जङ्गली हात्तीद्वारा चार घर तोडफोड
बुधबार, २४ वैशाख २०७७, ०८ : १४

सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ स्थित रामटोलमा गए राति जङ्गली हात्तीले चार घर तोडफोड गरेको छ । तीन हात्तीको एकैपटक गाउँ प्रवेश गरी वीरेन्द्र राम, श्यामकुमार राम, नारायण राम र लक्ष्मीदेवी रामको घर तोडफोड गरेको प्रहरीले जनाएको छ ।
पूर्व–पश्चिम राजमार्गदेखि दक्षिण क्षेत्रमा अवस्थित रामटोलमा हात्तीको समूहले घर तोडाफोड गरी धान, गहुँ, चामल, दाललगायतका खाद्यान्न खाएर रु पाँच लाख बराबरको क्षति गरेको गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीले जानकारी दिए । लकडाउनले बेरोजगार भइ आयस्रोत बन्द भएका बेला हात्ती आतङ्कले जीवनयापन थप कष्टकर बनाएको पीडित श्यामकुमार रामले बताए । रामले खानाका साथै घर तोडफोडपछि आवासको पनि चिन्ता थपिएको बताए ।
हात्ती आतङ्क रोकथाम र नियन्त्रणतर्फ सम्बन्धित निकायले चासो नदिएको स्थानीयवासीको गुनासो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
-
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म
-
राष्ट्रिय व्यावसायिक तथा प्रशिक्षण प्रतिष्ठान र नेपाल हस्तकला महासङ्घबीच समझदारी पत्रमा हस्ताक्षर
-
साई सुदर्शनको रन वर्षा जारी, राजस्थानसामु जितका लागि २ सय १८ रनको लक्ष्य
-
शिक्षकका माग अविलम्ब पूरा गर्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल
-
नेपालको जीतमा बन्यो यस्तो रेकर्ड