मचिस पहिले आविष्कार भएको थियो कि लाइटर ?
कसैले तपाईंलाई मचिस पहिले आविष्कार भएको थियो कि लाइटर भनेर सोध्यो भने तपाईं के जवाफ दिनुहुन्छ ?
झट्टै सोच्दा हाम्रो जवाफ मचिस भनेर हुन सक्छ । तर साँचो कुरा के हो भने, मचिसभन्दा पहिले नै लाइटरको आविष्कार भएको थियो । जर्मनीका रसायनविज्ञ टी. डब्ल्यू. डोबरीनरले सन् १८१६ मा सिगरेट लाइटरको आविष्कार गरेका थिए । उनले लाइटर आविष्कार गरेको ११ वर्षपछि अर्थात् सन् १८२७ मा मात्रै मचिसको आविष्कार भएको थियो । त्यसरी मचिसको अविस्कार गर्ने व्यक्ति चाहिँ बेलायती रसायनविद जोन वाकर / (John Walker) थिए ।
त्यसो त जोन वाकरले मचिसको आविष्कार गर्नुभन्दा पहिले नै सन् १६८० मा रोबर्ट बोयले नाम गरेका व्यक्तिले पनि मचिस बनाउने प्रयास गरेका थिए । त्यसका लागि उनले फस्फोरस र सल्फरको प्रयोग गरेका थिए तर उनको त्यो प्रयास त्यति सफल चाहिँ हुन सकेको थिएन । त्यस्तै सन् १८०५ मा फ्रान्सका सहायक प्राध्यापक एल. जे. थेनार्डले पनि हावाको सम्पर्कमा आउनेबित्तिकै आफैं बल्ने मचिसको आविष्कार गरेका थिए । तर यी दुबै आविष्कारहरु अव्यवहारिक र अनुपयोगी साबित भए ।
उनीहरु कै पाइलालाई पच्छ्याउँदै वाकरले अनुसन्धान गर्ने क्रममा एन्टिमोनी, सल्फाइड, पोटासियम क्लोराइड, गम र स्टार्च मिसाएर बनाइएको ठोस पदार्थलाई कुनै पनि खस्रो सतहमा घस्रेर बाल्न सकिने कुरा पत्ता लगाएका थिए । यसरी उनले पत्ता लगाएको मचिसलाई कन्ग्रेभ्स (Congreves) नाम दिएका थिए ।
वाकरले मचिस पत्ता लगाए पनि त्यसको प्याटेन्ट चाहिँ स्यामुअल जोन्स नाम गरेका व्यक्तिको नाममा गरिएको थियो । त्यसबेला मचिसलाई लुसिफर (lucifers) भनिन्थ्यो र त्यही नाममा नै त्यसको विक्री हुने गर्थ्यो ।
पहिले पहिलेको मचिस बाल्दा नमिठो गन्हाउने गथ्र्यो । त्यसलाई सुधार गर्दै सन् १८३१ मा फ्रान्सका चार्ल्स साउरियाले मचिसमा सेतो फस्फोरसको प्रयोग गर्ने उपाय पत्ता लगाएका थिए । तर सेतो फस्फोरस विषालु हुने र त्यसले हड्डीसम्बन्धी खराबी गर्ने र मानिसको ज्यानैसमेत लिनसक्ने भएकोले चाँडैनै त्यसमाथि प्रतिबन्ध लाग्यो ।
आधुनिक मचिसको पुर्खा चाहिँ चिनियाँहरुले प्रयोग गर्ने काठको टुप्पोमा सल्फर दलिएको सानो छेस्को थियो । चिनियाँहरुले ५७७ तिर त्यो छेस्को आगो बाल्नका लागि उपयोग गर्ने गर्थे ।
Title photo: https://createdtothink.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कारपछि हत्या गरेको अभियोगमा पाँच भारतीयलाई मृत्युदण्डको सजाय
-
गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट
-
भक्तपुरमा मोटरसाइकल र कार ठोक्किँदा आमाको मृत्यु, छोरी घाइते
-
सरकारी प्रणालीमा १९ लाख ७१ हजार किसान परिवार सूचीकृत
-
खैरो हेरोइन ल्याउने र लिन बसेका युवा पक्राउ
-
सरकारले खोस्यो १३ जना स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी