शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ऋषि कपूरको निधनपछि पत्नी नितु कपूरले लेखिन्,‘हाम्रो कथाको अन्त्य’

आइतबार, २१ वैशाख २०७७, १२ : ३२
आइतबार, २१ वैशाख २०७७

एजेन्सी – बलिउड अभिनेता ऋषि कपूरको निधनपछि बलिउड उद्योग शोकमा डुबेको छ । त्यसमाथि पनि परिवार झन् ठूलो पीडाबाट गुज्रिरहेका छन् । 

यसैबीच, ऋषि कपूरको निधनपछि उनकी पत्नी नितु कपूरले उनको सम्झनामा सामाजिक सञ्जालमा फोटो शेयर गरेकी छिन् । उनले तस्बिरमार्फत श्रद्धान्जली दिँदै निकै थोरै शब्द लेखेर धेरैलाई भावुक बनाएकी छिन् । 

उनले तस्बिर शेयर गर्दै लेखेकी छिन्, ‘हाम्रो कथाको अन्त्य’ । यसका साथै उनले मुटुवाला इमोजी पनि राखेकी छिन् । उनले शेयर गरेको तस्बिरमा सेलिब्रेटी तथा उनीहरुका प्रशंसकहरुले सान्त्वना दिइरहेका छन् । 

प्रसिद्ध अभिनेता ऋषि कपूरको निधन गत अप्रिल ३० मा भएको हो  । उनको ६७ वर्षको उमेर रिलायन्स फाउन्डेशन अस्पतालमा निधन भएको हो । उनको जन्म सन् १९५२ सेप्टेम्बर ४ मा भएको थियो । उनी भारतीय फिल्म क्षेत्रका सफल अभिनेता, फिल्म निर्माता र निर्देशक हुन् । 

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 

End of our story ❤️❤️

A post shared by neetu Kapoor. Fightingfyt (@neetu54) on

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप