केन्द्रीय संस्करण
स्वास्थ्य सरोकार

कोरोना महाव्याधिको छायामा डेङ्गी र दादुरा : संक्रमितहरुको संख्या बढ्दै

‘पहिले डेङ्गी संक्रमित भइसकेकालाई पुनः संक्रमण भएमा स्वास्थ्य स्थिति जटिल बन्न सक्छ’

person explore access_timeबैशाख २४, २०७७ chat_bubble_outline0

कोरोना भाइरसको महामारीले मुलुकको सम्पूर्ण ध्यान त्यतातिर केन्द्रीत हुँदा मुलुकमा अन्य संक्रामक रोगहरु विस्फोट हुने खतरा बढ्दै गएको छ । यसबीच दादुरा र डेङ्गीका बिरामीहरु बढ्न थालेका छन् ।

पछिल्लो तथ्यांकअनुसार,दादुराकै कारण दुई जनाको मृत्यु भइसकेको छ ।

चैत महिना यता मुलुकभरिमा १ सय ९० जना दादुराको बिरामी देखापरेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डाक्टर झलक गौतमले बताए । उनका अनुसार,झापामोरङसर्लाहीधादिङ,काडमाडौँललितपुरचितवन र  गोरखा जिल्लामा दादुराको बिरामी बढी देखापरेका छन् ।

ती आठ जिल्लामा भेटिएका दादुराका बिरामीहरुमा चार महिनादेखि ४० वर्ष उमेर समुहका छन् । विगतमा दादुराको खोप नलगाएकाहरुमा विशेष गरी दादुराको संक्रमण देखिएको उनले बताए । लकडाउनकै समयमा पनि दादुरा प्रभावित क्षेत्रमा दादुरा र रुबेलाको खोप दिइएको उनको भनाइ छ ।


डाक्टर गौतमका अनुसार नेपालका ७७ जिल्लामध्ये दादुराले सबैभन्दा धेरै प्रभावित जिल्ला धादिङ हो । त्यस जिल्लामा बढी प्रकोप देखिएकाले हिजो मंगलबारसम्म बीस हजार जनालाई दादुरा रुवेलाको खोप दिइसकिएको उनले रातोपाटीलाई बताए ।


डाक्टर गौतमका अनुसार नेपालका ७७ जिल्लामध्ये दादुराले सबैभन्दा धेरै प्रभावित जिल्ला धादिङ हो । त्यस जिल्लामा बढी प्रकोप देखिएकाले हिजो मंगलबारसम्म बीस हजार जनालाई दादुरा रुवेलाको खोप दिइसकिएको उनले रातोपाटीलाई बताए ।

धादिङमा दादुरा र रुवेलाको खोप अभियान वैशाख १७ गतेदेखि सुरु भएको थियो । दादुरा प्रकोप क्षेत्रमा ६ महिनादेखि १५ वर्षकालाई दादुरा रुवेलाको खोप दिइने उनले बताए ।

दादुरा रुवेलाको खोप लकडाउनका कारण प्रायः सबै जिल्लामा स्थगित गरिएको छ । कोरोना भाइरस महामारी थामिएपछि दादुरा रुवेलाको खोप ७७ वटै जिल्लाका स्वास्थ्य संस्था तथा खोप केन्द्रमा संचालन हुने डाक्टर गौतमले बताए । 

स्मरण रहोस्,सरकारको खोप कार्यक्रमअनुसार,सामान्यतः दादुरारुवेलाको खोप ९ देखि १५ महिनाको बच्चालाई दिने गरिन्छ । रुवेलालाई जर्मन दादुरा पनि भन्ने गरिन्छ ।

नेपाल डेङ्गीको अवस्था

त्यसो त दादुरा मात्रै हैन,मौसम परिर्वतनसँगै डेङ्गीका बिरामी पनि बढ्दै गएका छन् । अहिले नै मुलुकका विभिन्न भागहरुमा डेङ्गीका विरामीहरु देखापर्न थालेका छन् । विगतका अनुभवहरुलाई हेर्दा पनि बेलैमा नियन्त्रणका उपायहरुतर्फ ध्यान नदिइएमा बढ्दो मौसमसँगै यसले महामारीको रुप लिन सक्ने खतरालाई वेवास्ता गर्न मिल्दैन । कोरोना भाइरस कोभिड (१९) को महामारीसँगै लकडाउनका कारण डेङ्गीसम्वन्धी कार्यक्रम घनीभूतमा रुपमा सञ्चालन हुन सकेको छैन । तर आवश्यकता अनुसार छिटफुट रुपमा भइरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । गर्मी मौसम बढ्दै गएपनि विगतमा जस्तो डेङ्गीका बिरामीको संख्या वृद्धि नभएकोइपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलले बताए ।


कोरोना भाइरस कोभिड (१९) को महामारीसँगै लकडाउनका कारण डेङ्गीसम्वन्धी कार्यक्रम घनीभूतमा रुपमा सञ्चालन हुन सकेको छैन । तर आवश्यकता अनुसार छिटफुट रुपमा भइरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । ‘गर्मी मौसम बढ्दै गएपनि विगतमा जस्तो डेङ्गीका बिरामीको संख्या वृद्धि नभएको’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलले बताए ।


महामारीको समयमा कोरोनाको रोकथाम तथा नियन्त्रण र पहिचानमा स्वास्थ्य क्षेत्रका जनशक्ति व्यस्त भए पनि डेङ्गी फैलिएको ठाउँमा त्यसलाई नियन्त्रण र रोकथाम गर्नका लागि ससानास्तरमा भए पनि कार्यक्रमहरु सञ्चालन भइरहेको उनले बताए । यतिखेर प्रदेश एवं जिल्लाहरुमा डेङ्गीका बारेमा तालिमहरु सञ्चालन नभए पनि डेङ्गी देखिएको ठाउँमा आवश्यक जनशक्ति परिचालन गर्ने उनले बताए ।

डेङ्गीका बिरामी कहाँ कति ?

मौसम परिवर्तनसगै हालसम्म प्रदेश नम्वर १ का   झापामा १,मोरंगमा ३,सुनसरीमा २  गरी ६ जना डेङ्गी रोगका बिरामी भेटिएका छन् ।

त्यसैगरी,काठमाडौंमा ३,ललितपुरमा ३,रामेछापमा १,र मकवानपुरमा १ र नुवाकोटमा १ जना गरी वाग्मती प्रदेशमा ९ जना रोगी भेटिएका छन् ।

गण्डकी प्रदेशको गोरखामा १,म्याग्दीमा २,कास्कीमा ३,बाग्लुङमा ३,स्याङजामा १,नवलपरासी सुस्ता पूर्वमा  १ जनासँगै ११ जना बिरामी भेटिएका छन् ।

प्रदेश नम्बर ५ मा नवलपरासी सुस्ता पश्चिम १,रुपन्देही १४कपिलवस्तु १,बाँके १ गरी १७ जना  डेङ्गीका बिरामी भेटिएको छन् ।

सुदुरपश्चिम प्रदेशको डडेलधुरामा १ र कैलालीमा १ गरी दुई जना बिरामी देखापरेका छन् । उल्लेख गरिएका जिल्लासँगै देशभर ५६ जनामा डेङ्गी देखिएको भेक्टर कन्ट्रोल निरीक्षक  प्याकुरेल बताउँछन् ।

 डेङ्गीका लक्षण र बँच्ने उपाय

डेङ्गी हुँदा देखिने मुख्य लक्षण भनेको ज्वरो हो । डेङ्गी हुँदा ५ देखि ७ दिनसम्म ज्वरो आउन सक्छ । जोर्नीहरु दुख्नुका साथै मांसापेशी,टाउको दुख्ने,वाकवाकी हुने,आँखाको गेडी दुख्ने,शरीरमा विविरा दाग देखापर्ने जस्ता लक्षणहरु देखापर्न सक्छ ।  डेङ्गी रोगबाट बँच्नका लागि मुख्यतः लामखुट्टेको बृद्धि रोक्नु पर्नेशुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डाक्टर अनुप बास्तोला बताउँछन् ।

यस रोगबाट बँच्नका लागि स्वयम् व्यक्तिहरुले घर र आफ्नो वरिपरी सफा राख्नुपर्छ । पानी जम्ने सानाठूला खाल्टा खुल्टी बन्न दिनु हुँदैन । ड्रम,टायर आदिमा पानी जम्मा हुने भएकोले त्यस्ता कुराहरुलाई घर वरिपरि राख्नु हुँदैन र त्यस्ता चीजहरु छन् भने तिनमा पानी जम्न दिनु हुँदैन । डेङ्गीको लामखुट्टे विशेष गरी दिनको उज्यालोमा सक्रिय हुने भएकोले त्यसको टोकाइबाट बच्न लागि लामखुट्टे भगाउने मलहम लगाउनुपर्ने डाक्टर बास्तोलाले बताए । त्यसैगरी,राति सुत्दा झुलको प्रयोग गर्नपर्ने उनको सुझाव छ ।

डाक्टर बास्तोलाका अनुसार, ‘पहिले डेङ्गी संक्रमित भइसकेकालाई पुनः संक्रमण भएमा स्वास्थ्य स्थिति जटिल बन्न सक्छ ।यस्तै गर्भवती महिला र डेङ्गी पुन संक्रमित रोगी,दीर्घरोगीले विशेष ख्याल गर्नुपर्नुउनकाे सुझाव छ ।

स्मरण रहोस्,गत वर्षपनि वैशाख महिनाकै अन्तिमतिरबाट प्रदेश नं. १ को सुनसरीको धरानबाट शुरुभएको डेङ्गीले भदौ असोजतिर महामारीको रुप लिएर देशैभरि फैलिएको थियो ।

नेपालमा सबैभन्दा पहिले डेङ्गी रोग सन् २००५ तिर देखापरेको थियो । सन् २००६ र २०१० मा उक्त रोगले महामारीको रुप नै लिएको थियो । शुरुमा यो रोग छिमेकी मुलुक भारतमा यात्रा गर्नेहरुबाट सरेको पाइएको थियो भने पछि चाहिँ स्थानीय आदिवासीहरुमा पनि यसको संक्रमण फेला परेको थियो ।


नेपालमा सबैभन्दा पहिले डेङ्गी रोग सन् २००५ तिर देखापरेको थियो । सन् २००६ र २०१० मा उक्त रोगले महामारीको रुप नै लिएको थियो । शुरुमा यो रोग छिमेकी मुलुक भारतमा यात्रा गर्नेहरुबाट सरेको पाइएको थियो भने पछि चाहिँ स्थानीय आदिवासीहरुमा पनि यसको संक्रमण फेला परेको थियो ।


पहिले पहिले यो रोगको प्रकोप नेपालको तराई क्षेत्रमा बढी देखिने गथ्र्यो । यस रोगले खासगरी तराईका चितवन,कन्चनपुर,कैलाली,बाँके,बर्दिया,दांग,कपिलवस्तु,पर्सा,रुपन्देही,रौतहट,सर्लाही,सप्तरी र झापा जिल्लालाई बढी असर गर्ने गरेको पाइन्थ्यो । सन् २०११ मा १५ वटा जिल्लामा डेङ्गी संक्रमणका ७९ केसहरु देखिएकोमा सबैभन्दा बढी चितवनमा ५५ जना संक्रमित फेला परेका थिए ।

सन् २००६२०१० मा गरिएको एक सर्वेक्षणमा डेङ्गी रोग लगाउने लामखुट्टेहरु तराईका कैलाली,दाङ,चितवन,पर्सा र झापा जिल्लाहरुमा फेला परेका थिए । त्यस तथ्यले उक्त रोग स्थानीय स्तरमै अन्य जिल्लाहरुमा फैलिन थालेको देखाएको थियो ।

तर अहिले विश्वव्यापी रुपमै जलवायुमा आएको परिवर्तनसँगै डेङ्गी रोग मुलुकको पहाडी जिल्लाहरुमा पनि देखापर्न थालेको छ ।

विकिपिडियाका अनुसार प्रत्येक वर्ष संसारभरि करिब ५ करोड मानिसहरु डेङ्गी संक्रमणको शिकार बन्ने गर्छन् जसमध्ये करिब १० हजार जनाले सोही संक्रमणका कारण ज्यान समेत गुमाउने गर्छन् ।

यो रोगको संक्रमणले च्याप्दै गएपछि चर्को ज्वरोसहित संक्रमितको मांसपेशी र जोर्नीहरु समेत अत्यन्तै चर्कोसँग दुख्ने हुनाले डेङ्गी रोगलाई हड्डीतोड ज्वरो पनि भन्ने गरिन्छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.