शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इरानमा पुनः फर्कियो कोरोनाको कहर

बिहीबार, २५ वैशाख २०७७, ०८ : १४
बिहीबार, २५ वैशाख २०७७

इरानको चिन्ता अचानक बढेको छ । इरानले कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गरेको जस्तो देखिन्थ्यो तर बुधबार अचानक १६ सय ८० नयाँ संक्रमित भेटिए । यो अप्रिल ११ पछि एकदिनमा भेटिएको संक्रमणको सबैभन्दा ठूलो संख्या हो । इरानमा अब संक्रमणको कूल संख्या १ लाख पार भइसकेको छ ।

इरानमा कोरोनाको कहर पुनः फर्किएको बताइएको छ किनभने पछिल्लो चार दिनदेखि संक्रमितको संख्यामा लगातार वृद्धि भइरहेको छ । मध्य पूर्वमा इरानलाई कोरोनाभाइरसको संक्रमणले गाँजेको छ । इरानमा कोरोना भाइरसको दोस्रो चरणको कुरा गरिँदैछ ।

इरानका स्वास्थ्य मन्त्रालयका प्रवक्ता किअनोउश जहांपोरले भने, ‘हामीले देखिरहेका छौं कि पछिल्लो तीनचार दिनदेखि संक्रमणको मामला बढिरहेको छ । मुलुकमा अनावश्यक यात्राका कारण संक्रमित बढिरहेको जस्तो लाग्छ ।’

इरानले अप्रिल ११ देखि लकडाउनमा विभिन्न प्रकारको छुट दिएको थियो । कम जोखिमयुक्त इलाकामा मस्जिद खोलिएका थिए । पछिल्लो २४ घण्टामा इरानमा ७८ जनाको कोरोनाका कारण ज्यान गएको छ र यसका साथै मृतकको संख्या ६ हजार ४ सय १८ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप