बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आफ्नो मृत्युबारे ऋषि कपुरले जे भनेका थिए आखिर त्यहि भयो

आइतबार, २१ वैशाख २०७७, १४ : ३६
आइतबार, २१ वैशाख २०७७

बलिउडका दिग्गज कलाकार ऋषि कपुरले अप्रिल ३० तारिखमा मुम्बईको एक अस्पतालमा अन्तिम सास फेरे । उनी करिब दुई वर्षदेखि क्यान्सरसँग जुधिरहेका थिए । ऋषि कपुरको निधनपछि पूरा बलिउड इन्डष्ट्रि शोकमा डुबेको छ । यता उनको पुरानो ट्वीटमा पनि मानिसहरुको ध्यान केन्द्रीत भएको छ । यसमा उनले आफ्नो मृत्युबारे एउटा कुरा भनेका थिए जुन वास्तविकतामा परिणत भयो ।

लगातार थुप्रै ट्वीट गरेका थिएः

वास्तवमा सन् २०१७ मा नायक विनोद खन्नाको निधनपछि उनको अन्तिम संस्कारमा निकै कम मानिस पुगेका थिए । यसबाहेक नयाँ पुस्ताका कुनै पनि नायक नायिकाको उपस्थिती थिएन । यो कुरामा ऋषि कपुर नयाँ पीढिमाथि भड्किएका थिए । उनले लगातार थुप्रै ट्वीट गरेका थिए ।

ऋषि कपुरले ट्वीट गरेका थिए, ‘लाजै लाग्दो ! नयाँ पुस्ताका एकजना पनि विनोद खन्नाको अन्तिम यात्रामा पुगेनन् । जबकी उनी ती व्यक्तिहरुसँग पनि काम गरिसकेका थिए । कम्तीमा इज्जत गर्न त सिक्नुपर्छ ।’

ऋषि कपुरले अर्को एउटा ट्वीटमा भनेका थिए, ‘यस्तो किन ? म र मपछि पनि । म मर्नेबेलायमा यसका लागि तयार हुनुपर्छ । कसैले पनि मलाई काँध दिनेछैनन् । अहिलेका कथित स्टार्ससँग म निकै रुष्ट छु ।’

ऋषि कपुरले अर्को ट्वीटमा लेखेका थिए, ‘रिस उठेको छ । हिजो राती प्रियंकाको पार्टीमा धेरै चम्चेहरु देखिएका थिए । तर विनोद खन्नाकोमा निकै कम मानिस थिए । यी सब कुरा प्रति म एकैदम रिसाएको छु ।’

लकडाउनमा भयो ऋषि कपुरको निधनः

ऋषि कपुरको निधन देशमा लकडाउनको नियम लागू भइरहेका बेला भयो । यसै कारण अन्तिम संस्कारमा २० भन्दा बढी व्यक्तिको उपस्थिती हुन सकेन । उनको अन्तिम संस्कारमा ऋषि कपुरको परिवारका सदस्य र नजिकका आफन्तमात्र समावेश भए । त्यसैले विनोद खन्नाको निधनका बेला भनेको कुरा साँचो भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप