शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ओमनमा लकडाउन थपियो

बुधबार, २४ वैशाख २०७७, १९ : ३९
बुधबार, २४ वैशाख २०७७

युएई। कोरोना भाइरस (कोभिड–१९) ले परेको असरलाई न्युनिकरण गर्ने उदेश्यले ओमनमा लकडाउनको अबधि थप गरिएको छ। पछिल्लो समय ओमनमा कोरोना भाइरस (कोभिड–१९) का कारण संक्रमण बढ्दै गइरहेकोले स्थानीय कोरोना भाइरस सम्बन्धी उच्चस्तरीय समितिले मस्कट प्रशासकीय क्षेत्र, मात्रा विलायत तथा जालन बानी बु अलि व्यवासायिक बजार क्षेत्रमा जारी रहेको लकडाउन आगामी मे २९ राती दश बजेसम्मका लागि थप गरिएको मस्कट स्थित नेपाली दूतावासले जनाएको छ।

यस्तो अबस्थामा नेपाली नागरिकहरुलाई समस्या पर्न नदिन नेपाली दूतावास मस्कटले ओमानमा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी संकलन गर्ने उद्देश्यले अनलाइन सूचना संकलनबाट प्राप्त विवरणहरूबारे नेपाल सरकारसँग समन्वय गर्दै आएको छ। दूतावासले निम्न  https://om.nepalembassy.gov.np/information-collection-form/ र लिंकमा गएर आफ्नो विवरण उल्लेख गर्न समेत अनुरोध गरेको छ।

कोरोना भाइरस (कोभिड–१९) का कारणले ओमानमा रहनुभएका नेपालीहरूलाई कुनै पनि समस्या परेमा नेपाली दूतावासको WhatsApp:71592490 टेलिफोनः 24696177/2469६883
हटलाइनहरूः71592490/ 71530840 र श्रम सहचारीको नं.  71592506  मा सम्पर्क गर्न समेत दुतावासले सबैमा अनुरोध गरेको छ।

आजसम्म ओमनमा दुईहजार ९ सय तिन जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण भेटिएको छ।जसमध्य आठ सय आठ जनाले अपचारपछि निको भएका छन्। भने १३ जनाले कोरोनाका कारण ज्यान गुमाईसकेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप