शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रामायणमा रावणको भूमिका निभाउने अरविन्द त्रिवेदीको निधन ? यस्तो भन्छन् भतिजो

सोमबार, २२ वैशाख २०७७, १० : ०४
सोमबार, २२ वैशाख २०७७

टेलिभिजन सिरियल रामायणमा रावणको भूमिका निभाउने अभिनेता अरविन्द त्रिदेवीको मृत्युको खबर हावासरी फैलियो । आइतबार सोसल मिडियामा दिनभरी उनको मृत्युको खबरले निकै चर्चा पायो । तर उनको मृत्युको खबर मात्र एउटा अफवाह भएको प्रमाणित भयो जब उनका भतिजो कौस्तुव त्रिदेवीले ट्वीट गर्दै उनी सकुशल भएको जानकारी दिँदै झुटो खबर नफैलाउन अपिल गरे ।

आफ्नो ट्वीटमा कौस्तुभले लेखे, ‘मेरा काका अरविन्द त्रिवेदी लंकेश पूर्ण रुपमा ठिक छन् र सरक्षित छन् । झुटो खबर फैलाउन बन्द गर्न अनुरोध गर्दै कृपया उनी सकुशल भएको खबर फैलाउन आग्रह गर्छु । धन्यवाद ।’

आइतबार अरविन्द त्रिवेदीले गरेका थिए ट्वीटः

आइतबार दिउँसो मात्रै अरविन्द त्रिवेदीले एक ट्वीट गर्दै ‘श्रीकृष्ण’ सिरियलमा कृष्णको भूमिका निभाउने सर्वदमन बनर्जीलाई सोसल मिडियामा स्वागत गर्दै ट्वीट गरेका थिए । जसमा उनले लेखेका थिए, ‘जय श्री कृष्ण । तपाईंलाई स्वागत छ ।’

हालै बनायो भ्युअरशीपको नयाँ विश्व रेकर्डः

पुनः प्रशारणको क्रममा ‘रामायण’ सिरियलले भ्युअरशीपको एउटा नयाँ विश्व रेकर्ड बनाएको छ । यसबारे दुरदर्शनले एक ट्वीट गर्दै लेख्यो, ‘विश्व रेकर्ड, दुरदर्शनमा रामायणको पुनः प्रसारणले संसारभरीको भ्युअरशीपको रेकर्ड तोडेको छ । यो कार्यक्रम सबैभन्दा धेरै हेरिएको कार्यक्रम बनेको छ जसलाई १६ अप्रिला ७.७ करोड दर्शकले हेरे ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप