शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लकडाउनः मदिरा पसल खोल्ने अनुमति दिन सरकारसँग व्यवसायीको माग

सोमबार, २२ वैशाख २०७७, १८ : ०६
सोमबार, २२ वैशाख २०७७

काठमाडौं– मदिरा उत्पादकहरुको संस्था नेपाल पेय पदार्थ संघले निश्चित समयका लागि मदिरा पसल खोल्न दिन सरकारसँग माग गरेको छ ।

विश्वव्यापी रुपमा कोभिड १९को कारण अर्थतन्त्रमा परिरहेको प्रभावलाई मध्यनजर गरि तोकिएको सुरक्षाको मापदण्ड अनुसार सामाजिक दुरी कायम गरी स्वास्थ्य एवं सुरक्षाका उपायहरु अबलम्बन गर्दै निश्चित समय तोकि मदिराका बिक्री कक्षहरु खोल्न दिन नेपाल सरकारसँग अनुरोध गरेको हो । 

संक्रमणको जोखिमलाई मध्यनजर गरि लकडाउनको अवधि बढने क्रम लम्बिदै गइरहेको छ । निरन्तरको लकडाउनले देशको अर्थतन्त्रमा गम्भिर किसिमको नकारात्मक असर त परेको छ नै यसका अतिरिक्त खुद्रा पसल संचालन गरि जिविकोपार्जन गर्नुपर्नें व्यवसायिहरुको जिवनयापन पनि कष्टकर बन्दै गएको प्रति ध्यानाकर्षण गराउँदै संघले उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयमा पत्र बुझाएको हो ।

हालको विषम परिस्थितिका कारण दजर्नौ मदिरा उद्योगहरु, हजारौंको संख्यामा रहेका बिक्रि कक्षहरु समेत बन्द अवस्थामा नै रहेका छन । देशको कुल राजश्वमा करिब १७ प्रतिशत अर्थात एक खर्ब जतिको योगदान गर्ने तथा करिब आठ लाख भन्दा बढीलाई प्रत्यक्ष्य तथा अप्रत्यक्ष रोजगारी प्रदान गरीरहेको यस क्षेत्रको खर्बौको लगानी एवं लाखौको रोजगारी डुब्ने खतरा रहेको तर्फ पेय पदार्थ संघले ध्यानाकर्षण गराएको छ ।

मदिराजन्य उद्योगहरुको कुल कारोबारको लगभग पचास प्रतिशत कारोबार सरकारले बजेट घोषणा गर्नु भन्दा लगभग तिन महिना अघि अर्थात चैत्र, बैशाख र जेष्ठ महिनामा हुने गरेको तर वर्तमान लकडाउनका कारणले यस क्षेत्रका उद्योग उच्च जोखिममा परेको र हालको निरन्तरको लकडानबाट औपचारिक व्यवसायहरु बन्द रहेको भएता पनि अनौपचारीक क्षेत्रबाट लाखौं लिटर अस्वस्थकर रुपमा अवैध मदिराहरु घरदैलोमा उत्पादन भई बिक्रिवितरण भइरहेको तर्फ समेत मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

उक्त अवैध उत्पादन र विक्रीवितरण गरिएका मदिराहरु जुन जनस्वस्थ्यका दृष्टिकोणले अत्यन्त जोखिमपूर्ण रहेको र यसले कुनै पनि समयमा जनस्वास्थ्यमा गम्भिर असर पार्न सक्ने प्रति जानकारी समेत गराएको छ । असहज परिस्थितिको फाईदा उठाउदै औपचारीक क्षेत्र ध्वस्त हुने तर अबैध र अनौपचारीक क्षेत्रले प्रश्रय पाउँदै जाने परिस्थितलाई चिर्नुसबैको कर्तव्य एवं जिम्मेवारी रहेको व्यहोरा समेत पत्रमा उल्लेख छ । 

बर्तमान जोखिमलाई विचार गर्दै सामाजिक दुरी कायम गरि स्वास्थ्य एवं सुरक्षाका यथेष्ठ उपायहरु अबलम्बन गरि निश्चित समय तोकि मदिराका बिक्रि कक्षहरु खोल्न दिएमा सरकारको राजश्व, व्यवसायिको लगानी र रोजगारीलाई समेत केहि मात्रामा भएपनि टेवा पुग्ने संघले मन्त्रालय समक्ष अनुरोध गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप