खोल्सामा श्रीमतीको हत्या गरेर गाडेको आरोपमा एक जना पक्राउ
धनुषा – खोल्सामा श्रीमतीको हत्या गरेर गाडेको आरोपमा एक जना पक्राउ परेका छन् ।
आइतबार प्रहरीले आफ्नै २३ वर्षीया श्रीमती बिनु चौहान लामाको हत्या गरेको अभियोगमा मिथिला नगरपालिका–९ लालभित्ती बस्ने हरि चौहान पक्राउ परेका हुन् ।
झगडा गरी घरबाट हिडेंकी बिनु सम्पर्कमा नआएको भनी हरिले शुक्रबार प्रहरी चौकी लालगढमा मौखिक जानकारी गराउना साथ प्रहरी उनको खोजी तथा अनुसन्धानमा जुटेको थियो ।
सो क्रममा सोही नगरपालिका–१० लालगढस्थित सामुदायिक वनको मगरनी खोल्सामा हत्या गरेर गाडेको भन्ने जानकारी आइतबार प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढल्केवर र प्रहरी चौकी लालगढबाट खटिएको प्रहरीले उक्त स्थानमा उत्खनन गर्दा बिनुको शव फेला पारेको हो ।
घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा हरिले नै हत्या गरेको खुलेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।