बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आइसीयूमा रहँदा ऋषि कपुरको अन्तिम पलको भिडियो भाइरलः सिने युनियनले भन्यो, ‘यो अनैतिक काम’

आइतबार, २१ वैशाख २०७७, ०७ : ४५
आइतबार, २१ वैशाख २०७७

आइसीयूबाट ऋषि कपुरको भिडियो लिक भएको विषयमा मुम्बईको सर एचएन रिलायन्स फाउन्डेशन हस्पिटललाई नोटिस जारी गरेको छ । यो नोटिस फिल्म बडी फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्प्लोइज (एफडब्ल्यूआईसीई) ले पठाएको हो । फेडरेशनका चीफ एडभाइजर र फिल्मनिर्माता अशोक पण्डितले सोसल मिडियामा यसबारे जानकारी दिएका छन् ।

पण्डितले आफ्नो एक ट्वीटमा लेखेका छन्, ‘एफडब्ल्यूआईसीईले एचएन अस्पतालको आइसीयूबाट भाइरल भएको ऋषि कपुरजीको भिडियोमाथि विरोध जनाएको छ । भिडियो अनैतिक छ, यसलाई अनुमती बिना बनाइएको हो । यसमार्फत् एक महान र सम्मानजनक जीवन बाँचेका दिग्गजको मौलिक अधिकार उल्लंघन भएको छ । ’

अस्पताल प्रशासनले पनि दियो स्पष्टिकरणः

अस्पताल प्रशासनले यसबारे स्पष्टिकरण दिएको छ । अस्पतालको तर्फबाट जारी नोटिसमा लेखिएको छ, ‘हामीलाई थाहा भएको छ कि हाम्रा एक बिरामीको भिडियो डिजिटल प्लेटफर्ममा भाइरल भइरहेको छ । सर एचएच. रिलायन्स फाउन्डेशन अस्पतालका लागि बिरामीको गोपनियता र निजता सर्वोपरी छ र हामी यो कृत्यको निन्दा गर्छौं । अस्पताल व्यवस्थापनले यसको अनुसन्धान गरिरहेको छ । दोषी पाइएका व्यक्तिविरुद्ध कडा कारवाही गरिनेछ ।’

३० अप्रिलमा भाइरल भएको थियो भिडियोः

क्यान्सरसँग जुधिरहेका ६७ वर्षीय ऋषि कपुरले एचएच. अस्पतालमको आइसीयूमा ३० अप्रिलमा अन्तिम सास फेरे । त्यसै दिन सोसल मिडियामा उनको एउटा भिडियो भाइरल भएको थियो जसमा अन्तिम समयमा अभिनेतालाई सास फेर्न गाह्रो भइरहेको देख्न सकिन्छ । केही अन्य भिडियो पनि सोसल मिडियामा सार्वजनिक भए जसमध्ये एक भिडियोमा ऋषिका छोरा रणबीर अस्पतालको बेडमा नै उनको अन्तिम क्रिया गरिरहेको देखिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप