शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

इरफान खान, श्रीदेवीको मृत्युमाथि खिल्ली उडाउने पाकिस्तानी प्रस्तोताले मागे माफी

मङ्गलबार, २३ वैशाख २०७७, ०८ : २१
मङ्गलबार, २३ वैशाख २०७७

पाकिस्तानका एक प्रस्तोताले आफ्नो कार्यक्रममा श्रीदेवी र इरफान खानको मृत्युमाथि खिल्ली उडाएका थिए । इरफान र श्रीदेवी दुबैसँग काम गरिसकेका नायक अदनान सिद्दीकी कार्यक्रममा उपस्थित भएका बेला ती प्रस्तोताले बलिउडका दिग्गज कलाकारको मृत्युमाथि ठट्टा गरेका थिए ।

जिवे पाकिस्तान नामको कार्यक्रममा पाहुनाको रुपमा सरिक भएका अदनानलाई प्रस्तोता आमिर लियाकतले ठट्टा गर्दै अदनानले रानी मुखर्जी र बिपाशा बसुसँग काम नगरेर उनीहरुको ज्यान बचाइदिएको बताए ।

उनले यससँगै थप्छन्, ‘तपाईंले श्रीदेवीसँग काम गर्नुभयो, उहाँको मृत्यु भयो, इरफानसँग काम गर्नुभयो, उहाँको पनि मृत्यु भयो । तपाईंलाई मर्दानी टु अफर भएको थियो, तपाईंले गर्नुभएन, नभए उहाँहरुको पनि मृत्यु हुन्थ्यो ।’

आमिर यी कुरामा थोरै असहज पनि देखिए, उनले आमिरको कुरा बीचमा नै काट्ने कोसिस गरे । तर प्रस्तोता लगातार बोलिरहे । आमिरको कार्यक्रमको यो क्लिप सोसल मिडियामा तीब्र रुपमा भाइरल भएपछि अदनानले सोसल मिडियामा यसका लागि माफी माग्दै पोस्ट गरेका छन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

🙏.

A post shared by Adnan Siddiqui (@adnansid1) on

अदनानले इरफान खानसँग अ माइटी हार्ट र श्रीदेवीसँग मममा काम गरेका थिए ।  

आमिरले भिडियो जारी गरेः

भिडियो भाइरल भएपछि आमिरले एउटा भिडियो जारी गर्दै माफी मागेका छन् । उनले भनेका छन्, ‘म यसका लागि माफी माग्छु । मैले त्यसपछि उहाँहरुमाथि प्रेमबारे पनि कुरा गरेको थिएँ तर कसैले पनि त्यसबारे ध्यान दिनु भएन । याद राख्नुहोस्, माफी माग्ने महान् हुन्छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप