जेठ ५ गतेसम्म लकडाउन लम्बियो
बुधबार, २४ वैशाख २०७७, १३ : २९
१
काठमाडौं । लकडाउन जेठ ५ गतेसम्म लम्बिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले आगामी जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
चैत ११ देखि सरकारले जारी गरेको लकडाउनको अवधि भोलि बिहीबार सकिँदैछ । लकडाउनकै बीच यतिबेला नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।
अन्तराष्ट्रिय तथा राष्ट्रीय हवाई उडान र सीमा नाकामा आवागमनमा लगाएको रोकलाई जेठ १८ गतेसम्म लम्ब्याउने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । साथै बैठकले भोलि २५ गते बुद्धजयन्तीको अवसरमा साँझ ७ बजे दीप प्रज्ज्वलन गर्न पनि नागरिकहरुलाई आग्रह गरेको छ ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
परीक्षाको मुखमा त्रिविका विभिन्न क्याम्पसमा तालाबन्दी
-
ट्रम्पको मुद्दा चलिरहेको अदालतबाहिर एक व्यक्तिद्वारा आत्मदाहको प्रयास
-
पिसाबमा जलन र पहेँलोपन : कसरी बच्ने ?
-
छोरी बलिउडमा आओस् भन्ने चाहँदैनन् सञ्जय
-
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
-
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, यस्ता छन् छलफलका एजेन्डा