यस्तो छ बिहीबारको मौसम पूर्वानुमान

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले बिहीबारको मौसम पूर्वानुमान जारी गरेको छ ।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय रेखाको सामान्य प्रभाव, स्थानीय वायु, पूर्वी भु–भाग नजिक बनेको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ ।
महाशाखाका अनुसार हाल देशको सुदुरपश्चिमीका भू–भागमा सामान्य बदली र बाँकी भु–भागमा मौसम सामान्यतया सफा रहेको छ।
यसैगरी, बिहीबार दिउँसो देशको पश्चिमी भू–भागमा सामान्य बदलि र बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।देशको पश्चिमी भू–भागका केहि स्थानहरूमा र मध्य–पूर्वी भू–भागका एक/दुई स्थानमा मेघगर्जन,चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।
यसैगरी, राति देशभर सामान्य बदली रहने छ। देशको मध्य–पूर्वी भू–भागका केहि स्थानहरूमा र पश्चिमी भू–भागका एक/दुई स्थानमा मेघगर्जन,चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सञ्चो’ कम्पनीमा २८ करोड क्षति : पुनः सञ्चालन सम्भव छ ?
-
हरेक दिन २० पुस-अप गर्नुहोस्, पाउनुहुनेछ ५ परिवर्तन
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
कंगोको राजधानीमा मुसलधारे वर्षाका कारण ३० जनाको मृत्यु
-
छ वर्षपछि उत्तर कोरियामा प्योङयाङ म्याराथन, विदेशीहरूको पनि सहभागिता
-
गर्मीमा हरेक दिन एक टुक्रा काँचो प्याज खानुका ७ फाइदा