ad
केन्द्रीय संस्करण
वैशाख २६ : सम्झनामा बन्दीपुर मोर्चा

वैशाख, बीके अपरेसन र बन्दीपुर मोर्चा

person explore access_timeबैशाख २५, २०७७ chat_bubble_outline0
माओवादी छापामारहरु

अर्ध मूर्छित अवस्थामा सुतिरहेको मेरो वीरताको विगत सम्झँदै गर्दा मनमा खुशी र विस्मातको छाल एक्कै पटक उर्लिन्छ । ऊर्जाशील जीवनका हरेक वर्षलाई नियाल्दा तीन सय ६५ दिनका त्यति नै फरक अनुभूति छन् । जनयुद्धका आँधीमय दिनका हिसाबले झन्डै आधा समय युद्ध मोर्चाहरुको अनुभव छ । कोरोनाको कहरले पनि सहयोग गर्‍यो मलाई । ती विस्मृतिमा बिलाएका यादहरु स्मृतिमा फर्काउने कोसिस पनि हो यो मेरो । आज म बेथान स्मृति ब्रिगेड पाँचौँ ब्रिगेडबाट अस्ताएको दुई ध्रुव ताराहरु र त्यही मोर्चामा अस्ताएका अरू ३६ ताराहरुको बारेमा मेरा स्मृतिहरु उधिन्ने प्रयत्न गरिरहेको छु ।

आजकल यी कुराहरु उधिनिरहँदा विगतप्रति झन् गहिरो प्रेम बसेको छ । मनमनै भन्छु– मेरो विगत जीवन भोगाइका ती दिनहरुलाई निक्कै माया गछ्र्रु र बेजोडले अँगालोभरीको प्यारले चुम्छु । मेरा अनुभूति जनयुद्धका आँधीमय दिनका अनुभूतिहरु छन् । ती आँधीमय दिन र वीरताको इतिहासको विस्मृतिलाई खोल्न पाउने भाग्यमानी सम्झन्छु आफूलाई । मलाई इतिहासप्रति गर्व छ । देशमा २०५२ पछि राजनीतिक व्यवस्थामा जेजति परिर्वतन भए ती जनयुद्ध र जनमुक्ति सेनाका योद्धाहरुको वीरता अनि उत्सर्गका कारणले भयो ।

अब म स्मृतिको पर्दा खोल्छु । नेपाली जनयुद्धको रणनीतिक प्रत्याक्रमणको पहिलो चरणको फौजी कारबाही अन्तर्गत भएको बन्दीपुर मोर्चाको । जनमुक्ति सेनाको पूर्वी डिभिजन बनेपछि भोजपुर रिपिटर टावरमा मोर्चाबद्ध लडाइँ भएको थियो । त्यसपछिको मोर्चाबद्ध लडाइँ हो बन्दीपुर ।


अब म स्मृतिको पर्दा खोल्छु । नेपाली जनयुद्धको रणनीतिक प्रत्याक्रमणको पहिलो चरणको फौजी कारबाही अन्तर्गत भएको बन्दीपुर मोर्चाको । जनमुक्ति सेनाको पूर्वी डिभिजन बनेपछि भोजपुर रिपिटर टावरमा मोर्चाबद्ध लडाइँ भएको थियो । त्यसपछिको मोर्चाबद्ध लडाइँ हो बन्दीपुर ।


म्याग्दी सदरमुकाम बेनीको आक्रमणपछि सग्लो शरीर लिएर पूर्वी कमान्डमा पुग्नु नै मेरो ठूलो उपलब्धि थियो । त्यसको बारेमा पनि सन्दर्भ मिलाएर आगामी दिनमा भलाकुसारी गरुँला । तर पूर्व–पश्चिम राजमार्गमा पर्ने सयौँ आर्मी चेक पोस्टहरुमा भिन्दाभिन्दै गन्तव्य भनेर र भिन्दाभिन्दै लवज बोलेर राजमार्ग पार गर्दै गन्तव्यमा पुग्नु पनि चानचुन कुरा थिएन त्यो समय । साथमा भएका महत्त्वपूर्ण कागजात र हुलिया बदलेर यात्रा गर्दाका दिन पनि कम्ती रोमाञ्चकारी थिएनन् ।

पश्चिममा ठूलाठूला फौजी कारबाही सफल भइरहँदा पूर्वी कमान्डमा रहेको जनमुक्ति सेनाको पूर्वी डिभिजनलाई पनि जतिसक्दो चाँडो मोर्चाबद्ध लडाइँको परिणाम चाहिएको थियो । त्यही कामको निरन्तरताको लागि सिन्धुलीको मरनीखोलामा पूर्वी कमान्ड इन्चार्ज वर्षमान पुन अनन्तको अध्यक्षतामा कमान्डको बैठक बस्यो । यानप्रसाद गौतम ‘आलोक’ कारवाहीपछि अग्निप्रसाद सापकोटा ‘कन्चन’ हालका सभामुख यो क्षेत्रका हर्ताकर्ता थिए । उनी क्षेत्रीय कमान्डको इन्चार्जको रूपमा जिम्मेवारीमा थिए र पूर्वी कमान्डले गर्ने हरेक काम कारवाहीमा उनको सहभागिता अनिवार्य जस्तै थियो ।

बन्दीपुर मोर्चालाई बीके अपरेसन नामले सम्बोधन गरिएको थियो । शेरमान कुँवर क. विशाल र मोहनचन्द्र गौतम क. कुमार रोल्पामा बसेको केन्द्रीय समितिको बैठक सकेर भारतको बाटो पूर्व फर्किएका थिए । शेरमान कुँवर जनमुक्ति सेनाको ब्रिगेड कमिसार र मोहन चन्द्र गौतम सोलु ओखलढुङ्गा जिल्ला इन्चार्जको भूमिकामा फर्कंदै गर्दा सिरहा जिल्लाको धन्छावार भन्ने ठाउँबाट गिरफ्तार गरी तत्कालीन शाही सेनाले निर्ममता पूर्वक हत्या गर्‍यो । पछि पार्टी पङ्क्तिमा अन्तरघातको कारण उहाँहरुको हत्या भएको चर्चाहरु पनि चुलिए तर निष्कर्ष स्पष्ट अहिलेसम्म छैन । त्यो घात थियो कि प्रतिघात नेताहरुलाई नै थाहा होला । अब त्यो विषयमा छलफल हुने कुरै भएन विचार नै लिलामी भइसकेपछि ।


शेरमान कुँवर जनमुक्ति सेनाको ब्रिगेड कमिसार र मोहन चन्द्र गौतम सोलु ओखलढुङ्गा जिल्ला इन्चार्जको भूमिकामा फर्कंदै गर्दा सिरहा जिल्लाको धन्छावार भन्ने ठाउँबाट गिरफ्तार गरी तत्कालीन शाही सेनाले निर्ममता पूर्वक हत्या गर्‍यो । पछि पार्टी पङ्क्तिमा अन्तरघातको कारण उहाँहरुको हत्या भएको चर्चाहरु पनि चुलिए तर निष्कर्ष स्पष्ट अहिलेसम्म छैन । त्यो घात थियो कि प्रतिघात नेताहरुलाई नै थाहा होला ।


बेथान स्मृति ब्रिगेडको कार्यक्षेत्र काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र सिन्धुलीको केही भूभाग थियो । वैशाखको महिना आफैमा गर्मी बढ्दै थियो त्योभन्दा झन् विशाल र कुमारको हत्या प्रकरणले रातो तातो दुवै हुँदै थियो वातावरण । युद्ध मोर्चामा दुस्मनको छाती ताक्न जान नपाएका कमरेडहरुको गुनासो छुट्टै हुन्थ्यो । भन्ने गर्थें– कमान्डर कमिसारले पत्याएनन् । खै के थियो त्यस्तो साहस, त्यो बेलामा हामीमा वर्गीय मुक्तिका लागि भौतिक शरीर बलिमा चढाउने । अहिले पो केही मान्छेले मात्र पाएको मुक्ति उन्मुक्ति देख्दा अच्चम्म लाग्छ ।

आफ्नो छोरा गुमाएकी दलित आमाले दिएको आशीर्वादको पनि याद छ, ‘मैले एउटा छोरो गुमाएकी हुँ । तिमीहरु त यति धेरै छोराछोरी रहेछौ । मेरै पालामा मेरो घरको चुहिएको छानो फेरियोस् म जस्तौ गरिबहरुले एक छाक पेटभरी खान पाएको हेर्ने रहर छ ।’ के यी आमाले एक छाक पेटभरी खान पाएकी छिन् होला र ?

उनको छोराले युद्धमा बगाएको रगतले उनको घरको छानो फेरियो कि फेरिएको छैन ? उनको सन्तानको नाममा त्यही छोरा मात्रै थिए र उनको श्रीमान पनि आतङ्ककारीको नाममा तत्कालीन शाही सेनाद्वारा मारिएका थिए ।

सुनकोसीको चिसो बहावसँगै रातभरी काँधमा राइफल, पिठ्युँमा युद्ध सामग्री, आफ्ना लागि चाहिने सिङ्गो घर हुन्थ्यो झोलामा । अहिले सम्झँदा लाग्छ कता जान्थ्यो होला भोक, प्यास, निन्द्रा । फिकल हिमाल चढ्दै सिन्धुलीको दमार ‘स्याउबाजे’को घर सेल्टर थियो त्यो पटक । स्याउबाजे र त्यो दमारसँग पनि अविष्मरणीय साइनो छ मेरो । जनमुक्ति सेनामा भर्ती हुन जाँदा पहिलो पटक यही दमारका स्याउ बाजेको घरबाट जनमुक्ति सेनाको सदस्यमा नाम घोषणा भएको थियो । अर्कोपल यही दमारबाट छुटिएको प्यारो जीवनसाथी आनन्दकुमार थापासँग दोस्रो पटक भेटै भएन । यही सम्झनाले पनि मेरो स्मृतिमा अमिट छ सिन्धुलीको दमार अनि स्याउबाजेको घर ।

त्यही दमारमा पूर्वी डिभिजनका युद्धकलाले पोख्त लाल र निपुण जनमुक्ति सेनाका कमान्डर र सदस्यहरु जम्मा भएका थिए । मनमा उर्लेका भावहरु निकै अनौठा लाग्छन् । मैले पाइला चालिरहँदा जमिन काँपेजस्तो मेरा कमान्डरहरुले कासन गरिरहँदा दुस्मनको क्याप खरानी भए जस्तो । वर्गनिष्ठाप्रतिको त्यो अगाध प्रेम जीवनको अन्तिम अवस्थासम्म पनि अजिब बनेर रहिरहने छ ।


त्यही दमारमा पूर्वी डिभिजनका युद्धकलाले पोख्त लाल र निपुण जनमुक्ति सेनाका कमान्डर र सदस्यहरु जम्मा भएका थिए । मनमा उर्लेका भावहरु निकै अनौठा लाग्छन् । मैले पाइला चालिरहँदा जमिन काँपेजस्तो मेरा कमान्डरहरुले कासन गरिरहँदा दुस्मनको क्याप खरानी भए जस्तो । वर्गनिष्ठाप्रतिको त्यो अगाध प्रेम जीवनको अन्तिम अवस्थासम्म पनि अजिब बनेर रहिरहने छ ।


बन्दीपुर ब्यारेकको जस्ताको तस्तै स्यान्ड मोडलमा उतार्ने शिला श्रेष्ठ र दीपक दहाल क. विश्वासले सहादत प्राप्त गरे । सायद अर्का योद्धा आदित्य जीवित छन् । त्यही स्यान्ड मोडेललाई बिस्तृत रूपमा अध्ययन गराइरहेका कमान्डर धनबहादुर मास्के राजेश त्यो बेलाको पूर्वी डिभिजनको सहकमान्डर थिए । कमान्ड इन्र्चाज र डिभिजनको कमान्डर थिए वर्षमान पुन अनन्त हालका ऊर्जा मन्त्री । त्यो बेला हामी सबैको वर्ग एउटै थियो । मेरो खुट्टामा जस्तै उनीहरुको खुट्टामा पनि गोल्डस्टार जुत्ता हुन्थ्यो । अहिले मात्रै हो उहाँहरु महँगा विदेशी ब्रान्डेड सुजमा पुगेको र हाम्रो वर्ग फरक भएको ।

त्यो बेलामा हामीसँगै लडेका कतिपय कमान्डर र सहयात्रीहरु आफूले गर्ने श्रममा रमाउँछौँ तर उनीहरु तारे होटलमा हुने बार्गेनिङमा बन्दीपुर मोर्चामा सहभागी कम्पनी कमान्डर सहिद खडकबहादुर देवकोटाका छोरा जीवन देवकोटा ‘श्रोत’ भन्छन्– हामीले लडेको लडाइँमा हाम्रा आफन्तले बगाएको रगतले बनाएको नेतृत्व हाम्रो भएन । हाम्रा मान्छेहरु यति भ्रष्ट र निकम्मा भइसके कि तिनीहरुले चाहेर पनि हामीलाई सहयोग गर्न सक्दैन । यस्तै नियति भोगिरहेका छन्, इमानदार पार्टी कार्यकर्ता जनमुक्ति सेना र आफन्त गुमाउनेहरु ।

तत्कालीन पूर्वी डिभिजन अन्तर्गतका बेथान स्मृति पाँचौँ ब्रिगेडका कमिसार गङ्गा कार्की ‘विश्व’ कमान्डर हरिबहादुर श्रेष्ठ ‘प्रमोद’ सहकमान्डर गोविन्दबहादुर बटाला ‘जीवित’, सोलुसल्लेरी छैठौँ ब्रिगेडका कमिसार ध्रुव पराजुली ‘सन्तोष’ कमान्डर पावेल सहकमान्डर ‘धिरज’ मेची कोसी सातौँ ब्रिगेड कमिसार सन्तु दराई ‘परवाना’ कमान्डर पदम लामा ‘संजीब’ सहकमान्डर नरेश कुँवर ‘नरेश’ ।

आफ्नो ग्रुपलाई साथमा लिएर हामी बन्दिपुरतर्फ जाँदै गर्दा बाटो बिराएर रातभरि हिँड्दा पनि गन्तव्यमा पुग्न नसक्नुको पीडा कम थिएन । अहिले सुतेको ओछ्यानले बिझाउँछ । त्यो दिन बाटोमा हिँड्दा हिँडदै निदाएर साथीहरुले छोडेको पनि सम्झना ताजै छ । ब्युझँदा शिला र म जिनाखु खोलाको बगरमा ढुङ्गाको आडमा निदाइरहेका रहेछौँ बन्दुक र झोलासहित । हतार हतार उठेर दौडँदै फर्मेसनमा सहभागी भएपछि कमान्डरको गाली पनि खुब मीठो थियो । भर्खर प्रेमका अङ्कुराउँदै गरेको एक जोडी विमल बराल क. असिम र मेनुका गिरी क. भावना कमान्डर कमिसारको स्वीकृतिमा गोधुली सन्ध्याले अँगालो हाल्दैगदा सालको रुखमुनि गुनगुनाई रहेका थिए ।


उच्च हिमालमा सिमसिम पानी परेर कुहिरोले छपक्क छोपेको थियो । जीवनमा भेटेका बाटाहरु जति रोमाञ्चक हुन्छन् त्यति नै छुटेका बाटोहरु पनि रमाइला पक्कै छैनन् मेरो लागि । सँगै युद्धमोर्चामा सहभागी भएका साथीहरुले उही बेला सहादत प्राप्त गरे । आज तिनीहरुको परिवारको सामीप्यतामा जाँदा मन भारी हुन्छ ।


उच्च हिमालमा सिमसिम पानी परेर कुहिरोले छपक्क छोपेको थियो । जीवनमा भेटेका बाटाहरु जति रोमाञ्चक हुन्छन् त्यति नै छुटेका बाटोहरु पनि रमाइला पक्कै छैनन् मेरो लागि । सँगै युद्धमोर्चामा सहभागी भएका साथीहरुले उही बेला सहादत प्राप्त गरे । आज तिनीहरुको परिवारको सामीप्यतामा जाँदा मन भारी हुन्छ । गौरव र बलिदानभित्र ती परिवारसग वियोगको दृश्य साटने साक्षी पनि हुँ म आजको दिनमा । तिनका आक्रोश असन्तुष्टि जति अप्रिय लागे पनि सुन्छु म । यो मेरो कर्तव्य पनि हो ।

चौतारा मोर्चाका लागि सडकमा दौडँदै गरेका सयौँ रातो मान्छेको भीडमा सडक छेउमा उभिएर आँखा तिखो पार्दै जीवनको प्यारो मान्छे र अविभावक खोजिरहेकी विन्दा बजगाईं मेरो आँखा आगाडि उभिन्छिन् । सहिद गोविन्दप्रसाद बजगाईंको जीवन सङ्गिनी उनी र उनका छोरा छोरीहरुको विगतको दृश्यले पनि ऐठन गराउँछ आधा रातमा । ठूलाघरे काकाको छोरा सहिद कोटामा चीनमा छात्रवृत्तिमा पढ्न जाँदै गर्दा बन्दीपुर मोर्चामा भौतिक शरीर गुमाएर सधैँका लागि बिदा भएको अभिभावक विहीन सहिद गोविन्द बजगाईंका छोराछोरीले आधारभूत शिक्षा पढ्ने मौका पाए कि पाएन होला  यदि पाएका रहेछन् भने सौभाग्य नै मान्नु पर्छ, यो अवसरलाई । मैले देखेको छु जनयुद्धमा अभिभावक गुमाउने वा सहिद परिवारको छोराछोरीको निर्मम र तीतो यथार्थ ।

त्यस्तै अर्का पात्र हुन्– भगवती प्रधान ‘प्रतिमा’ । बेथान स्मृति ब्रिगेडअन्तर्गत १३औँ बटालियन बी कम्पनीको कमिसार र शान्तिप्रक्रिया पछि २०६३ सालको अन्तरिम संसदकी विधायिका हुन् उनी । तत्कालीन बेथान स्मृति ब्रिगेडको बन्दीपुर मोर्चाको कमिसारको भूमिकामा बहन गर्दैगर्दा दुस्मनले हानेको टुइन्च मोटार लागेर सहादत प्राप्त गर्नुभएका कमल शर्मा क. दिनेशको अर्धागिनी पनि हुन् । ठोर्कपामा ८१ एमएमको सेलले चुँडालिएको गोडालाई छाला र स्टिलको भरमा आफूलाई सपाङ्ग सरह सावित गर्ने नाम हो यो । अहिले पार्टीले सडकमा फाले पनि उठेर स्टिलको भरमा उभिएको गोडाहरुलाई पुनः घिसार्दै बेपत्ता योद्धा भीम गिरीको जीवन सङ्गिनी रेखा बाँस्तोलासगको सहकार्यमा ललितपुरमा कृषि फर्म सञ्चालन गरेर जीवनयापन गरिरहेका छन् आफ्नै पौरखमा रमाउँछन् । नेताहरुले झैँ ठेका पट्टाको मेसो पाउँदैनन् उनीहरु ।

म बन्दीपुरको मोर्चाबारे भन्दै छु है । बिहानको खाना खाएर समग्र डिभिजनको फोर्स सिन्धुलीको सिर्थौली खोला तरेर चुरे पहाड नाघ्दै बन्दीपुर कमलाखोला तर्फ अगाडि बढ्छ । समय बाँकी छ फायरिङ खुल्ने अझै ५ घण्टा । हामीले प्रष्ट देखिरहेका छौँ । आफू गएर पड्किने दुस्मनको किल्ला । मनमा एक किसिमको तरङ्ग पैदा भएको छ, कतिखेर खुल्छ फायर अनि आफूलाई पडकाउने भनेर । यही बीचमा आआफ्नो ब्रिगेडको रोलकल हुन्छ । पाचौँ ब्रिगेड कमान्डर प्रमोद भन्दै थिए, यो लडाइँको हिसाबले निकै खतरनाक मोर्चा हो । हामीले पूर्व पश्चिम राजमार्गको बीचमा रहेको ब्यारेकलाई कब्जा गर्दैछौँ । हामी छोटो समयमा कारबाही सकेर राजमार्गबाट विजयको सन्देश लिएर फर्कने छौँ । सहकमान्डर गोविन्दबहादुर बटाला त्यो मोर्चाको एउटा आर्क समालेको कमान्डर हुन् । उनी भन्दै थिए– विचार र हतियारलेस जनमुक्ति सेना दुस्मनलाई धुलो चटाएर जनताको बस्तीमा फर्कने छ अनि भन्ने छ जनताको पनि आफ्नो सेना छ । बन्दुकको नालमा टिकेको राज्यसतालाई बन्दुकले नै परास्त गर्ने छ ।


पाचौँ ब्रिगेड कमान्डर प्रमोद भन्दै थिए, यो लडाइँको हिसाबले निकै खतरनाक मोर्चा हो । हामीले पूर्व पश्चिम राजमार्गको बीचमा रहेको ब्यारेकलाई कब्जा गर्दैछौँ । हामी छोटो समयमा कारबाही सकेर राजमार्गबाट विजयको सन्देश लिएर फर्कने छौँ । सहकमान्डर गोविन्दबहादुर बटाला त्यो मोर्चाको एउटा आर्क समालेको कमान्डर हुन् । उनी भन्दै थिए– विचार र हतियारलेस जनमुक्ति सेना दुस्मनलाई धुलो चटाएर जनताको बस्तीमा फर्कने छ अनि भन्ने छ जनताको पनि आफ्नो सेना छ । बन्दुकको नालमा टिकेको राज्यसतालाई बन्दुकले नै परास्त गर्ने छ ।


गोविन्दबहादुर बटाला जीवित जनमुक्ति सेनाको फर्मेसनमा यस्तो नाम थियो जो २०५५ सालमा कालिकोट सान्निगाड प्रहरी चौकी आक्रमणबाट सुरु भएको उनको सैन्य यात्रा २०५९ सालमा ओखलढुङ्गाको रुम्जाटार आक्रमणपछि पूर्वको कमान्ड समालेका थिए । जनयुद्धको अन्तिम मोर्चा चौतारासम्म पनि उनी हामीसँगै हाम्रो नेतृत्व गर्दै थिए । लडाइँको मोर्चामा उनी यस्ता कमान्डर हुन जो दोस्रो स्थानको कहिल्यै अनुभूति नगरेका । मोर्चाहरुमा उनले जहिले पनि प्रथम स्थान नै हासिल गरे । शान्तिप्रक्रिया पछि भने उनको जीवनमा निकै उतार चढावहरु आए ।

त्यो दिनको रोलकल सकियो । बेलुकाको खाना हामीले जङ्गलको बीचमा नै खायौँ । वनभोज गएको जस्तै दाल भात तरकारी सबैले प्लास्टिकमा पोको पारेर बोकेका थियौँ । क्या मीठो थियो त्यो खाना दाल भात तरकारी । अहिले खाने पिज्जा बर्गरभन्दा निकै स्वादिलो । हतार हतार खाना खाइसकेर मैले क. दिनेश र क. रामजी भएको ठाउँमा क्यामेरा तेस्र्याए । कमरेड रामजी भन्दै थिए, अन्तिम पनि हुन सक्छ फोटो खिच्नुस् । मैले प्रश्न गरेँ– किन कमान्डर मरिन्छ भनेर डर लागेको त होइन नि ? उनी भन्दै थिए– दशैँमा पर्सिएको बोका र युद्ध मोर्चाको सिपाहीको केही भर हुँदैन कतिखेर के हुन्छ भनेर । मिलनसार र नम्र स्वाभावका धनी दिनेशले हाँस्दै भने विजय सुनिश्चत छ । बेलुका ७ बज्यो । आधुनिक हतियार र फोटिफिकेसनको हिसाबले निकै बलियो मानिएको बन्दीपुर ब्यारेकतर्फ जनमुक्ति सेनाको लस्कर अघि बढ्यो ।

डिभिजन कमान्डर, सहकमान्डर सञ्चारसेट सहित माथिल्लो चिसापानी डाँडामा पुगे । राजमार्ग अवरोध गर्न गएको जनमुक्ति सेनाको आआफ्नो भूमिकामा तयारी हालतमा रहेको खबर सञ्चार सेटमा आयो । तीनवटै ब्रिगेडका कमान्डर, सहकमान्डरहरु र सम्पूर्ण एसल्ट कमान्डहरु आआफ्नो फोर्स लिएर सम्बन्धित आर्कका पुगेको अन्तिम जानकारी पाए पश्चात फयरिङ खोल्न आदेश गरे क. अनन्तले ।

२०६२ वैशाख २६ गते रातको ९ः३० मा युद्धको विगुल बज्यो । सिराहको बन्दीपुरमा जनमुक्ति सेनाले आफ्नो तर्फबाट फायर खोल्यो । युद्ध भिषण चल्यो । ब्रिगेड कमान्डरहरुले फिल्ड कमान्डरहरुलाई सञ्चार सेटमार्फत कासन गरिरहे । फिल्ड कमान्डरहरुले पनि आआफ्नो आर्कमा भएको युद्ध विवरण सञ्चार सेटमार्फत जानकारी गराइ नै रहे ।

रातको करिब एक बजे कमरेड जीवितको सञ्चार सेटबाट खबर आयो– मेरो आर्कमा एसल्ट गु्रप समालिरहनु भएका क. दिनेशको सहादत भयो । युद्ध हो, एउटाको सहादतले बिचलित हुने कुरा भएन । सबै आर्कबाट युद्ध घमासन चलिरह्यो । जनमुक्ति सेनाले दुस्मनको अन्तिम बङ्कर समेत कब्जा गरयो । त्यहीबेला फेरि जीवितको सञ्चार सेटबाट अर्काे खबर आयो–  बटालियन कमान्डर क. रामजी पनि गम्भीर धाइते हुनुभयो । मेडिकल गु्रपले उपचार गर्दागर्दै उनको पनि सहादत भयो ।

केहीबेर जनमुक्ति सेनाको तर्फबाट फायरिङ अर्काे आदेश नआउन्जेल रोकियो । यतिखेर सेनाको नाइट भिजन हेलिकप्टरले आकाशबाट ८१ एमएमका सेलहरु खसाल्न थाल्यो । त्यसको असर जनमुक्ति सेनालाई परेन, उनीहरु निरन्तर लडिरहे । सेकेन्डको महत्त्व हुने बेला हो युद्ध । डिभिजन कमान्डरको कब्जा गरिएका हतियार र घाइतेहरुलाई लिएर फर्कनु भन्ने आदेशलाई आत्मसाथ गर्दै फर्किने क्रममा दुस्मनको अन्तिम एउटा पोस्टमा भएको जीपीएमजी र टुइन्र्च मोटारबाट भएको हमला कारण क. रामजी, क. दिनेश लगायत ३६ जनाको सहादत भयो । पचास जना जनमुक्ति सेनाका कमान्डर र सदस्यहरु घाइते भए । बन्दीपुर मोर्चाको मुख्य उद्देश्य विशाल कुमारलाई हत्या गरेकै जिल्लामा फौजी कारबाही सफल गरी जनमुक्ति सेनाको फौजी श्रेष्ठतालाई उच्च राख्ने थियो जुन सफल हुन् सकेन ।


सेकेन्डको महत्त्व हुने बेला हो युद्ध । डिभिजन कमान्डरको कब्जा गरिएका हतियार र घाइतेहरुलाई लिएर फर्कनु भन्ने आदेशलाई आत्मसाथ गर्दै फर्किने क्रममा दुस्मनको अन्तिम एउटा पोस्टमा भएको जीपीएमजी र टुइन्र्च मोटारबाट भएको हमला कारण क. रामजी, क. दिनेश लगायत ३६ जनाको सहादत भयो । पचास जना जनमुक्ति सेनाका कमान्डर र सदस्यहरु घाइते भए । बन्दीपुर मोर्चाको मुख्य उद्देश्य विशाल कुमारलाई हत्या गरेकै जिल्लामा फौजी कारबाही सफल गरी जनमुक्ति सेनाको फौजी श्रेष्ठतालाई उच्च राख्ने थियो जुन सफल हुन् सकेन ।


युद्धमा अनेक परिस्थितिहरु हुन्छन् । तत्कालीन जनमुक्ति सेनाका ब्रिगेड कमान्डर पावेल सम्झन्छन– हामीले जितेको मोर्चा हो तर अन्तिम एसल्टको बीचमा कोअर्डिनेसन कमीको कारण सोचेको उपलब्धि हासिल गर्न सकिएन । तत्कालीन ब्रिगेड कमान्डर प्रमोद भन्छन्– उनीहरुले आक्रमणकभन्दा पनि रक्षात्मक लडाइँमा जोड दिए । सर्भे गरिसकेपछि उनीहरुको फोर्टिफिकेसनलाई झन मजबुद बनाउनु र आक्रमण हुँदैछ भन्ने थाहा हुुनु पनि हो । गोविन्द बटाला भन्छन्– सेनाको मजबुद फोर्टिफिकेसनलाई क्रस गर्ने युद्ध सामग्री नभएको कारणले नै सोचेको जस्तो उपलब्धि हासिल नहुनु हो । बन्दीपुर मोर्चाले सिकाएको पाठ के पनि हो भने स्यालको शिकार गर्नु छ भने बाघ मार्ने खजाना तयार गर्नु पनि हो ।

अन्त्यमा कमल शर्मा क. दिनेश बटालियन कमिसार सिन्धुपाल्चोक, गोविन्द बजगाईं क. रामजी बटालियन कमान्डर सिन्धुपाल्चोक लगायत बन्दीपुर मोर्चामा पूर्वी डिभिजनबाट सहादत प्राप्त गर्नु हुने ३६ जना जनमुक्ति सेनाका योद्धाप्रति हार्दिक श्रद्धासुमन । अङ्गभङ्ग भएर कष्टकर जीवन बिताइरहनु भएका तमाम योद्धाप्रति हार्दिक नमन । यो सस्मरणको लागि विभिन्न देश विदेशमा रहेर सहयोग पु¥याइदिनु हुने सबैप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु । म जहाँ रहे पनि मैले कोरेको मेरो गौरवमय यात्राका हरेक अनुभूति अर्काे पुस्तालाई बाँड्ने छु । किनकि कुनै न कुनै रूपमा क्रान्ति जारी छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.