बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना प्रयोगशालामा बनेको भन्ने अमेरिकी दाबीलाई अष्ट्रेलियाद्वारा खारेज

मङ्गलबार, २३ वैशाख २०७७, १३ : ५८
मङ्गलबार, २३ वैशाख २०७७

कोरोनाभाइरस चीनको प्रयोगशालामा बनेको अमेरिकी दाबीलाई अष्ट्रेलियाले खारेज गरेको छ ।

कोरोना प्रयोगशालामा बनेको हो कि भन्ने विषयमा अनुसन्धान गरिनुपर्छ भन्ने विषयलाई अमेरिकाले सधैं उठाउँदै आएको छ र यसमा अष्ट्रेलियाले सधैं अमेरिकालाई साथ दिँदै आएको छ ।

यसअघि अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले कोरोनाभाइरस चीनको प्रयोगशालामा तयार गरिएको भनेर दाबी गरेका थिए । चीनले पहिले देखि नै यो दाबी अस्विकार गर्दै आएको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफू अमेरिकासँग यो अनुसन्धानमाथि मिलेर काम गरिरहेको तर आफूले अमेरिकाको यो दाबीको समर्थन नगर्ने बताएका छन् ।

उनी भन्छन्, ‘हामी यो सम्भावनालाई पूर्ण रुपमा खारेज गर्न सक्दैनौं तर यो चीनको मार्केटबाट आएको हुनसक्ने केही हदसम्म सम्भावना छ ।’

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप