ऋषि कपुरको हेरविचार गरिदिएकोमा नीतू कपुरले अम्बानी परिवारलाई भनिन् ‘देवदूत अभिभावक’
बलिउड अभिनेता ऋषि कपुरको निधन भएको पाँच दिनपछि उनकी श्रीमती नीतू कपुरले मुश्किल समयमा यथेष्ट प्रेम र साथ दिएकोमा अम्बानी परिवारलाई धन्यवाद दिएकी छिन् । यसका लागि उनले मंगलबार बिहान इन्स्टाग्राममा एउटा पोस्ट लेखिन् जसमा उनले अम्बानी परिवारका हरेक सदस्यलाई देवदूत अभिभावक बताउँदै उनीहरुप्रति आभार प्रकट गरिन् । उनले लेखिन्, ‘कठिन परिस्थितीमा जब हामी डराएका थियौं तब तपाईंहरुले हाम्रो हात समात्नुभयो र हामीलाई सान्त्वना दिनुभयो ।’
आफ्नो पोस्टमा नीतूले लेखिन्, ‘एक परिवारको रुपमा पछिल्लो दुई वर्ष निकै लामो यात्रा रह्यो जसमा राम्रा दिनका साथै थुप्रै नराम्रा दिन पनि आए । यहाँ भन्न आवश्यक छैन कि ती पूर्ण भावनाले भरिएका थिए । तर यो एउटा यस्तो यात्रा हो जुन हामी अम्बानी परिवारको असिम प्रेम र समर्थनबिना पूरा गर्न सक्दैनथ्यौं ।’
उनले थप लेखिन्, ‘पछिल्ला केही दिनमा हामीले आफ्नो विचारलाई एकत्रित गरेर ती शब्द खोज्ने प्रयास गर्यौं जसमार्फत् हामीलाई यो समस्याको समयमा अनगिन्ती तरिकाले सुरक्षित राख्न चाहने ती सबै परिवारप्रति आफ्नो आभार प्रकट गर्न सकौं ।’
नीतूले थपिन्, ‘पछिल्लो सात महिनादेखि परिवारका प्रत्येक सदस्यले प्रिय ऋषिको हेरविचारका लागि उनलाई निकै कम असुविधा होस् भनेर हर सम्भव कोसिस गरे । अस्पतालमा व्यक्तिगत रुपमा आएर उनीमाथि प्रेम बर्साए र जब हामी डराएका थियौं त्यतिबेला हाम्रो हात समाते र हामीलाई सान्त्वना दिए ।’
नीतूले थपिन्, ‘मुकेश ‘भाइ’, नीता ‘भाभी’, आकाश, श्लोका, अनन्त र ईशा तपाईंहरु सबै यो लामो र मुश्किलले भरिएको यो अनुभव यात्रामा हाम्रा लागि देवदूत अभिभावक हुनुभयो । हामीले तपाईंका लागि जे महसुस गरिरहेका छौं, त्यसको मापन गर्न सकिँदैन । हामी निःस्वार्थ समर्थन र हेरविचारका लागि तपाईंलाई भित्री हृदयदेखि नै धन्यवाद दिन चाहन्छौं । हामी तपाईंहरुलाई आफ्नो सबैभन्दा निकटस्थ र सबैभन्दा प्रिय व्यक्तिको रुपमा पाएर अत्यधिक धन्य महसुस गरिरहेका छौं ।’
ऋषि कपुरको ६७ वर्षको उमेरमा अप्रिल ३० तारिखमा निधन भएको थियो । उनले मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा अन्तिम सास फेरे । उनी पछिल्लो दुई वर्षदेखि ब्लड क्यान्सरसँग जुधिरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्रा कसको दर कति ?
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन