वैदेशिक रोजगारीको पीडा : अवैध सम्बन्धले निम्त्यायो आत्महत्या
गुल्मी । गुल्मीको मलायगिरी गाउँकी २२ वर्षीया गीता खड्का बुटवल बस्दै आएकी थिइन् । मलेसियामा रहेका श्रीमान् ईश्वर खड्काले उनलाई ५ वर्षीय छोरासहित बुटवलस्थित शहरमा लगेर डेरा गरेर राखेका थिए ।
सोमबार साँझ मात्रै श्रीमान्सँग फोनमा कुरा भएको थियो केहिबेर । त्यसपछि दिदीको फोन आएको छ भनेर गीताले काटिन् । त्यसै दिन साँझ छोरासँगै लिएर कोठा बाहिर निस्किइन् ।
बुटवल उपमहानगरपालिका वडा नम्वर १९ को पत्थरगञ्जमा उनको डेरा थियो । घरबेटी दीपक सेन भन्छन् –‘साँझ त्यस्तै साढे सात बजे उनी डेराबाट बहिर निस्केकी हुन् ।’ सेनको घरमा गीताका आमा छोरा डेरा सरेको त्यस्तै छ सात महिना जति भएको थियो ।
मंगलबार विहान करिव सात बजेतिर उनको दिदीको घर नजिकै पर्ने रुखमा गीता अर्को एक पुरुष एउटै रुखमा डोरीको पासो लगाइ झुण्डिएको अवस्थामा फेला पर्छिन् ।
बुटवल मै डेरा गरि बस्ने मृतक गीताकी दिदी लक्ष्मी कुँवर क्षेत्री भन्छिन् –‘हिजो बिहान त्यस्तै चार बजेरित मेरो कोठा भित्र छोरालाई जबरजस्ती धकेलेर अहिले आउँछु भन्दै हिँडेकी हो । विहान सात बजेतिर एउटी महिला र पुरुष एउटै रुखमा झुण्डिएको अवस्थामा रहेको खबर आएपछि हेर्न जाँदा मेरै बहिनी र फ्याक्ट्रीमा काम गर्ने केटा रैछ ।’
लक्ष्मी भन्छिन्, ‘रातभरी उनीहरु फ्याक्ट्री पछाडीसंगै बसेका रहेछन् । त्यहीँबाट आएर छोरा मेरो कोठामा छाडेर हिडेपछि एकैसाथ आत्महत्या गरेका रहेछन् ।’
मंगलबार उनीसंगै आत्महत्या गर्ने उदयपुरका २४ वर्षीय हीराबहादुर श्रेष्ठ हुन् । मंगलबार ईलाका प्रहरी कार्यालयमा आइ उनका दाजु रणबहादुर श्रेष्ठले भाईको शव बुझेर लगेका छन् ।
बुटवल ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी भिम भट्टराईले दुईबीच अवैद्यसम्वन्ध रहँदै आएको खुलेको बताए । ‘हामीले थप अनुसन्धान गर्दैछौ,’ उनले भने ।
हीराबहादुर श्रेष्ठका दाईका अनुसार भाईले त्यस फ्याक्ट्रीमा काम गर्न लागेको डेढ वर्ष जति भयो । घरमा श्रीमती र ९ महिनाको छोरा छ । ‘छ सात महिनाअघि मात्र घरमा गएको थियो । श्रीमतीसँग पनि सम्वन्ध राम्रै थियो । यता अर्को महिलासँग झुण्डिएर आत्मा हत्या गरेको खबर आए पछि बुटवल आएका हौंँ । अहिले भाईको शव लिएर जाँदैछौं,’ उनले भने । उनकी श्रीमति र सन्तानको बिचल्ली हुने भएको उनले पीडा सुनाए ।
उनका अनुसार उनीहरुको पुखेयौंली घर उदयपुरको चौबन्दी नगरपालिका भए पनि हाल बसाई सराई गरेर उनीहरु सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्वर ५ मा बस्दछन् । यता, उनकी गीताका ५ वर्षीय छोरा ठूली आमाको शरणमा छनन् ।
गीताको शव बुझ्न उनका ६५ बर्षीय ससुरा रेशमबहादुर खड्का उनका भाई गणेश खड्का लगायत गुल्मीबाट बुटवल पुगेका थिए । मंगलबार बुहारीको शव बुझेर खड्का परिवारले तिनहुँखोलामा दाहसंस्कार गरेका छन ।
मलेशियामा रहेका मृतक गीताका श्रीमान किशोरले ईमोबाट कुरा गर्दै गहभरी आँशु पारे । ‘के गर्ने ३ महिनादेखि लकडाउनका कारण कोठा बाहिर निस्कीन सकेको छैन् । साथमा पैसा पनि छैन । लकडाउनअघि चैत्र महिनामा यहाँको खर्च कटाएर ३५ हजार रुपैयाँ श्रीमतिलाई पठाएको थिए,’ उनले भने ।
‘लकडाउन सुरु नहुँदै मेरो घर आउने फलाइट थियो । तर, श्रीमतिले अहिले नआउनुहोस अझै एक वर्ष थपेर उतै बस्नुस भनेकी थिइन्,’ उनले भने, ‘मैले पटक पटक पठाएको दश एघार लाखको हिसाब किताबको टुंगो छैन । कहिले कसलाई कहिले कसलाई दिएको छु भन्थिन् । तर उनीहरुलाई सोध्दा लगिसकेको बताउँछन् ।’
‘अब मसंग पैसा पनि छैन श्रीमति पनि छैन,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चार सयको सिमेन्ट आठसय रुपैयाँ भएको सत्य होइन : मन्त्री भण्डारी
-
हल्चोकमा सशस्त्र प्रहरीकाे २४ औँ वार्षिकोत्सव, तस्बिरमा हेर्नुहोस्
-
६ महिनासम्म गर्नुभएन, अहिले ७ दिनमा के पल्टिन्छ ?
-
सडक बनाउन पर्वतको बाँसखर्कमा सुन्तला महोत्सव आयोजना
-
आमा समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याइ
-
कामना सेवालाई अग्राधिकार शेयर जारी गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृत