बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हवाई उडान र सीमा नाका बन्द थपियो

बुधबार, २४ वैशाख २०७७, १५ : १०
बुधबार, २४ वैशाख २०७७

काठमाडौँ । सरकारले अन्तर्राष्ट्रीय र राष्ट्रीय हवाई उडान र सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले हवाई उडान र सीमा नाका जेठ १८ सम्म बन्द गर्ने निर्णय गरेको हो । 

बैठकले छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढिरहेका बेला सीमा नाका बन्दसँगै आवत-जावतमा थप कडाइ गर्ने निर्णय गरेको छ । 

यसअघि यो जेठ २ गतेसम्म हवाई उठानमाथि लगाएको प्रतिबन्ध थप गरी १८ गतेसम्म पुर्याएको हो । यस्तै मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ५ गतेसम्म जारी राख्ने निर्णय पनि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप