अझै केही दिन चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षा

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ भने स्थानीय वायु तथा बंगालको खाडीसमेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ । यसले गर्दा हाल देशको पश्चिमी तथा पूर्वी पहाडी भू–भागमा सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशको पहाडी भू–भागका केही स्थानहरूमा साथै तराईका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध महाशाखाले अनुरोध छ ।
बुधबार देशभर बिहानपख आंशिक बदली र दिउँसो पश्चात सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागका केहि स्थानहरूमा साथै तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
बिहीबार देशभर बिहानिपख आंशिक बदली र दिउँसो पश्चात सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागका केहि स्थानहरूमा साथै तराईका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।
शुक्रबार मध्य तथा पूर्वी भू–भागमा सामान्य बदली रही बाँकि भू–भागमा आंशिक बदली रहनेछ । देशको पुर्वी र मध्य भू–भागका थोरै स्थानहरूका साथै पश्चिमी भू–भागका १–२ स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
रातीः देशको पहाडी भू–भागमा आंशिक बदली भई बाँकि भू–भागमा सामान्यतया सफा रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रवासी नेपाली सेफहरू 'ग्लोबल स्टार अवार्ड'बाट सम्मानित
-
१० महिनादेखि समितिमा सभापति छैनन्, लेखा समिति सत्ताकै कब्जामा !
-
मधेस प्रदेशका पूर्व प्रमुख राजेश अहिराजलाई लागेको आरोप के हो ?
-
चुरोट गुट्खालगायतका नयाँ उद्योग खोल्न दिने प्रक्रिया सरकारले तत्काल रोकोस् : उपभोक्ता जागरण नेपाल
-
बीवाईडी ईभीमा विस्तारित वारेन्टी नीति लागू
-
एमाले मोरङमा वडासम्मै गुट, संस्थापन र इतरसमूहबिच जिल्लामा भएको प्रतिस्पर्धाकै झल्को