बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

शिल्पा सेट्टीले भिडियोमार्फत् बताइन् विवाहको तितो सत्यः भनिन्, ‘हामी कति फेरियौं’

बुधबार, २४ वैशाख २०७७, १३ : २२
बुधबार, २४ वैशाख २०७७

लकडाउनको समयमा सर्वसाधारणदेखि सेलिब्रिटी, गरिबदेखि ठूल्ठूला व्यापारी सबै आफ्नो घरमा बसेर परिवारसँग रमाइलो गरेर समय बिताइरहेका छन् । सबैको समय बिताउने तरिका भिन्न छ ।

ठूलो पर्दाको अभिनयबाट टाढा रहेकी बलिउड नायिका शिल्पा सेट्टी आफ्ना श्रीमान् र छोरासँग हास्यास्पद भिडियोमा देखिन्छिन् । हालै, शिल्पाले एउटा भिडियो सोसल मिडियामा सेयर गरिन् जसमा उनले निकै ठट्यौली पारामा विवाह अघि र पछिको अन्तरबारे बताएकी छिन् ।

यो भिडियो शिल्पाले टिकटकमा बनाएकी छिन् र इन्स्टाग्राममा सेयर गरेकी छिन् । भिडियोमा शिल्पालाई श्रीमान् राज कुन्द्रासँग देख्न सकिन्छ । विवाहको अघि भन्दै शिल्पा श्रीमानसँग मस्किएर मन्द मुस्कानसहित हाँसिरहेको देखिएकी छिन् भने विवाहपछि उनको अनुहार नै परिवर्तन हुन्छ र उनले ठूलो मुख पारेर मन खोलेर हासिरहेको देख्न सकिन्छ । यो भिडियो निकै भाइरल भइरहेको छ । भिडियो सेयर गर्दै शिल्पाले लेखेकी छिन्, ‘हामी कति फेरियौं । वास्तविकता जति नै तितो भएपनि रमाइलो भने छ ।’

शिल्पा आफ्ना श्रीमानसहित टिकटक भिडियोमा निकै सक्रिय छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप