मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तर कोरियाका शासक किम जोङ उन आखिर कहाँ ‘गायब’ हुन्छन् ?

आइतबार, २१ वैशाख २०७७, १४ : ०७
आइतबार, २१ वैशाख २०७७

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उन पुनः सार्वजनिक रुपमा देखिएपछि खुसी व्यक्त गरेका छन् ।

उनले ट्वीट गरे, ‘उनलाई पुनः स्वस्थ्य देख्न पाउँदा खुसी छु ।’ उत्तर कोरियाली नेता तीन हप्तादेखि सार्वजनिक रुपमा देखिएका थिएनन् ।

त्यसपछि उनको स्वास्थ्यको विषयमा विभिन्न अड्कलबाजी गरियो । विशेषगरी त्यतिबेला जब १५ अप्रिलमा उनी आफ्नो हजुरबुवाको जन्मदिनमा पनि देखिएनन् ।

अब उनी तीन हप्तापछि कथित रुपमा एक फर्टिलाइजर प्लान्टको उद्घाटनको मौकामा देखिए ।

समाचार एजेन्सी केसीएनएको रिपोर्ट अनुसार किमले शुक्रबार एक फर्टिलाइजर प्लान्टको रिबन काटेर उद्घाटन गरे । र त्यहाँ उपस्थित भीडले तालीको गडगडाहटमार्फत् खुसी व्यक्त गरेर उनको स्वागत गरे ।

सोमबार विभिन्न अड्कलबाजी र अफवाहबीच ट्रम्पले भनेका थिए, ‘उत्तर कोरियाका नेता कुन स्थितीमा छन् भनेर मलाई राम्रोसँग थाहा छ । तर अहिले नै म यसबारे बताउन सक्दिनँ । उनी ठिक हुन्, यही नै मेरो प्रार्थना छ ।’

राष्ट्रपति ट्रम्प र किम जोङ उनबीचको सम्बन्ध पछिल्लो केही वर्षदेखि राम्रो छ ।

सन् २०१८ पछि हालसम्म उनीहरुको तीन पटक भेट भइसकेको छ  र एक–अर्कालाई पत्र पठाइसकेका छन् । ट्रम्पले किमको पत्रलाई शानदार बताउने गर्छन् ।

यद्यपि, हालैका महिनामा उत्तर कोरियाको परमाणु कार्यक्रमको विषयमा कुनै सहमती भने जुट्न सकेको छैन ।

सरकारी मिडियाको रिपोर्टः

कोरियाली सरकारी मिडियाका अनुसार फर्टिलाइजर प्लान्टको उद्घाटनको मौकामा किम उत्तर कोरियाली अधिकारीसँगै उपस्थित थिए । यो मौकामा उनकी बहिनी पनि उपस्थित थिइन् ।

यो फर्टिलाइजर प्लान्ट प्योङयाङको उत्तर क्षेत्रमा रहेको छ ।

समाचार एजेन्सी केसीएनएले किमको भनाई उद्धृत गर्दै लेखेको छ, ‘म कारखानाको उत्पादनमा खुसी छु र देशको रसायन उद्योग र खाद्य उद्योगमा यसको योगदानको तारिफ गर्छु ।’

स्वास्थ्यको विषयमा अड्कलबाजीः

१५ अप्रिलमा आफ्नो हजुरबुवाको जन्मदिनको समारोहमा किम जोङ समावेश थिएनन् । यो देशको लागि वर्षभरीको सबैभन्दा ठूलो कार्यक्रममध्येको एक मानिन्छ । किम जोङका हजुरबुवा उत्तर कोरियाका संस्थापक थिए ।

किम जोङ उन आफैंले पनि यो कार्यक्रमलाई कहिले पनि छुटाएनन् । उनले यो कार्यक्रममा सरिक नहुने निर्णय गर्नु लगभग असम्भव नै हो ।

त्यसपछि नै उनको अनुपस्थितीमा अड्कलबाजी गर्न थालियो । हुन पनि यसबारे पुष्टि गर्नु सहज छैन ।

सरकारी मिडियामा उनलाई अन्मित पटक अप्रिल १२ मा देखाइएको थियो । उनी त्यतिबेला लडाकू विमानको निरिक्षण गरिरहेका थिए । यद्यपि, उक्त ह्यान्डआउटमा कुनै मिति लेखिएको थिएन । उक्त तस्बिरमा उनलाई सधैं झैं आनन्दित र सहज देख्न सकिन्छ ।

उत्तर कोरियाबाट भागेका व्यक्तिहरुको एक वेबसाइटमा किम जोङ उनको खराब स्वास्थ्य बारे दाबी गरिएको थियो । त्यसपछि उनको स्वास्थ्यको विषयमा अड्कलबाजी सुरु भयो ।

डेली एनकेले एक अज्ञात स्रोतलाई उद्धृत गर्दै गत वर्ष अगस्टदेखि नै किम जोङ उन मुटुरोगसँग संघर्ष गरिरहेको बताएको छ । यसमा माउन्ट पेक्टुको विभिन्न यात्रापछि उनको रोग बढेको बताइएको छ ।

त्यसपछि नै विभिन्न अन्तरराष्ट्रिय मिडियाले यही एक स्रोतलाई हवाला दिँदै खबर फैलायो ।

समाचार एजेन्सीले पनि यो दाबीलाई सार्वजनिक गर्न सुरु गरे । दक्षिण कोरिया र अमेरिकाको गुप्तचर एजेन्सीले यो दाबीमाथि निगरानी राखिरहेको भन्ने रिपोर्ट पनि सार्वजनिक भए ।

यसैबीच अमेरिकी मिडियामा अर्को एउटा सनसनीपूर्ण हेडलाइन आयो जसमा उत्तर कोरियाली नेताको मुटुको शल्यक्रियापछि गम्भीर स्थितीमा भएको बताइयो ।

यद्यपि, दक्षिण कोरियाको सरकारको बयान र चीनको गुप्तचर एजेन्सीको एक स्रोतले समाचार एजेन्सी रोयटर्सलाई यसमा कुनै सत्यता नभएको बताए ।

तर कसैले पनि किम जोङ उनको मुटुको शल्यक्रियाको खबर भने अस्विकार गरेनन् । यो ध्यान दिनुपर्ने कुरा हो ।

दक्षिण कोरिया र चीनले किम जोङ उन गम्भीर रुपमा बिरामी भएको भन्ने खबर मात्रै अस्विकार गरेका हुन् ।

पहिले पनि गायब हुन्थे ?

किम यसरी गायब भएको यो पहिलो घटना भने होइन । सन् २०१४ मा उनी सेप्टेम्बरको सुरुदेखि ४० दिनसम्मका लागि गायब भएका थिए । त्यतिबेला पनि विभिन्न अफवाह उडे ।

यीमध्ये एउटा अफवाह थियो – विद्रोहपछि उनलाई सत्ताबाट हटाइएको छ ।

बीबीसीकी सोल संवाददाता लोरा बिकर भन्छिन्, ‘उत्तर कोरियाको रिपोर्टिङ गर्नेबेला सधैं सतर्कता अपनाउनुपर्छ किनभने यहाँका धेरैजसो खबर स्रोतमा आधारित हुन्छ । किम जोङ उनको अफवाहमा आधारित कुनै पनि सुचनाले सनसनी पैदा गर्छ ।’

एउटा यस्तो राज्य व्यवस्था जहाँ यतिसम्मको गोपनियता अपनाइन्छ, त्यहाँ तथ्य र स्रोतलाई निकाल्नु एउटा चुनौतीपूर्ण काम हो । विशेषगरी त्यो समयमा जब पूरा दुनियाँ कोरोनाका कारण लकडाउनको अवस्थाबाट गुज्रिरहेको छ  ।

दक्षिण कोरियाको सरकार उत्तर कोरियामा कुनै पनि असामान्य गतिविधि नदेखिएको कुरामा स्पष्ट थियो । दक्षिण कोरियालाई उत्तर कोरियाबारे अली राम्रोसँग थाहा हुन्छछ तर कहिलेकाँही उनीहरु पनि गलत प्रमाणित भएका छन् ।

किम बिरामी भएको पनि हुनसक्छ र पछिल्लो दुई हप्तादेखि उनको शल्यक्रिया पनि भएको हुनसक्छ । उनी वोनसानमा आफ्नो भिल्लामा बसेर संसारले उनीमाथि जे जति अड्कलबाजी गरिरहेको त्यो हेरेर हाँसिरहेका पनि हुनसक्छन् ।

उनको उपस्थितीमा उनको उत्तराधिकारीबारे पनि चर्चा परिचर्चा भए । उनलाई केही भइहाले उनको उत्तराधिकारी को हुनेछ, त्यसबारे स्पष्ट जानकारी छैन ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप