माणको कामलाई निरन्तरता दिइएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सामाजिक दूरी लगायतका सुरक्षा मापदण्ड पूरा गर्दै सडक निर्माणको काम अगाडि बढाइएको मेचीनगर नगरपालिकाले जनाएको छ ।
नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले भनिन्, “कोरोना महामारी नभएको भए अहिले पूर्वाधार निर्माणका काम तीव्र गतिमा भइरहेको हुन्थ्यो ।” कोरोना सङ्क्रमण फैलिन नदिन सरकारबाट भएका निर्देशनलाई पूर्ण पालना गर्दै अहिले मेचीनगर–२ र ४ लाई जोड्ने दुई हजार ६६० मिटरको सडक निर्माणको काम शुरु गरिएको छ ।
मेचीनगर नगरपालिका र नेपाल सरकारको समपूरक कोषको रु सात करोड ४४ लाखको लागतमा सो सडकको निर्माण कार्य शुरु भएको हो । मेचीनगर–२ भृकुटीस्थित भानु माध्यमिक विद्यालय पूर्वबाट मेचीनगर–४ को राइसिङ पुलसम्मको सडक कालोपत्र, कल्भर्ट र सडक किनारमा ड्रेन निर्माण कार्य भइरहेको नगरपालिकाकी उपप्रमुख उप्रेतीले बताइन्
सो सडक निर्माणको स्थलगत अनुगमनमा आज नगरका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खामम्याङ, प्राविधिक विकास लिम्बू र विशाल राजवंशीसहित पुगेकी उपप्रमुख उप्रेतीले सडक निर्माणमा कार्यरत ५० जना मजदुरलाई भौतिक दूरी कायम गरेर काममा लगाइएकोे बताइन्
मेचीनगर नगरपालिका र नेपाल सरकारको समपूरक कोषको ५०÷५० प्रतिशतमा गरिएको निर्माण कार्यको ठेक्का रौताहा शान्ति जेभियर्सले लिएको छ । आर्थिक वर्ष २०७६÷०७७ को असार २५ गतेभित्र निर्माण कार्य सम्पन्न गरी नगरपालिकालाई जिम्मा लगाउनुपर्ने सर्तअनुसार काम भइरहेको ठेकेदार कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने
-
अन्तर्राष्ट्रिय क्रिकेटमा इन्डोनेसियाली किशोरीले बनाइन् विश्व कीर्तिमान
-
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
-
चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्रै हुन्छ : गभर्नर अधिकारी