ओलीले एक पद छाड्नुपर्ने मुद्दा नेपाल समूहले उठाउने
सोमबार, २२ वैशाख २०७७, ०७ : ०२
काठमाडौं – प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले एक पद छाड्नुपर्ने मुद्दा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले उठाउने भएको छ ।
सत्तारुढ नेकपाको आगामी २५ वैशाखमा बस्ने स्थायी कमिटी बैठकमा नेपाल समूहको प्रधानमन्त्री ओलीले ‘प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पदबाट राजीनामा दिनुपर्ने’ अडान कायमै छ ।
नेकपा सचिवालयको शनिबार बसेको बैठकमा प्रधानमन्त्री ओली र नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहालले आत्मालोचना गर्दै पार्टी र सरकारको काम प्रभावकारी रुपमा अघि बढाउने निर्णय गरेको एकदिन नबित्दै नेपाल समूह आइतबार छुट्टै भेलापछि यस्तो निष्कर्षमा पुगेको हो । यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न