बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल एसबीआई बैंकद्वारा कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण कोषमा १ करोड सहयोग

मङ्गलबार, २३ वैशाख २०७७, १५ : ४३
मङ्गलबार, २३ वैशाख २०७७

काठमाडौं– नेपाल एसबीआई बैंक सञ्चालक समितिले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको रोकथामतथा नियन्त्रणको निम्ति कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष र कोरोनाबाट प्रभावितको सहयोगको लागि एक करोड सहयोग गरेको छ । 

बैंक सञ्चालक समितिको निर्णयअनुसार केन्द्रीय सरकार अन्तर्गत कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको लागी नेपाल एसबीआई बैंकको तर्फ बाट बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागरले ५० लाखको चेक उद्योग वाण्ज्यि तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई  हस्तान्तरण गरे । 

यसका साथै नेपाल एसबीआई बैंकले प्रत्यक प्रदेश सरकारलाई रकम पाँच लाखको चेक हस्तान्तरण गरिसकेको छ । साथै बाँकीको १५ लाख बैंकले कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशका विभिन्न स्थानमा विभिन्न वर्ग अति विपन्न व्यक्ति र समुदायमा खर्च गरिरहेको जनाएको छ ।

बैंकद्वारा यस्तै किसिमका सहायता सरकार, आवश्यक व्यक्ति तथा संस्थाहरुलाई बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत उपलब्ध गराइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप