ओली रिसाएपछि नेकपाको स्थायी समिति बैठक अनिश्चित
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भोलिदेखि बस्ने भनिएको स्थायी समिति बैठक अनिश्चित बनेको छ । बैठकका लागि एजेन्डा तय गर्न बोलाइएको सचिवालय बैठकमा नेताहरु बीच सहमति नजुटेपछि बैठक अनिश्चित बनेको हो ।
बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी समिति बैठकको एजेन्डाबारे दुई अध्यक्षबीच अझै छलफल बाँकी रहेको जानकारी दिए । नेता श्रेष्ठले स्वास्थ्य र व्यस्तताका कारण अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा पूरा समय उपस्थित नभएकोले आजको बैठकमा विस्तृत छलफल हुन नसकेको पनि बताए ।
तर, स्रोत भन्छ, ‘एजेन्डाको विषयमा विवाद भएपछि प्रधानमन्त्री केपी शर्मा ओली बैठकबाट रिसाएर बाहिरिएका थिए ।’ करिब एक घण्टापछि बैठकमा प्रम ओली फर्किए लगत्तै आजको बैठक सकिएको थियो ।
वैशाख २० गते बसेको नेकपा सचिवालय बैठकले पार्टीको स्थायी समिति बैठक बोलाउने निर्णय गरेको थियो । सोही अनुसार वैशाख २५ गते बिहीबार ११ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बैठक बस्ने समय तय गरिएको थियो । सोही बैठकका लागि आज सचिवालयले एजेन्डा तय गर्ने कार्यतालिका रहेको थियो ।
वैशाख २० गते बसेको नेकपा सचिवालय बैठकले पार्टीको स्थायी समिति बैठक बोलाउने निर्णय गरेको थियो । सोही अनुसार वैशाख २५ गते बिहीबार ११ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बैठक बस्ने समय तय गरिएको थियो । सोही बैठकका लागि आज सचिवालयले एजेन्डा तय गर्ने कार्यतालिका रहेको थियो ।
यसअघि, वैशाख ८ गते प्रधानमन्त्री ओलीले दुई विवादास्पद अध्यादेश ल्याएपछि नेकपाभित्र विवाद बढेको थियो । विवादकै क्रममा २० जना स्थायी कमिटी सदस्य अध्यक्षद्वयलाई स्थायी कमिटीको माग गर्दै पत्र बुझाएका थिए । यही पृष्ठभूमिमा नेताहरुबीच बढ्दै जाँदा प्रधानमन्त्रीको राजीनामासमेत माग भएको थियो । तर, उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेद्वार बनाउने तथा अध्यक्षद्वयले आत्मलोचनासमेत गरेपछि २० गतेको सचिवालय बैठकमा विवाद साम्य हुँदै स्थायी कमिटी बैठक बोलाउने निर्णय भएको थियो ।
तर, योबीचमा फेरि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल सहितका अधिकांश सचिवालय सदस्य ओलीविरुद्ध मोर्चाबन्दीमा कसिएपछि नेकपाभित्रको विवाद फेरि बल्झिएको थियो । यही बीचमा हात्तिवनमा छलफलमा जुटेका ओलीइतर समूहले ‘एक व्यक्ति, एक मुख्य जिम्मेवारी’ अनुसार प्रधानमन्त्री ओलीलाई दुईमध्ये एक पदबाट राजीनामा गराउनका लागि स्थायी कमिटीबाट माग गर्ने आन्तरिक तयारी गरेको थियो । भेलाको यही माग प्रति असन्तुष्ट रहेका ओली इतरसमूहको रणनीति बुझेपछि आजको बैठक बीचबाटै उठेर हिँडेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण