लकडाउनबीच पनि धमाधम बन्दै छ रंगशाला (फोटोफिचर)
पोखरा । देश यतिबेला लकडाउनमा छ । मान्छेको दैनिकी नै ठप्प हुने गरि देशमा लकडाउन जारी गरेको पनि महिना दिन बढी भइसक्यो । तर, पोखरा रंगशालाको खेल मैदान निर्माणमा भने धमाधम अघि बढी रहेको छ । रंगशालामा अहिले दैनिक ८० देखि ९० को हाराहारिमा कामदारले काम गरिरहेका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य राजेश गुरुङका अनुसार देशमा चैत ११ गतेदेखि लकडाउन जारी भए लगत्तै रंगशाला निर्माणको काम अघि बढाइएको हो । रंगशाला निर्माणको काममा जुटेका कामदारको सहमतिअनुसार नै काम अघि बढाइएको उनले सुनाए ।
‘युवा तथा खेलकुद विकास समिति र राखेपसँग सल्लाह भएर मेरो कोर्डिनेसनमा काम सुरु गरियो,’ उनले भने, ‘३५–३६ दिनदेखि रंगशाला निर्माणको काम अघि बढिरहेको छ ।’ रंगशाला निर्माणमा विभिन्न जिल्लाका मजदुरहरु खटिएको उनले सुनाए ।
अहिले रंगशाला भित्र फुटबल अभ्यास मैदानको निर्माण कार्य चलिरहेको छ । अभ्यास मैदानसँगै अरु निर्माणका काम पनि अघि बढी रहेको उनले सुनाए ।
१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अघिदेखि रंगशाला निर्माणको काम सुरु भए पनि रंगशाला निर्माणले पूर्णता पाउनसकेको थिएन । नवौँ राष्ट्रिय खेलकुदको लागि अहिले मैदान तयार भइरहेको उनले सुनाए ।
युवा तथा खेलकुद विकास मन्त्रीको निर्देशनमा खेलकुद परिषद्बाट ९० लाख रुपैयाँ विनियोजन भएको थियो । ‘यति रकमभन्दा पनि हामी जसरी खटेर काम गरिरहेका छौं । काम धेरै नै अघि बढिरहेको छ,’ उनले भने ।
आर्थिक अवस्था कमजोर भएका कामदारलाई राहतदेखि रंगशालाभित्रै खाजा र खानाको समेत व्यवस्था गरिएको उनले सुनाए ।
रंगशालाका प्रोजेक्ट म्यानेजर इन्जिनियर दीपक बरालले रंगशालामा निर्माण सामग्री ल्याउन कुनै कठिनाइ नभए पनि दक्ष जनशक्ति ल्याउन भने समस्या परेको उनले सुनाए । बाहिर गएका दक्ष जनशक्ति लकडाउनको कारण उतै अल्झिएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा