शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

घरमै बसेर सिटिजन्स बैंकमा अनलाइन खाता खोल्न सकिने, उच्च ब्याजदर पनि पाइने

सोमबार, २२ वैशाख २०७७, १८ : १४
सोमबार, २२ वैशाख २०७७

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले घरमै बसेर अनलाइन खाता खोल्न सकिने सेवामा स्तरोन्नत्ती गरेको छ । बैंकले सूचना प्रविधिमा आएको आमुल परिवर्तन र भुमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउदै गर्दा सूचना प्रविधिको विकासक्रमलाई आत्मसाथ गर्दै बैंकको वेबसाइटमार्फत अनलाइन खाता खोल्न सकिने सुविधालाई थप परिष्कृत गरेको जनाएको छ ।

यो सेवा अत्यन्त सहज रहेको हुँदा, ग्राहकहरुले घरमै बसीबसी बैंकको जुनसुकै शाखा कार्यलयमा आफ्नो ईच्छा अनुसारको सर्वाधिक उच्च ब्याजदरसहितको बचत खाता तथा मुद्दती निक्षेप खाता खोल्न सक्नेछन ।

उक्त खाता खोल्नासाथ ग्राहकहरुले नियमित रुपमा बैैकिङ्ग कारोबार गर्न सक्नेछन् । यस अत्याधुनिक प्रविधिको प्रयोगबाट अनलाइन खाता खोल्न थप सुरक्षित, छिटो, छरितो, चुस्त र दुरुस्त हुने विश्वास बैंकले लिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप