शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अझै केही दिन चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षा

बुधबार, २४ वैशाख २०७७, ०७ : ४१
बुधबार, २४ वैशाख २०७७

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ भने स्थानीय वायु तथा बंगालको खाडीसमेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ । यसले गर्दा हाल देशको पश्चिमी तथा पूर्वी पहाडी भू–भागमा सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको पहाडी भू–भागका केही स्थानहरूमा  साथै तराईका एक–दुई  स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध महाशाखाले अनुरोध छ ।

बुधबार देशभर बिहानपख आंशिक बदली र दिउँसो पश्चात सामान्य  बदली रहनेछ । देशको पहाडी भू–भागका केहि स्थानहरूमा साथै तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

बिहीबार देशभर बिहानिपख आंशिक बदली र दिउँसो पश्चात सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागका केहि स्थानहरूमा  साथै तराईका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार मध्य तथा पूर्वी भू–भागमा सामान्य  बदली रही बाँकि भू–भागमा आंशिक बदली रहनेछ । देशको  पुर्वी र मध्य  भू–भागका थोरै स्थानहरूका साथै पश्चिमी भू–भागका १–२ स्थानहरूमा  मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

रातीः  देशको पहाडी भू–भागमा आंशिक बदली भई बाँकि भू–भागमा सामान्यतया सफा रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप