केन्द्रीय संस्करण

नीमा स्मृति प्रतिष्ठानद्धरा  दुईबटा अस्पालमा पीपीई प्रदान

person explore access_timeबैशाख २१, २०७७ chat_bubble_outline0

बुटवल । प्रतिमान नीमा स्मृति प्रतिष्ठान भैरहवाले रुपन्देहीका दुई वटा अस्पतालमा  पीपीई प्रदान गरेको छ । प्रतिष्ठानले आज लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भीम अस्पताल भैरहवालाई ५÷५ थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) प्रदान गरेको  जनाएको छ ।

प्रतिष्ठानले दुईवटै अस्पताललाई पीपीई ५ थान, फेस सेल्ड (हेल्मेट), ५ थान, पञ्जा ५ जोडा, स्यानेटाइजर २० पिस र बुट ५ जोडा उपलब्ध गराएको प्रतिष्ठान कार्यकारी निर्देशक स्वाती थापाले बताइन् ।

प्रतिष्ठानका कार्यकारी निर्देशक स्वाती थापा र निर्देशक धर्म बहादुर के.सी.ले आइतबार लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरीटेण्डेण्ट डा. राजेन्द्र प्रसाद खनाल र भीम अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. नविन दर्नाललाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।

स्वास्थ्य सामाग्री ग्रहण गर्दै डा. खनालले अस्पताललाई सुरक्षा कवचको अभावमा काम सञ्चालन गरिरहेको अवस्थामा प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले पीपीईसहित अन्य स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गरे । उनले विभिन्न सहयोगी हातहरुका कारण अस्पताललाई कार्यसम्पादन गर्न सहज भएको बताए ।

भीम अस्पपतालका मेसु डा. दर्नालले आगामी दिनमा पनि प्रतिमान–नीमा स्मृति फाउण्डेशनसंग समन्वय र सहकार्य गर्दै अगाडी बढ्ने बताए ।

प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुर्दशन बरालले प्रदेश ५ मा विभिन्न क्वारेन्टाइन व्यवस्थापन गर्ने क्रममा प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले आफ्नो भवन क्वारेन्टाइनको रुपमा दिएकोमा धन्यवाद दिए । 

उनले आफ्नो स्रोतबाट कोभिड–१९ विरुद्ध लुम्बिनी प्रादेशिक अस्पताल र भीम अस्पताललाई पीपीईसहित अन्य स्वास्थ्य सामाग्री उपलब्ध गराउने कार्य प्रशसंनीय रहेको बताए ।

केही दिनमा रोहिणी, ओमसतिया र सियारी गाउँपालिकालाई पनि ४÷४ थान पीपीई उपलब्ध गराउने फाउण्डेशनका निर्देशक धर्म बहादुर केसीले बताए ।

स्वास्थ्यकर्मीलाई तालिम

कोरोना भाइरस (कोभिड–१९) विरुद्ध फ्रन्टलाइनमा काम गरिरहेका स्वास्थ्यकर्मीहरुलाई प्रतिष्ठानले आगामी हप्ता तालिम प्रदान गर्ने जनाएको छ । 

अमेरिकाको ब्राउन युनिभर्सिटी, मसेडोनियाको प्रोजेक्ट होपको सहयोग र प्रदेश ५ सामाजिक विकास मन्त्रालयको समन्वयमा कोरोनाविरुद्ध लड्नका लागि तालिम सञ्चालन गर्न लागिएको प्रतिष्ठानका कार्यकारी निर्देशक स्वाती थापाले बताइन् । 

'हामीले पहिलो चरणमा विभिन्न जिल्लाका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी गरी १० जनालाई डट्स टे«निङ (तालिम) प्रदान गर्नेछौं, तालिम लिएपछि उहाँहरुले २ हजार बढी फ्रन्टलाइनमा काम गर्नेलाई आफुले सिकेका कुरा अरुलाई सिकाउनुहुनेछ,' थापाले भनिन् । 

'एक जनाले फ्रन्टलाइनमा रहेर काम गर्ने २ देखि ३ सयसम्मलाई कोरोनाविरुद्ध लड्न सिकाउनुहुनेछ,' उनले भनिन् । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले छोटो समयमा कोरोनाविरुद्ध लड्न स्वास्थ्यकर्मीहरुलाई तालिम प्रदान गर्न लागेको बताए 

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.