मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मलाई जिउँदो राख्न डाक्टरले थुप्रै लिटर अक्सिजन दिएका थिएः बेलायती प्रम

आइतबार, २१ वैशाख २०७७, ०६ : ५१
आइतबार, २१ वैशाख २०७७

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो उपचारसँग जोडिएका एक जानकारी सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्री जोनसन २६ मार्चमा कोरोना संक्रमित पाइएका थिए । तत्पश्चात् उनलाई लण्डनको सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना गरिएको भोलिपल्टै उनलाई आइसीयूमा भर्ना गर्नुपरेको थियो ।

अहिले उनी पूर्ण रुपमा निको भएर काममा फर्किसकेका छन् ।

सन पत्रिकालाई दिएको एक अन्तरवार्तामा बोरिस जोनसनले उनलाई जिउँदो राख्नका लागि डाक्टरले उनलाई थुप्रै लिटर अक्सिजन दिएको जानकारी दिए ।

अस्पतालमा आफूले जतिबेला पनि यो स्थितीबाट कहिले पार हुने हो भन्नेबारे मात्रै सोचेको गरेको उनले बताए ।

उनकी पार्टनर केरी साइमन्ड्सले बोरिसको उपचारमा खटिएका दुई डाक्टरको नाममा आफूहरुले छोराको नाम राखेको जानकारी दिइन् ।


 यी दुईले आफ्नो छोराको नाम विल्फ्रेड लरी निकोलस जोनसन राखेका छन् ।

प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज भएको केही दिनपछि नै उनीहरुलाई पुत्रलाभ भएको थियो ।

 आफ्नो स्थिती बिग्रिएको अवस्थामा के गर्ने भनेर डाक्टरहरुले त्यसको पनि प्रबन्ध मिलाएको बोरिसले जानकारी दिए ।

जोनसनले भने, ‘केही दिनभित्रै मेरो स्थिती अत्यधिक खराब भएको थियो, मेरा लागि यो कुरा विश्वास गर्न मुश्किल थियो ।’

डाक्टरहरुले आफ्नो अत्यधिक हेरविचार गरेका कारण आफू निको भएको उनको ठम्याइँ छ ।

बीबीसीका राजनीतिक संवाददाता जोनाथन ब्लेकका अनुसार उनीहरुको यो कुराले थाहा हुन्छ कि प्रधानमन्त्रीको स्थिती कतिसम्मको नाजुक भएको थियो ।

दुई डाक्टरले एक बयान जारी गरेर प्रधानमन्त्री र उनकी पार्टनरलाई शुभकामना दिँदै उनीहरुलाई धन्यवाद पनि दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप