दिल्लीमा खोलियो रक्सी पसल, यति भीड लाग्यो कि बन्द नै गर्नुपर्यो

भारतमा लकडाउनको तेस्रो चरणमा विभिन्न प्रकारको छुट दिइएको छ । दिल्लीसमेत देशका विभिन्न हिस्सामा सोमबार बिहानैदेखि हलचल देखिएको छ । यसपटक रक्सीको पसल खोलिएको छ, यस्तोमा सोमबार दिल्लीको रक्सीको पसल बाहिर अत्यधिक भीड देखिएको छ । भीड यति धेरै भएको छ कि थुप्रै इलाकामा दिल्ली पुलिसले पसल नै बन्द गराउनु पर्यो ।
मार्च २४ पछि भारतभरी लागू गरिएको लकडाउनका कारण रक्सी पसल पनि बन्द थिए । लकडाउन तेस्रो चरणमा आएपुग्दा रक्सी–पान–गुटखाका पसल खोलिएका छन् ।
#WATCH: Police resorts to mild lathicharge outside a liquor shop in Kashmere Gate after social distancing norms were flouted by people outside the shop. #Delhi pic.twitter.com/XZKxrr5ThC
— ANI (@ANI) May 4, 2020
सोमबार बिहान जब पसल खोलियो तब बिहान ८ बजेदेखि नै लामो लाइन लाग्यो । यतिबेला सरकारले तोकेको सामाजिक दुरी कसैले पनि पालना गरेनन् । कति स्थानमा २ किलोमिटरसम्मको लाइन लाग्यो । भीड अनियन्त्रित भएको देखेर पुलिसले पसल नै बन्द गर्यो । कश्मीर गेट नजिकै पुलिसले लाठीचार्जसमेत गर्नुपर्यो ।
पुलिसले कृष्णानगरमा खोलिएको पसल पनि बन्द गर्नुपर्यो किनभने यहाँ मानिसहरु सामाजिक दुरीको नियम पालना गरेका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा