शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनको साथी डिशहोम : थिएटरदेखि स्कूल एट होमसम्म

आइतबार, २१ वैशाख २०७७, ०८ : ५८
आइतबार, २१ वैशाख २०७७

सूचना, समाचार र मनोरञ्जनविना मानिसको जीवन अपुरो छ । यसैका लागि भनेर मानिसले आफ्नो व्यस्तताका बाबजुद पनि समय निकाल्ने गर्छन् । तर यो समय त लकडाउनको हो । सबै क्षेत्र ठप्प प्रायः छ । सबै फुर्सदिला छन् र फुर्सदको समयलाई सदुपयोग गर्न चाहनेहरुका लागि डिशहोम गतिलो माध्यम बन्न सक्छ ।

कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि मुलुक लकडाउन भएसँगै विगत ४० दिनदेखि सबै आ–आफ्ना बासस्थान भित्र छन् । लामो समय घरभित्र रहँदा के गर्ने, कसो गर्ने भनेर छट्पटाहट हुनु स्वाभाविक हो र यस्तो छट्पटाहट न्यून गर्न मनोरञ्जन नै उत्तम विकल्प हुन सक्छ । मानिसका लागि मनोरञ्जन, सूचना, समाचार भनेका दैनिक खुराक हुन् र यस्ता खुराकले समय बिताउन पनि सहज बनाइदिन्छ । यस्तो खुराक पस्कने विभिन्न माध्यम मध्येको एक हो ‘डिशहोम नेपाल’ ।

नेपालकै अग्रणी मनोरञ्जन तथा सूचनाको बाहक डिशहोम नेपालको टेलिकम्युनिकेशन क्षेत्रमा पहिलोपटक डिजिटल स्याटलाइट टिभी प्रविधि भित्र्याउन सफल कम्पनी हो । सन् २००९ देखि सेवा सुरु गरेको डिशहोमले डिजिटल टिभीलाई नेपालभर (७७ वटै जिल्लामा) फैलाएको छ ।

कम्पनीले आफ्ना च्यानलमार्फत विभिन्न सूचना, समाचार, मनोरञ्जनात्मक कार्यक्रमदेखि चलचित्र, बालबालिकाका लागि उपयोगी भिडियो अनि विद्यालय तहको कक्षा पनि संचालन गरिरहेको छ । कम्पनीले कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका लागि विभिन्न सेलिब्रिटी, डाक्टर तथा विज्ञहरुको विचार तथा सुझावहरलाई समेटी प्रशारण समेत गर्ने गरेको छ ।

साथै विपतको समयमा नाफाघाटालाई भन्दा पनि राष्ट्र र समाजप्रति उत्तरदायी बन्नमै केन्द्रित रहेको बताउने डिशहोमले लकडाउनको अवधिमा ग्राहकको सुविधाका लागि विभिन्न प्याकेजका साथै निःशुल्क सेवा पनि प्रदान गर्दै आइरहेको छ ।

अत्यावश्यक सेवाअन्तर्गत पर्ने डिशहोमले बालबालिकादेखि बृद्धबृद्धासम्म र शिक्षादेखि मनोरञ्जनसम्मका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी २०८ वटा च्यानलहरु प्रशारण गर्दै आइरहेको छ ।

डिशहोम स्कूल एट होम

लकडाउन ४० दिन नाघिसकेको छ । यो अवधिमा विद्यालयस्तरका विद्यार्थीहरुको पढाईमा नराम्रो असर परिरहेको छ । लकडाउनका कारण पढाई प्रभावित भएपछि विद्यार्थीहरु अन्यौलमा छन् यतिबेला । कतिपय स्कूलहरुले अनलाइन कक्षा सुरु गरे पनि इन्टरनेटको पहुँचमा सबै विद्यार्थी नुहुँदा यो त्यति उपयोगी देखिएको छैन । यता अन्यौलकै बीच विद्यार्थीहरुका लागि भनेर डिशहोमले स्कूल एट होम (घरमै क्लास) सुरु गरेको छ ।

डिशहोमले बैशाख २० गतेबाट नयाँ तीनवटा च्यानलहरु सुरु गरी उक्त च्यानलमार्फत ४ देखि १० कक्षासम्मका पाठ्यक्रममा आधारित कक्षा संचालन गर्न थालेको छ । डिशहोमका ११४, ११५ र ११७ नम्बरका यी तीन च्यानलबाट कक्षा सुरु भएका हुन् । डिरवाक लर्निङ सेन्टरसँगको सहकार्यमा कक्षा संचालन गरेको डिशहोमका जनरल म्यानेजर रमेश सापकोटाले जानकारी दिए ।

देशैभरका (७७ वटै जिल्लाका) विद्यार्थीहरुको पढ्ने क्रम नरोकियोस् भनेरै कक्षा संचालन गरिएको सापकोटाले बताए । यी कक्षामा सबै विषयको पढाई हुन्छ । डिरवाक लर्निङ सेन्टरले सबै जिल्लाका विद्यार्थीहरुका लागि पढाईमा सहज हुने गरी कक्षा संचालनमा सहयोग गरेको जनाएको छ । फरक फरक समयमा फरक फरक विषयका कक्षा संचालन हुन्छन् । कुन समयमा कुन विषयको पढाई हुने भन्नेबारे डिशहोमले च्यानलबाटै तालिका सार्वजनिक गरिरहेको छ भने डिशको फेसबुक पेजमा पनि यसबारे जानकारी प्राप्त गर्न सकिन्छ ।

हरेक गाउँपालिकामा डिश होम पुगेकाले पनि विद्यार्थीहरुले अंग्रेजी, गणित, विज्ञान र नेपाली विषयका कक्षाहरु सहज रुपका लिन सक्नेमा कम्पनी विश्वस्त देखिन्छ । यी कक्षा पूर्णरुपमा निःशुल्क हुन् ।

डिशहोमको च्यानल नम्बर ११७बाट कक्षा ४, ५ र ६ को, च्यानल ११५बाट कक्षा ७, ८ र ९ को र च्यानल ११४बाट कक्षा १०को पढाई सुरु भएको छ । कक्षाहरु बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म नै संचालन भएका छन् । यी शिक्षा च्यानल कुनै अतिरिक्त शुल्क बिना नै नियमित मासिक प्याकेज  मूल्यमा दिइएको डिशले जनाएको छ ।

कम्पनीले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा घरमै रहेका विद्यार्थीहरुका लागि उपयोगी र अत्यावश्यक भएकाले कक्षाहरु संचालनमा ल्याएको जनाएको छ । डिश होमले नयाँ कक्षा संचालन भएसँगै अन्य सुविधा पनि थप गरेको छ । जसमा रिचार्ज सकिएर च्यानल हेर्न बञ्चित भएकाका लागि एक महिना निःशुल्क च्यानल हेर्ने सुविधा उपलब्ध गराएको छ ।

रिचार्ज सकियो ? अब नो टेन्सन !

डिश होमले लकडाउनका कारण वा अन्य विविध कारणले ६ महिना वा सो भन्दा लामो समयदेखि च्यालन रिचार्ज गर्न नसकेका ग्राहकका लागि वैशाख २१ गतेदेखि लागु हुनेगरी ३० दिन (एक महिना)सम्मका लागि सम्पूर्ण (२०८ वटै) च्यानल निःशुल्क उपलब्ध गराउने जनाएको छ ।

डिशहोमका लगभग १८ लाख ग्राहकमध्ये कति त समयमा रिचार्ज गर्न नसकेरै च्यानल हेर्नबाट बञ्चित छन् लकडाउनका कारण । त्यस्ता ग्राहकका अतिरिक्त विशेष गरी बालबालिकाको पढाई सहज होस भनेर निःशुल्क रिचार्ज गरी च्यानल हेर्ने सुविधा दिएको उनले बताए ।

लकडाउन सुरु भएलगत्तै सस्तो च्यानलहरु लिन चाहने ग्राहकहरुको लागि भनेर डिशहोमले ‘प्लस प्याकेज’ ल्यायो । जसमा १६ वटा थप एक्सक्लुशिभ च्यानलहरु (अन्तर्राष्ट्रिय न्यूज च्यानल, मनोरञ्जनात्मक च्यानल र डिशहोमका आफ्नै च्यानलहरु) अतिरिक्त शुल्क विना नै प्रदान गरेको छ ।

डिशहोमले आफ्ना ग्राहकहरुले लकडाउनको समयमा रिचार्ज गर्न नपाएर च्यानल हेर्नबाट वञ्चित हुन नपरोस भनेर क्रेडिट सेवा (उधारो सेवा)सुरु गरेको छ । जसमा पहिले पाँच दिनका लागि दिएको सेवाको समय थपेर १० दिन पुर्याएको छ । अर्थात पहिला रिचार्ज सकिएपछि ग्राहकले ५ दिनसम्म उधारोमा टिभी हेर्न पाउँथे भने अहिले १० दिनसम्म पाउँनेछन् । ग्राहकले रिचार्ज सकिएर तत्काल रिचार्ज गर्न सक्ने अवस्था नुहँदा १० दिनपछि तिर्न मिल्ने गरी क्रेडिट सेवा ल्याएको हो ।

क्रेडिट सेवा लिन ग्राहकको मोबाइल नम्बर दर्ता भएको छ भने ग्राहकले ९८०१११२२३३ मा मिस्ड कल गरेर सेवा लिन सक्नेछन् र १० दिनपछि कार्यालयमा सम्पर्क गरी रिचार्ज किन्न सक्नेछन् ।

त्यसैगरी, कम्पनीले ग्राहकले क्रेडिट स्पेस ग्राहक युजर आइडी राखेर ३२५०० मा एसएमएस गर्दा १० दिनको लागि स्वतः च्यानलहरु खुल्ने व्यवस्था पनि गरेको छ । र, १० दिन पछि रिचार्ज किन्दा अतिरिक्त शुल्क लाग्दैन ।

लकडाउनको समयमा बिक्रीपछिको सेवा, रिचार्ज सेवा, र सेवा थपका लागि डिशहोमले एक सय बढी टर्मिनलहरु राखेर एनटीसीको टोल फ्री नम्बर १६६००१२२००० र एनसेलको ९८०११५५००० नम्बरमा सम्पर्क गरी २४ सैं घण्टा सेवा लिन सकिन्छ ।

त्यसैगरी डिशहोमले सुरक्षा सतर्कताका साथ सामाजिक दुरी कायम गर्दै प्राविधिकहरुमार्फत होम सर्भिस पनि दिँदै आएको छ । लकडाउनको समयमा ६० वटा टर्मिनल स्थापना गरी बिहान ८ देखि साँझ ७ बजेसम्म ग्राहक सेवालाई प्राथमिकतामा राखेर काम गर्दै आएको सापकोटाले बताए ।

लकडाउनको अवधि बढेसँगै क्रेडिटले मात्र नहुने भएपछि डिशहोमले टोल फ्री नम्बरमा सम्पर्क गरी नम्बर टिपाउने ग्राहकको घर घरमा रिचार्ज कार्ड उपलब्ध गराउने गरेको छ । त्यसैगरी, फेसबुक, ह्वाट्स एप र भाइबरमार्फत पनि होम सर्भिस दिँदै आएको कम्पनीका जनरल म्यानेजर सापकोटाले बताए ।

कम्पनीले हाल नेपालभर रहेका १० हजार बढी डिलरहरुमार्फत सेवा प्रदान गर्दै आएको छ । त्यसैगरी देशैभर रहेका सर्भिस सेन्टरहरुबाट हरेका दिन बिहान ९ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म विक्री पछिको सेवा पनि दिँदै आइरहेको जनाएको छ । र, योसँगै यो अवधिमा नयाँ जोड्न चाहनेका लागि पनि डिशहोमले सेवा दिइरहेको छ ।

घरमै थियटर

२०८ वटा च्यानल प्रशारण गरिरहेको डिशहोमले लकडाउन भएसँगै च्यानल थप गरेको छ । लकडाउनको अवधिमा ग्राहकहरुलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले ‘मुभि प्याकेज’ ल्याएको हो । जसअन्तर्गत ‘सिनेमा घर’ ८८८ र १०८ नम्बर च्यानलमा नेपाली चलचित्रहरु हेर्न सकिन्छ । यी दुई च्यालन पूर्णरुपमा सिनेमा घरकै कन्सेप्टमा संचालन भएको कम्पनीले बताएको छ ।

‘सिनेमा घर’को दैनिक प्याकेजमा ग्राहकहरुले ४ वटा नेपाली चलचित्र हेर्न पाउने छन् । दर्शकले अहिले सिनेमा घर च्यानल नं. १०८मा नेपाली चलचित्र ‘बुलबुल’ र ८८८मा ‘छ माया छपक्कै’ हेर्न पाउनेछन् । र यी चलचित्र हेर्दा मात्र २२५ रूपैयाँ तिरे पुग्छ ।

यी च्यानलबाट दिनमा ४ शो प्रशारण हुने गरेको छ । जसमा नेपाली नयाँ तथा पुराना चलचित्रहरु देखाइन्छ । यसबाट ग्राहकहरुले घरमै बसीबसी सिनेमा हलको जस्तो मज्जा लिन सक्नेछन् । चलचित्र हेर्नका लागि एसएमएसमार्फत चलचित्र छनौट गर्न सकिन्छ । दर्शकको मागअनुसार चलचित्र परिवर्तन भइरहने पनि डिशहोमले जनाएको छ । यसबारे सम्पूर्ण जानकारी १०० नम्बरको च्यानलमा प्रशारण हुने गरेको छ ।

त्यसैगरी, डिशहोमले बालबालिकासम्वन्धि कार्टुन तथा अन्य च्यानलहरु पनि प्रशारण गर्दै आएको छ । जुन नेपाली, हिन्दी तथा अंग्रेजी भाषाका रहेका छन् । डिशले बालबालिकाकै लागि भनेर ¥याम्स च्यानल पनि प्रशारण गरेको छ ।

सुगमदेखि दुर्गमसम्म डिशहोम

केही समय पहिलासम्म देशका कुनाकुनाका जनता राज्यको सूचना तथा जानकारीबाट बञ्चित थिए । जब डिशहोमको सेवा सुरु भयो, देशका कुनाकुनाका जनताको सूचना पाउने अधिकारलाई सुनिश्चित गर्न मद्दत पुगेको छ ।

७७ वटै जिल्लाका हरेक गाउँपालिकामा आफ्नो उपस्थिति जनाएको डिशहोम मुलुकका कुना कन्दराका जनतालाई सूचना, समाचार तथा जानकारी सम्प्रेषण गर्न सफल भएको छ । आज हरेक गाउँमा डिशहोमका छाता देख्न सकिन्छ । सामान्य मानिसले पनि उपभोग गर्न सक्ने गरी आफ्ना सेवा सुविधालाई विस्तार गरेको डिशहोमको सेवा आफ्नो क्षमताअनुसार खरिद गर्न सकिन्छ । यसले हरेक जनताको सूचना पाउने अधिकारलाई सुनिश्चित गर्न मद्दत गरेको छ ।

त्यसैगरी, शहरी भेगमा पनि डिशहोमको प्रयोग अत्यधिक छ । राम्रो स्क्रिनका कारण पनि लोकप्रिय डिशहोमका च्यानलहरु आफ्नो खल्तीले भ्याउनेसम्म खरिद गर्न सकिन्छ । त्यसैगरी डिशहोमको रिचार्ज डिजिटल माध्यमबाट पनि गर्न सकिने भएकाले अझ सहज भएको छ ।

डिशहोमले कोरोनाभाइरसको महामारीबाट बच्न गरिएको लकडाउन र लकडाउनको अवधिका मनोरञ्जन, सूचना, समाचार तथा जनाकारीमूलक सन्देशहरु प्रशारण गरी मानिसहरुलाई सतर्क रहन प्रेरित गरिरहेको छ ।  शहरमा मात्र केन्द्रित नगरी हरेक क्षेत्रमा पुग्न सफल डिशहोमले राज्यसँग जनताको सम्बन्धलाई नजिक्याउन सफल देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप