केन्द्रीय संस्करण
अनुभव

अमेरिकामा कोभिड–१९ विरुद्ध फ्रन्टलाइनमा सक्रिय नेपाली नर्सको अनुभव

मृत्यु पनि भयावह छ, शवलाई अंगालो हालिदिने कोही हुँदैनन्

person explore access_timeबैशाख २३, २०७७ chat_bubble_outline0

सरला बराल, रजिस्टर्ड नर्स

अमेरिका बसेको १० वर्ष र मेरिल्यान्ड राज्यको बाल्टिमोरस्थित विश्वकै प्रतिष्ठित जोन हप्किन्स अस्पतालमा काम थालेको २ वर्ष ६ महिना भयो । म यस अस्पतालमा कार्डियाक सर्जरी हर्ट एन्ड लङ्ग्स ट्रान्सप्लान्ट सर्जिकल नर्सका रुपमा कार्यरत छु । कोभिड–१९ को संक्रमणपछि आम अमेरिकी जीवन र अमेरिकी स्वास्थसंस्थामा अहिलेसम्मकै भयवाह अवस्था देखिएको छ ।

अहिले म कार्यरत विभागमा इमर्जेन्सीबाहेकका शल्यक्रियाको मिति सारिएको छ किनकी कार्डियाक सर्जरी गर्ने बित्तिकै बिरामीहरुलाई कार्डियाक आईसियुमा लैजानुपर्छ । आईसियु बेड कोभिड–१९ का गम्भीर बिरामीलाई अत्यावश्यक भएकाले त्यहाँ चाप कम गर्ने प्रयास गरिएको हो । हर्ट ट्रान्सप्लान्टजस्ता अत्यावश्यक काम भइरहेको छ, धकेल्न सकिने शल्यक्रियालाई पछि धकेलिएको छ ।

कोभिड–१९ भएका कार्डियाक बिरामीका हकमा सकभर संक्रमणमुक्त भएपछि मात्रै शल्यक्रिया गर्ने नीति बनाइएको हुन्छ । कतिपय भने शल्यक्रिया पनि गर्नैपर्ने अवस्थाका छन् । शल्यक्रिया नगरेपनि यी बिरामीको ज्यान जाने अवस्था छ, शल्यक्रिया गर्दा  प्रतिरोधी क्षमता कमजोर भएर कोभिडविरुद्ध लड्न नसक्ने जोखिम पनि छ । यो जटिल अवस्थामा मृत्यु नै भइहाले पनि उपचार पाएर मृत्यु होस् भन्ने कामनासहित चिकित्सकहरु शल्यक्रियामा जुटेका छन् ।

अपरेशन थिएटरमा बिरामी र स्वास्थकर्मीबाहेक अन्यलाई पस्न दिइँदैन । तर समय पहिलेजस्तै हुन्थ्यों भने आईसियू रुम र अन्य कक्षमा बिरामीका आफन्तलाई छिर्न दिइन्थ्यो, बिरामीको मृत्यु भइहालेमा आफन्तलाई शव हेर्न दिइन्थ्यों । अहिले त्यस्तो अवस्था छैन । कोभिड–१९ का गम्भीर बिरामीलाई अस्पताल भर्ना गरेपछि आफन्तले कुरेर बस्न पाउँदैनन् । त्यसपछि उनीहरुको आफन्त वा अभिभावक जे भनेपनि  स्वास्थकर्मी नै हुन् ।

कोभिड–१९ संक्रमितले युद्ध जिते भने जिते, कथम्कदाचित उनीहरुको मृत्यु भएमा शवलाई अंगालो हालिदिने कोही छैनन् । आफन्तले भेट्न र लाश छुन पाउँदैनन् । यस्तो अवस्थाको साक्षी हुनुपर्दा म दुःखी छु । विश्वका करोडौँ मानिसझैँ म पनि हरदिन कामना गर्छु– यो अवस्था चाँडै समाप्त होस्, फेरि यस्तो कहिल्यै नहोस् ।

महामारीका दौरान सर्जरी नभएको समय हामी सेफ्टी अफिसरका रुपमा काम गर्छौँ । पीपीई कसरी लगाउने, कसरी उतार्ने, कोभिड–१९ बिरामीलाई कसरी ट्रान्सफर गरिएको र कसले हेरेको छ ? नेगेटिभ प्रेसर रुमबाट बाहिर कसरी निकालिएको छ ? कसरी ट्राभल गरेको छ, कसरी रोग फैलिएको छ भनेर निगरानी गर्नुपर्छ । तालिम लिने र दिने गर्नुपर्छ । पीपीई, ग्लोब्स र गाउन राम्रोसँग लगाउने र उतार्ने गरिएन भने संक्रमण हुनसक्ने खतरा रहन्छ, त्यसैले हामी चनाखो हुनुपर्छ ।

कोभिड–१९ ले भयावह रुप लिएपछि बल्ल अमेरिकीहरु सतर्क भएका छन् । ढिलै भएपनि उनीहरु सेल्फ–आइशोलेनसनमा छन् । हामी भने अहिले पनि चौबिसै घण्टा उपचारमा खटिएका छौं । आफैँलाई रोग सर्नसक्ने भय बिर्सिएर सेवामै रमाइरहेका छौँ । यो हाम्रो परीक्षाको घडी पनि हो ।


मैले टच गरेका हरेक सामान ब्याग, लन्च ब्याग, गाडीको चाबी सबैलाई सेनिटाइजर हालेर कपडाले पुछ्ने गर्छु । यति गरिसकेपछि घरभित्र छिरेर आराम गर्छु, नेपालस्थित श्रीमान् (डाक्टर विक्रम न्यौपाने) , आमा–बाबु, सासु–ससूरालगायत आफन्तसँग कुराकानी हुन्छ, उहाँहरु मेरोबारे चिन्ता गर्नुहुन्छ । उहाँहरुलाई सम्झाउँछु – ‘आफ्नो स्वास्थको ख्याल राखेको छु, चिन्ता नलिनुस् ।’


तपाईंहरुलाई थाहै होला, यो भाइरसको संक्रमण निकै चाँडो फैलन्छ, मानिस–मानिसको सम्पर्क र थुक, रुघाखोकी आदि माध्यमबाट । यसअघि देखिएका  सार्स, स्वाइन फ्लुभन्दा पनि यसको फैलने दर धेरै छ ।

त्यसैले दिमागमा डर स्वभाविक हो । तर, आफ्नो जिम्मेवारी र जनस्तरबाट पाएको विश्वास र सम्मानले हामीलाई भयभीत भएर बसिरहन दिदैंन । त्यसैले दुखमा पनि उत्साहित भएर काममा खटिएका छौँ ।

उच्च सतर्कता

मेरिल्यान्ड राज्यमा कोभिड–१९ सुरु हुनअघि कसैले मास्क प्रयोग गरेको देखेको थिइनँ । यो हरियालीयुक्त राज्य हो र यहाँ प्रदूषण छैन । तर, अहिले मानिसहरु भयभीत छन् । त्यसैले एक त बाहिर निस्किएका मानिस नै देखिदैन । देखिहाले पनि मास्क लगाएका मानिसमात्रै देखिन्छन् । म पनि घरबाट अफिस जाँदा मास्क लगाएर जान्छु । अपरेशन थियटरमा जुत्तादेखि टोपीसम्म बाहिरै छाडेर त्यहीँको ड्रेस लगाउनुपर्ने स्वभाविक नियमै भइहाल्यो । फर्किदाँ ड्रेस त्यहीं छाडेर घरबाट जुन कपडा लगाएर गएको थिएँ, त्यसैमा फर्कन्छु । घर छिर्नुअघि ती कपडालाई लाउन्ड्रीमा राखेर सावर लिन्छु ।

मैले टच गरेका हरेक सामान ब्याग, लन्च ब्याग, गाडीको चाबी सबैलाई सेनिटाइजर हालेर कपडाले पुछ्ने गर्छु । यति गरिसकेपछि घरभित्र छिरेर आराम गर्छु, नेपालस्थित श्रीमान् (डाक्टर विक्रम न्यौपाने) , आमा–बाबु, सासु–ससूरालगायत आफन्तसँग कुराकानी हुन्छ, उहाँहरु मेरोबारे चिन्ता गर्नुहुन्छ । उहाँहरुलाई सम्झाउँछु – ‘आफ्नो स्वास्थको ख्याल राखेको छु, चिन्ता नलिनुस् ।’

अमेरिकामा यो एकै महिनामै नसोचेको उथल–पुथल भयो ।  व्यापार–व्यवसाय ठप्प भएर यहाँ २ करोड ६० लाख  अमेरिकीहरु बेरोजगार भइसके । काममा सक्रिय हुनेहरु पनि घरबाटै काम गर्दैछन् । अब त ग्रोसरी स्टोरमा पनि मानिसहरु देखिन्नन्, बरु अनलाईन सपिङ फास्टाएको छ । विश्वका अन्य धेरै देशमा पनि अवस्था यस्तै छ । धेरै देश लकडाउनमा छन् ।


दोस्रो – यो चौबिसै घण्टा खुल्ने देश हो । समयमा लकडाउन नगर्दा समस्या भयो । अधिकांश अमेरिकीहरुको बचत गर्ने बानी हुँदैन । उनीहरु काम गर्ने, पैसा लिने र किस्ता तिर्दै जाने गर्छन् । कार ऋणमा लिएका हुन्छन्, फ्ल्याट र अन्य किस्ता बुझाउनुपर्ने हुन्छ । त्यसैले पनि सायद, लकडाउन गर्न समस्या भयो होला  ।


तर, संसारभर नै स्वास्थकर्मीहरु दिनरात नभनी खटिरहेका छन् र उनीहरुमाथि जनताको विश्वास पनि ठूलो छ । बिरामीहरुलाई रिजेक्ट गर्दिनँ, बिरामीबाट भाग्दिनँ, रोगबाट भाग्दिंन भन्ने प्रतिबद्धता बोकेरै स्वास्थक्षेत्रमा लागेको हुँ । त्यसैले जोखिम भएपनि डराएको छैन ।

आफ्नो तर्फबाट अपनाउनुपर्ने सतर्कता अपनाएको छु । मलाई पहिलो पनि कुनै स्वास्थ समस्या छैन, त्यसैले रोग प्रतिरोधी क्षमता बलियो छ भन्ने विश्वास राखेर उपचारमा खटिएको छु ।

जोन हप्किन्सबाट देखिएको अमेरिका

अब कुरा गरौँ, म कार्यरत जोन हप्किन्स अस्पतालको । यो अस्पताल लामो समयसम्म अमेरिकाको नम्बर एक अस्पताल थियो । अहिले नम्बर ३ मा छ । अस्पतालमात्रै नभएर जोन हप्किन्स विश्वविद्यालय, अनुसन्धान केन्द्र पनि  सञ्चालनमा छ । त्यसैले, कुनै पनि रोग र कोरोनाबारे जोन हप्किन्समा नयाँ–नयाँ खोज भइरहेको हुन्छ, विश्वभरका बिरामीको संख्या अद्यावधिक गर्ने र उपचार गर्ने काम पनि हुन्छ ।

विश्वव्यापी प्रतिष्ठा आर्जन गरेकाले यस अस्पतलामा उपचार गराउन विदेशबाट पनि बिरामी आइरहेका हुन्छन् । म यहाँ हरेक दिन नौला दृश्य देखिरहेको हुन्छु र यही अस्पतालले अनलाईनमार्फत सार्वजनिक गर्ने नयाँ तथ्य र जानकारी पनि अध्ययन गर्छु । अमेरिकामा कोरोनाले ठूलो रुप लिनुका दुई कारण छन् ।

पहिलो – यहाँका सर्वसाधारणले पहिलो चरणमा कोरोनालाई गम्भीरताका साथ लिएनन् । फेब्रअरीमा १५ जनामा कोरोना देखिएका बेला यो त १ हप्तामै सकिन्छ भनेर ढुक्क थिए । अर्को, सुरुमा कोभिड–१९ को परीक्षण पनि महङ्गो थियो । एकपटक परीक्षण गरेबापत १ हजार ९६ डलर तिर्नुपर्ने, इन्सुरेन्सले ८० प्रतिशत नै कभर गरेपनि बाँकी पैसा आफ्नो गोजीबाट निकाल्नुपर्ने थियो । मानिसहरुमा यो सामान्य फ्लुजस्तै हो, लागिहाले पनि मरिदैंन किन पैसा तिरेर परीक्षण गर्ने भन्ने सोच विकास भयो ।


न्युर्योकमा महामारी आइसकेपछि मेरिल्यान्डले केही तयारी गर्ने मौका पायो । बेड, भेन्टिलेटर्सलगायत अत्यावश्यक उपकरण तयार गरियो । जनता पनि सतर्क बने, जसकारण धेरैमा फैलन पाएन । अझै पनि महामारी नियन्त्रण चुनौतीपूर्ण नै छ ।


दोस्रो – यो चौबिसै घण्टा खुल्ने देश हो । समयमा लकडाउन नगर्दा समस्या भयो । अधिकांश अमेरिकीहरुको बचत गर्ने बानी हुँदैन । उनीहरु काम गर्ने, पैसा लिने र किस्ता तिर्दै जाने गर्छन् । कार ऋणमा लिएका हुन्छन्, फ्ल्याट र अन्य किस्ता बुझाउनुपर्ने हुन्छ । त्यसैले पनि सायद, लकडाउन गर्न समस्या भयो होला  ।

कोभिड–१९ ले महामारीको रुप लिइसकेपछि बल्ल अमेरिका झस्कियो । अहिले निःशुल्क परीक्षण भइरहेको छ, आईसीयु बेडहरु विगतमा १ लाखमात्रै थियो भने अहिले हरेक राज्यमा थप गरिएको छ । कोभिड–१९ महामारीअघि अमेरिकाभर भेन्टिलेटर्स झन्डै २ लाखको हाराहारीमा थियो र त्यसमध्ये पनि झन्डै ७५ प्रतिशत पुराना मोडलका थिए । त्यसैले चीनको मुख ताक्नुपर्ने अवस्था आयो । त्यहाँबाट पनि भेन्टिलेटर्स नआएपछि यहाँका गाडी उत्पादन गर्ने कम्पनीहरु समेत भेन्टिलेटर्स बनाउन लागेका छन् । कम प्रभावित राज्यले कोरोनाबाट बढी प्रभावित भएका राज्यलाई भेन्टिलेटर्स सहयोग गरिरहेका छन् छ किनकी कोभिड–१९ का गम्भीर बिरामीको उपचारमा आईसीयु र भेन्टिलेटर्सको भूमिका महत्त्वपूर्ण छ । सुरुवातमा सामान्य लक्षणमात्रै देखिएपनि गम्भीर अवस्थामा पुगेपछि भने यो रोगबाट बाँच्न गाह्रो छ । तर, यो रोगले हामी सबै एकअर्कामा निर्भर छौँ र सबै मिलेर समाज बनेको छ भन्ने बुझ्न सहयोग गरको छ ।

मेरिल्यान्डको जनसंख्या झन्डै ६३ लाख छ । यो न्युर्योकको दाँजोमा एक तिहाईभन्दा पनि कम हो । न्युर्योकको जनसंख्या १ करोड ९५ लाखको हाराहारीमा छ र अहिले यो संसारकै सबैभन्दा धेरै प्रभावित क्षेत्र हो । यसलाई दोस्रो ऊहान वा कोरोनाको नयाँ इपिसेन्टर पनि भनिएको छ ।  यहाँ,  यहाँ तीन लाखभन्दा धेरैमा संक्रमण देखिइसकेको छ, १९ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।

न्युर्योकमा महामारी आइसकेपछि मेरिल्यान्डले केही तयारी गर्ने मौका पायो । बेड, भेन्टिलेटर्सलगायत अत्यावश्यक उपकरण तयार गरियो । जनता पनि सतर्क बने, जसकारण धेरैमा फैलन पाएन । अझै पनि महामारी नियन्त्रण चुनौतीपूर्ण नै छ ।

कोरोनाले विश्वभर २ लाख ५० हजार र अमेरिकामा ६९ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । यो त एउटा युद्धजस्तै हो । युद्धमा मानिसहरुले नै हतियार प्रयोग गरेर मार्छन् यहाँ आँखाले नदेख्ने सुक्ष्म जीवाणुले मारिरहेको छ । यो युद्धमा सिपाहीका रुपमा खटिनुपर्दा मलाई गर्व छ । जसरी युद्धमा सिपाहीहरु बन्दूक बोकेर बसेका हुन्छन्, त्यसरी नै हामी पीपीई अर्थात् आवश्यक सुरक्षा कवच भने साथमा लिएर सतर्कताकासाथ बस्नुपर्छ ।


अहिले विश्वभर लकडाउन खोल्ने वा नखोल्ने भन्ने विषयमा दुईथरी मत देखिएको छ । एकथरीको तर्क व्यापार खोल्नुपर्छ, कोरोनाको मृत्युदर ५ प्रतिशतमात्रै छ, व्यापार ठप्प हुँदा मानिस भोकभोकै मर्ने अवस्था आइसक्यो भन्ने छ । त्यस्तै, अर्कोथरीको तर्क जीवन जोखिममा राखेर व्यापार गर्न हुँदैन भन्ने छ । कोभिड १९ ले संसारकै अर्थतन्त्र ठप्प बनाइदिएको छ र यसबाट प्रभावित नहुने व्यक्ति सायदै होला । आज संसारको हरेक कुनाको मानिस यही भाइरसबारे सोचिरहेको छ ।


चुनौती अझै बाँकी छ

यो युद्ध अझै लामो चल्नेवाला छ । मृतकको संख्या बढिरहेको छ । हामी जो बाँचेका छौँ, सकारात्मक भएर अघि बढ्नुको विकल्प छैन । हो, हामी कमजोर अवश्य भएका छौं, तर मानव समुदाय यतिमै सिद्धिने छैन ।

मानिसहरुले भ्याक्सिन निस्कन समय लाग्ने भयो भनेर निराशा पनि व्यक्त गरिरहेका छन् । तर, हामी आशावादी हुनुपर्छ, धैर्यताको विकल्प छैन किनकी भाइरसको नेचर म्युटेट हुने हुन्छ । निर्जीव सतहमा नन रियाक्टिभ र मानिसको शरीरमा आएपछि रियाक्टिभ भइदिन्छ । त्यसमाथि यो भाइरस सार्स, इन्फ्युन्जाभन्दा अलिकति बढी नै फैलन्छ । अरु भाइरसले सेलको न्युक्लियसमा बसेर जेनेटिक इन्फर्मेसन ट्रान्सफर गर्नुपथ्र्यों । यसले मेम्ब्रेनमै बसेर आफ्नो भाइरसको जेनेटिक निकाल्छ, रेप्लिकेट गर्छ । रेप्लिकेट छिटो हुने भएकाले म्युटेशन हुने चान्स पनि बढी छ यसको । दुई महिना अगाडि निस्किएको कोरोना भाइरसको स्टे«न र अहिले निस्किएको स्ट्रेनमा धेरै फरक छ । त्यसैले पहिलो चीनमा निस्किएको, अमेरिकामा निस्किएको र अब दुई महिनापछि निस्कनेमा परिवर्तन हुने नै भयो ।

जस्तो, चाइनामा निस्केको फस्ट फेजको भाइरसका लागि बनाएकोे भ्याक्सिनले दोस्रो फेजमा काम गर्दैन किनकी यसको स्ट्रेन परिवर्तन भइसकेको हुन्छ । दोस्रो स्टेजको निकाल्दा अर्को परिवर्तन आउँछ । त्यसैले ट्रायल गर्दा पनि १२ महिना त लाग्ने भयो,  कोभिड लागेकोलाई पनि फस्ट फेजको एन्टीबडी (आईजीजी) डेभलप हुन ४ हप्ता लाग्छ । त्यसपछि अर्को स्टेजमा डेभलप हुने एन्टीबडी (आईजिएम ) का लागि केही समय लाग्छ । यसरी एन्टीबडी निकालेर ट्रयाल गर्नुप¥यो । त्यो एन्टीबडिज ननिस्कदासम्म भ्याक्सिन विकास हुने भएन । भ्याक्सिन विकास भइसकेपछि पनि नतिजा देखिन ५ वा ६ महिना लाग्ने नै भयो ।

नेपाल सुरक्षित नै रहोस्

नेपालमा अहिले संक्रमितको संख्या ८२ पुगेको छ ।  विश्वका अन्य देशभन्दा नेपाल सुरक्षित नै छ । मेरो कामना पनि यही छ, सुरक्षित रहिरहोस् किनकी महामारी निम्तियो भने नेपालले थेग्नसक्ने अवस्था छैन । नेपालमात्रै होइन यो महामारीका लागि कुनै पनि देश तयार थिएन, त्यसैले फैलिएपछि नियन्त्रण गाह्रो छ । हामीले रोकथाममै ध्यान दिनुपर्छ ।

नेपालले समयमै लकडाउन गरेर संक्रमण नियन्त्रणको प्रयास गरेकाले महामारीको रुप लिनेगरी संक्रमण फैलन पाएन । नेपालीको रोग प्रतिरोधी क्षमता बलियो भएकाले पनि भाइरसको असर कम परेको हुनसक्छ, आजसम्म कसैले पनि कोरोनाकै कारण नेपालमा ज्यान गुमाएका छैनन् । नेपालमा प्रदूषण, धुलो, धुवाँ, माटो सामान्य भइसक्यो । यसले प्रतिरोधी क्षमता बढाएको हुनसक्छ ।

अहिले विश्वभर लकडाउन खोल्ने वा नखोल्ने भन्ने विषयमा दुईथरी मत देखिएको छ । एकथरीको तर्क व्यापार खोल्नुपर्छ, कोरोनाको मृत्युदर ५ प्रतिशतमात्रै छ, व्यापार ठप्प हुँदा मानिस भोकभोकै मर्ने अवस्था आइसक्यो भन्ने छ । त्यस्तै, अर्कोथरीको तर्क जीवन जोखिममा राखेर व्यापार गर्न हुँदैन भन्ने छ । कोभिड १९ ले संसारकै अर्थतन्त्र ठप्प बनाइदिएको छ र यसबाट प्रभावित नहुने व्यक्ति सायदै होला । आज संसारको हरेक कुनाको मानिस यही भाइरसबारे सोचिरहेको छ ।

नेपालमा लकडाउन खुला गर्नुअघि अहिलेसम्मको लकडाउन अवधिमा कति प्रतिशतमा परीक्षण गरियो भन्ने स्पष्ट हुनुपर्छ । परीक्षण गरिएकामध्ये कति प्रतिशतमा संक्रमण देखियो भन्ने तथ्याङ्क पारदर्शी रुपमा सार्वजनिक गर्नुपर्छ । यसपछि कुन क्षेत्र बढी प्रभावित र कुन क्षेत्र कम प्रभावित छ भनेर बुझ्न सहयोग मिल्छ । यो परीक्षण पर्याप्त छ वा छैन,   समग्रमा हामी कोरोनाको कुन चरणमा छौँ भन्ने समीक्षा गर्ने, लकडाउन खोल्दा पनि कसरी नियन्त्रणका उपाय कायम राख्न सकिन्छ र सामाजिक दूरी बनाउन सकिन्छ भन्ने ध्यानमा राखेर मात्रै खुला गर्नुपर्छ । ठोस कार्ययोजना बिना नै लकडाउन खोल्दा भोली फेरि समस्या भयावह हुनसक्छ । नेपालले याद गर्नुपर्छ, फेब्रअरीमा अमेरिकाले जाबो १५ जनामा देखिएर के नै हुन्छ र भनेको थियो । अहिले प्रतिफल भोग्दैछ । यस भाइरसलाई कम आँक्न हुँदैन ।

(अमेरिकाको प्रतिष्ठित डेजी अवार्डबाट सम्मानित भइसकेकी बरालले अन्वेषण अधिकारीसँग गरेको कुराकानीमा आधारित । )

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.