शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सोमबार कुन – कुन राशिका लागि शुभ ?

सोमबार, २२ वैशाख २०७७, ०६ : १८
सोमबार, २२ वैशाख २०७७

वि.सं.२०७७ साल वैसाख २२ गते । सोमबार । ईश्वी सन् २०२० मे ०४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । वैसाख शुक्लपक्ष । तिथि– द्वादशी,४७ घडी ०२ पला,रातको १२ बजेर १३ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र– उत्तरफाल्गुनी,२८ घडी १६ पला,बेलुकी ०४ बजेर ४३ मिनेट उप्रान्त हस्त । योग– व्याघात,०१ घडी २२ पला,बिहान ०५ बजेर ५७ मिनेट उप्रान्त हर्षण,रातको ०२ बजेर ५४ मिनेट उप्रान्त बज्र । करण– बव,दिउसो ०१ बजेर ३६ मिनेट उप्रान्त बालव,रातको १२ बजेर १३ मिनेट उप्रान्त कौलव । आनन्दादिमा– श्रीवत्स योग । चन्द्रराशि–कन्या । 

काठमाडौंमा सूर्योदय ०५ बजेर २४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३८ मिनेट । दिनमान ३३ घडी ०५ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) वादविवाद तथा प्रतिस्पर्धामा तपार्ईँको जित निश्चित हुनेछ । व्यापार व्यावसायमा मन्दि आउने तथा घाटा हुनेछ । मायाप्रेम तथा दाम्पत्य जिवनको गाठो झन् मजभुत भएर जानेछ । कुरा काट्नेहरु प्रशंसा गर्दै हिड्नेछन् । पुरानो रोग निको भएर जाने तथा पुराना समस्या हल भएर जानेछ । खोजमुलक क्षेत्रमा रुची बढ्नेछ । मावली पक्षबाट तपार्ईँको काममा सहयोग हुनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) स्वअध्ययनले पढाइ लेखाइमा प्रतिस्पर्धिहरुलार्ई पछि छोड्दै एक कदम अगाडि बढ्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् भने नया ठाउबाट प्रेम प्रस्ताव आउनेछ । प्रयत्न गर्दा पदिए दायित्व बढ्ने तथा काम गर्ने ठाउमा तपार्ईँको काम गर्ने शैलिको धेरैले प्रशंसा गर्नेछन् । तरपनि समय अनुकुल नहुनाले खानपान तथा सरसफाईमा ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिद्यामा सन्तोषजनक प्रगती भएर जानेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । कृषि तथा पशुपालन व्यावसाय भने फस्टायर जानेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाव वढ्नेछ । विश्वास गरेकाहरु बाट धोका हुनसक्छ सजक रहनुहोला । वाहिरी वातावरणसँग जुध्न नसक्दा छाती सम्वन्धी समस्या आउँन सक्छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) दाजुभाई तथा छिमेकी सँगको सम्वन्धमा नयाँ आयाम थपिनेछ । पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै पति पत्नी विच मायाको डोरो कसिलो भएर जानेछ । पढाई लेखाई मन जाने तथा आगामी दिनहरुका भनेजस्तो सफलता हात पार्न सकिनेछ । तरपनि समय अनुकुल नहुनाले खानपान तथा सरसफाईमा ध्यान दिनुहोला ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अध्ययन अध्यापनमा मन जाने हुनाले नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफन्त तथा कुटुम्बहरुको सहयोग तथा समर्थन रहने हुनाले नौलो प्रकृतिको काम गर्न जागर चल्नेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पढाइ लेखाइमा मन जाने हुनाले भनेजस्तो नतिजा ल्याउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरु विच घनिष्टता बढेर जानेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगती हुनेछ । समयको अध्ययन गरेर रचानात्मक तथा कृतिमानी काम शुभारम्भ गर्न सकिनेछ । तरपनि समय अनुकुल नहुनाले खानपान तथा सरसफाईमा ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला । धार्मिक कार्य तथा सामाजिक कार्यमा खर्च बढे पनि मन खुसी रहनेछ । स्वास्थ्य सम्वन्धी सामान्य समस्याले नसताउँला भन्न सकिन्न । पढाइ लेखाइमा समय दिन नसक्दा अरु भन्दा पछी परिनेछ । 


बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) ईमान्दारिता पुर्वक गरीएको प्रयासबाट सकारात्मक नतिजा आउँने हुनाले मन प्रशन्न हुनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । चाहको वस्तु तथा मनोकामनाहरु पूरा हुनाले मन प्रफुल्लीत हुनेछ । तरपनि समय अनुकुल नहुनाले खानपान तथा सरसफाईमा ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कानुन सम्वत गरीने कुनै पनि कामहरु सौहार्दपुर्ण वातावरणमा सम्पन्न हुने हुँदा मान सम्मानमा बृद्धि भएर जानेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट पद प्रतिष्ठा पाउँने योग रहेकोछ । प्रेम प्रशङमा सामिप्यता बढेर जानेछ । घरमै वसेर प्रविधिको प्रयोग गरि अध्ययन गर्न सकिनेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफ्नो रितिरिवाज जोगाउने काममा समय खर्च हुनेछ । सामाजिक कामगरी समाजमा नाम कमाउँन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जाने तथा आफन्तहरुलाई खुसी पार्न सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागी दिन उत्तम रहेकोछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बाटो हिड्दा वा सवारी चलाउँदा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । स्वास्थ्यमा समस्या देखापर्ने तथा औषधि उपचार खर्च बढ्ने योग रहेकोछ । मन कमजोर हुने हुँदा पढाइ लेखाइमा मन जानेछैन भने अरुभन्दा पछि परिनेछ । परिस्थितीले ऋण लगाउँने तथा बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) माया प्रेममा अविश्वास बढ्नेछ भने जीवन साथीसँग असमज्दारी बढ्ने हुनाले कामहरु समयमा गर्न सकिनेछैन । व्यापार व्यापारमा मन्दि आउने तथा घाटा लाग्नाले लगानी दैनिकी चलाउन हम्मे हम्मे पर्नेछ । स्वास्थ्य सम्वन्धी सामान्य समस्या आउने तथा कामहरु प्रभावित हुनेछन् । अध्ययनमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप