लकडाउनले फलफूलका बिरुवा जोगाउनै सकस, तस्विरमा हेर्नुहोस्

काठमाडौँ । यो मौसम भनेको बर्खे फलफूलहरुको बिरुवा तयार गर्ने समय हो । सुन्ताला, एभोकार्डो, अनारलगात फलफूलहरुको बिरुवा तयार गरेर जेठमा त्यसलाई कृषकहरुलाई उपब्ध गराइन्छ । तर, कोरोनाभाइरुसको संक्रमण नियन्त्रणका लागि लागू गरिएको लकडाउनका कारण अहिले ती फलफूलका बिरुवाहरुलाई जोगाउन नै सकस भइरहेको छ ।
समशितोष्ण बागवानी केन्द्र कीर्तिपुर फलफूल खेतीसँग सम्बन्धित राष्ट्रिय फलफूल विकास केन्द्र अन्तरगतको संघीय बागवानी हो । यहाँ गुणस्तरीय विरुवाहरु उत्पादन गर्ने र विक्री वितरण गर्ने गरिन्छ । यहाँबाट दुई प्रकारको फलफूलका बिरुवाहरु तयार गरिन्छ । एउटा पुस–माघमा हुने हिउँदे फलफूलको बिरुवा र बर्खे फलफूलका विरुवा । यहाँ केही मात्रामा आलंकारिक बिरुवा जस्तै फूलहरुको विरुवा पनि थोरै मात्रामा तयार गरिन्छ ।
जेठमा तयार गरिने बिरुवाका लागि त्यसभन्दा अघि नै स्याहार सुसार गर्नुपर्छ । बागवानी विकास अधिकृत पद्मनाथ अत्रेयका अनुसार उत्पादन गर्ने बेला बिरुवालाई एकदम बढी मात्रामा व्यवस्थापनको अवश्यकता हुन्छ । जस्तै, झारपात हटाउने, हाँगा काट्ने आदि काम निरन्तर गरिराख्नुपर्छ ।
यसका लागि केन्द्रमा ४०–४५ जना खटिने गरेका थिए । तर, चैतको ११ देखि लागू गरिएपछि लकडाउनका कारण गाडी चढेर टाढाबाट आउनेहरु आउन पाएनन् । ‘१५ दिनसम्म त यहाँ काम गर्न लगाएनौँ,’ अत्रेय भन्छन्, ‘यहीँभित्र बस्नेहरुलाई पानी हाल्न र सामान्य रेखदेख गर्न लगायौँ ।’
त्यसले गर्दा अहिले यहाँ पूरै झारहरु उम्रिएका छन् । केही बिरुवाहरु पनि मरे । अहिले भने कीर्तिपुर आसपास रहेका र हिँडेर नै आउन सक्ने १५–२० जनालाई बोलाएर काम लगाउन थालिएको छ । काम गर्दा सामाजिक दुरी कायम गर्न आग्रह गरिएको छ ।
राष्ट्रिय फलफूल विकास केन्द्रको माग अनुसार यस बागवानीले फलफूलका बिरुवाहरु तयार गर्ने गर्छ । बाँकी रहेको बिरुवालाई भने हरेक वर्ष जेठ १६ गते खुद्रा बिक्री गर्थ्यो । तर, यो वर्ष भने केन्द्रले खुद्रा बिक्री नगर्ने भएको छ । बिरुवा किन्नकै लागि १ हजारदेखि १५ सय जनाको भीड हुने गरेकाले कोरोनाभाइरसको जोखिमलाई मध्यनजर गर्दै यो वर्ष खुद्रा बिक्री नगर्ने निर्णय गरिएको अत्रेय बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा