बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ईश्वर, भाइरस र ओलीराज

ईश्वरले मात्रै सबै कुरा जानेको हुन्छ भनी 'फल्स एनालाइसिस' शिक्षा दिएर मान्छेलाई चेतना विकास गर्न रोक्नु घातक
आइतबार, २१ वैशाख २०७७, ०६ : ४८
आइतबार, २१ वैशाख २०७७

 “ईश्वरको मृत्यु भयो !” नित्सेले भनेको यो कुराले एउटा युगको अन्त्य र अर्कोको जन्म गरिदिएको छ | ईश्वरवादीहरुलाई यो घोषणाले के कस्तो प्रभाव पार्‍यो होला अनुमान गर्न सहज छैन |

“कुन मन्दिर जान्छौं यात्री, कुन सामग्रीले पूजा गर्ने हो ?” यसरी लक्ष्मीप्रसाद देवकोटाले भक्तजनलाई मात्रै प्रश्न गरेको होइन ईश्वरको अस्तित्वलाई नै औंला उठाएका हुन् | ईश्वरको अस्तित्वलाई चुनौती दिनु अवचेतनमनले मुक्ति खोज्नु हो अथवा मानवताभन्दा माथि कोही छैन भनेर मानवीयताको आत्म सम्मान गर्नु हो |

बंगलादेशकी लेखिका तसलिमा नसरीनले 'यदि अल्लाहले कोभिड १९ बाट बचाउने हो भने किन मस्जिद छोडेर भागेको' भनेर ईश्वरवादीहरुलाई प्रश्न तेर्स्याइन् | यसरी ईश्वरको अस्तित्वमाथि जब्बर शंका र प्रहार गर्ने काम वैज्ञानिकहरुले गरेकाले धेरैले अकल्पनीय र असामयिक मृत्यु बहन गर्नु परेको इतिहास हामीले नपढेको होइन |


विज्ञानले जतिसुकै तथ्य, प्रमाण पेश गरेर यो ब्रह्माण्ड र मानवलगायत सबै प्राणीको उत्पत्ति समयक्रममा विभिन्न चिज र प्रजातिबाट भएको सत्य कुरा खुलाइसकेको छ । यति सत्य कुरा भन्दाभन्दै पनि मानवजातिले त्यसमा पनि विशेषत: पूर्वीय समाजले यसलाई पूर्ण रुपले ग्रहण गरेको पाइँदैन |


विज्ञानले जतिसुकै तथ्य, प्रमाण पेश गरेर यो ब्रह्माण्ड र मानवलगायत सबै प्राणीको उत्पत्ति समयक्रममा विभिन्न चिज र प्रजातिबाट भएको सत्य कुरा खुलाइसकेको छ । यति सत्य कुरा भन्दाभन्दै पनि मानवजातिले त्यसमा पनि विशेषत: पूर्वीय समाजले यसलाई पूर्ण रुपले ग्रहण गरेको पाइँदैन |

दिनभरि बायोलोजी, फिजिक्स पढेर/ पढाएर पनि बेलुका घरको आँगनमा बनाइएको मठ/मन्दिर र कोठामा झुन्ड्याइएको तस्विरमा आएर ढोग्ने डाक्टर र वैज्ञानिकहरु तपाई हामीले नदेखे/नसुनेको पनि होइन | एउटा काल्पनिक पात्रसँग तपाई हामी यति धेरै किन विश्वास गर्दै छौं? प्रश्नको शुरुवात यहीँबाट गर्नुपर्दछ |

पूर्वीय समाज सामान्यत: भाग्य वा धर्ममा विश्वास गर्ने समाज हो भने पश्चिमा समाज कर्म,परिश्रम र लगनशीलतामा विश्वास भएर चल्दै आएको छ | समाजअनुसारको राज्य पनि निर्माण र संचालन भइरहेको हुन्छ |

म जन्मे हुर्केको तामाङ समाजमा मेरो पुस्तासम्म आफूभन्दा उमेरमा ठूलाहरुको नाम बोलाउनु हुँदैन भनिन्छ । त्यसैले छुट्टै बोलाउने नाम (निकनाम)बाट वा साइनो तथा गन्ती (जेठा,माइला..) भनेर बोलाउनुपर्दथ्यो | मेरी आमाहरु छिमेकी गाउँबाट दौरा-सुरुवाल र पेन्ट लगाउने मान्छे देखेमा भाग्नुहुन्थ्यो रे | यस्तो समाजमा हुर्केको/हुर्काइएको मान्छेलाई आफुभन्दा ठूलाले सिकाएकोमा हवसमा हवस थपेर मुन्टो बटार्नु बाहेक सत्य, तत्य, तर्कबितर्क, आलोचना र समालोचना गर्नु भनेको कल्पनाबाहिरको कुरा हो | मैले पनि पछि थाहा हुन पाएँ, यहाँ समाज र राज्य नै यसरी चलेको रहेछ |

बच्चाहरुको मनमा तोतेबोलीसँगै ईश्वर र भूतको काल्पनिक पात्र थोपरेपछि, उनीहरुका घरआँगन, मूलढोका र सुत्ने कोठामा विभिन्न प्रतिमूर्ति, चित्र जबर्जस्ति घुसाईदिएपछि बालकको संसार पनि ईश्वरकै अधीन हुन्छ | स्कूलमा शिक्षक वर्गले सरस्वतीलाई ज्ञानकी देवी हो भनेर मन्दिर वा तस्विरमा ढोग गर्ने/गराउने कार्य गर्छन् | समाज पनि प्रचलित संस्कार र संस्कृतिले यस्तै सिकाउने गर्दछन् भने राज्यले पनि यसैलाई प्रबर्धन गरिरहेका छ |


एउटा मानव जन्मेर बोली फुट्न नपाउँदैदेखि समाज, स्कूल र राज्य सबै मिलेर ईश्वरको साङ्लोले बाँधिएको हुन्छ | ईश्वरले मात्रै सबै कुरा जानेको हुन्छ भनी 'फल्स एनालाइसिस' शिक्षा दिएर मान्छेलाई चेतना विकास गर्न रोक्ने परिवार, समाज र राज्य आज नेपालीहरुको लागि घातक भएको छ | मान्छेको चेतना विकास भएर अवचेतन मनसम्म पुगेपछि व्यक्ति आफै ईश्वर बन्न जाने हुन्छ | यस्तो समाज र राज्यमा बायोलोजी र फिजिक्स पढेर पनि आखिरमा बच्चैदेखिको साङलोबीचमा घुस्ने अल्पकालीन शिक्षाले कहाँ तोड्न सक्छ र?


एउटा मानव जन्मेर बोली फुट्न नपाउँदैदेखि समाज, स्कूल र राज्य सबै मिलेर ईश्वरको साङ्लोले बाँधिएको हुन्छ | ईश्वरले मात्रै सबै कुरा जानेको हुन्छ भनी 'फल्स एनालाइसिस' शिक्षा दिएर मान्छेलाई चेतना विकास गर्न रोक्ने परिवार, समाज र राज्य आज नेपालीहरुको लागि घातक भएको छ | मान्छेको चेतना विकास भएर अवचेतन मनसम्म पुगेपछि व्यक्ति आफै ईश्वर बन्न जाने हुन्छ | यस्तो समाज र राज्यमा बायोलोजी र फिजिक्स पढेर पनि आखिरमा बच्चैदेखिको साङलोबीचमा घुस्ने अल्पकालीन शिक्षाले कहाँ तोड्न सक्छ र? राज्यलाई हिजो ईश्वर भनेर पाठ पढाउने समाज र पाठ्यक्रम तपाई हामीले पढेको/पढाएको थियो | विभिन्न नीति तथा धर्मशास्त्रको आधारमा कानुन बनाएर राज्य संचालकको विरोध गर्नु हुँदैन भनेर ईश्वरको नाममा शासक र शासित हुँदै आइरह्यो |

कोरोना संक्रमणको एकोहोरो समाचार बनिरहेको नेपालमा दुई वटा अध्यादेश छापामारको शैलीमा ल्याउने र खारेज गर्ने अपवित्र कार्यले इपिसेन्टर बालुवाटारमा सिफ्ट बनाएर प्रतिपक्षीहरुको जुँगा उखेली ब्युँझाउने काम गराइयो | प्रधानमन्त्री केपी ओलीसँग मेरो दलीय, भेगीय, जातीय सम्बन्ध छैन तर जैवीय लिङ्गीय (पुरुष) सम्बन्ध छ र त्योभन्दा ठुलो राज्य-नागरिकको भावनात्मक सम्बन्ध छ | म नेपाल राष्ट्र-राज्यको सार्वभौम नागरिक हुँ, कुनै बासिन्दा वा जनता मात्रै होइन | केपी ओली व्यक्ति मात्रै होइनन् राज्यका संचालक हुन् | तर उनले मजस्ता आम सार्वभौम नागरिकको हित र रक्षा कति गरे प्रश्न उठेको छ ।

आफू र आफ्ना हितैषीका गल्ती नदेख्ने/अनुभव नगर्ने, अरुका दोष र असत्य मात्रै देख्ने राज्य सचालकहरुको पुरानै रोग हो । त्यही रोगबाट ग्रस्त भएर अधिकांश शासकले नेपाली नागरिक र समाजविरुद्ध विषवमन गर्दै आएको पाइन्छ | यसमा ओली अब्बल देखिएका छन्, र विश्व रेकर्ड राख्ने दौडमा छन् |

एउटा नागरिकको लागि राज्य आफ्ना आमाबुबाजस्तै सम्मान र भरोसाको केन्द्रबिन्दु हुन्छ | कुनै तर्क, राजनीतिकवाद वा राजनीतिक दलले नेपाललाई बनाउने होइन | देश बनाउने गणितीय सूत्र हुँदैन तर इमान्दारी, प्रणाली, कार्यसम्पादन गर्ने कला, त्याग र केही मूल्यमान्यताजस्ता आधारभूत कुरा अवश्य चाहिन्छ | ओलीले प्रयोग गर्दै आएका उखान-टुक्काले तत्कालीन वातावरणलाई हाईसन्चो, उत्साहित र उमङ्ग बनाउन सक्लान् तर देश निर्माणको दर्शन र नागरिकको आत्मसम्मान बढाउन सक्दैनन् |

विज्ञानले प्रमाणित गरेको छ- तर्क गर्ने मान्छेहरुको रचनात्मक क्षमता विकास भएको हुँदैन | देश र नागरिकको लागि तर्क भन्दा रचनात्मक र दर्शन भएको क्षमतावान राजनेता चाहिरहेको छ | ओली भने तर्क, उखान-टुक्का, झुट र जोकका इन्साइक्लोपेडिया हुन् | राज्यले मानवीय सम्बेदनामाथि प्रहार गर्न तथा आफू असल र सफल भएको देखाउन अनेक किसिमको इन्साइक्लोपेडिया निर्माण सदैव तयार गरेको हुन्छ | यस्तो उल्टो यात्राको बाटोमा कमलको फूल बिछ्याउनेहरु दिनभरि बायोलोजी, फिजिक्स पढेर/पढाएर बेलुका आँगनको मुर्तिमा ढोग्ने समुदाय/वर्गले नै राजकाज सम्हालेको छ ओलीराजमा |


विज्ञानले प्रमाणित गरेको छ- तर्क गर्ने मान्छेहरुको रचनात्मक क्षमता विकास भएको हुँदैन | देश र नागरिकको लागि तर्क भन्दा रचनात्मक र दर्शन भएको क्षमतावान राजनेता चाहिरहेको छ | ओली भने तर्क, उखान-टुक्का, झुट र जोकका इन्साइक्लोपेडिया हुन् | राज्यले मानवीय सम्बेदनामाथि प्रहार गर्न तथा आफू असल र सफल भएको देखाउन अनेक किसिमको इन्साइक्लोपेडिया निर्माण सदैव तयार गरेको हुन्छ | यस्तो उल्टो यात्राको बाटोमा कमलको फूल बिछ्याउनेहरु दिनभरि बायोलोजी, फिजिक्स पढेर/पढाएर बेलुका आँगनको मुर्तिमा ढोग्ने समुदाय/वर्गले नै राजकाज सम्हालेको छ ओलीराजमा | अर्थशास्त्री थेलरको 'इफेक्ट्स अफ इन्डोमेन्ट' (प्राप्तिको प्रभाव) वा सत्ताको लतमा राज्यको इन्जिनभित्र खिया लगाएर पाटपुर्जाहरुको संयोजन गर्न निकै उत्प्रेरित र दुस्साहस गर्दैछ |

संयोगवस नेपालभित्र कोरोना भाइरसले कसैको अकालमा ज्यान गएको छैन | जबकि कोरोनाभन्दा जब्बर भएर परम्परागत भाइरसले नेपाललाई जकडिरहेको छ | समाज र राज्यले नेपालीहरुलाई जन्मने बित्तिकै यस्तै भाइरसबीच हुर्काउँदैछ | ती परम्परागत भाइरसलाई थप मलजल र वैधता प्रदान गर्न कोरोना भाइरस उच्च वर्ग/समुदाय र राज्यको लागि वरदान भएको छ | राज्य र मूलधारका पत्र-पत्रिकाले गरिब, अति बिपन्न भनी वर्ग-भाइरस निर्धारण गर्ने काम गरेका छन् | नेपालको मानवीय सूचाङ्कअनुसार निश्चित समुदाय र क्षेत्रका व्यक्ति/समूहको आर्थिक अवस्था कमजोर छ | यस्तो वर्ग निर्धारणले उनीहरुको मनमा कस्तो चोट पर्ला ? सोच्नुपर्दछ |

यो समयमा आर्थिक रुपमा सम्पन्न व्यक्तिहरुको मनमा कोरानाको हल्का भयको सिर्जना हुन्छ होला तर अन्यलाई आधारभूत आवश्यकताले चिथोरेको छ | आधारभूत आवश्यकताको अगाडि कोरानाको डर, बन्दाबन्दीको आदेश, भौतिक तथा मानसिक कष्ट प्रधान कुरा हुँदैन | कोरोनको भाइरसबाट छुटकारा पाउन सकिन्छ तर समाज र राज्यले सृजना गरेको जब्बर भाइरसले मानव समुदायको सम्मान र सभ्यताले कति र कहिलेसम्म सामना गर्नुपर्ने हो सुनिस्चित छैन |

र अन्त्यमा

ईश्वर, राज्य अनि कोरोना भाइरस सबैको प्रतिरुप खतरनाक सावित भएको छ | काल्पनिक पात्रले मान्छेभित्रको चेतनालाई बाँधेको छ भने चेतनालाई चाहिँ राज्यले दबाएको छ | जुन देशको राज्यले चेतनालाई निषेध गर्दछ त्यो समुदाय र समाजमा ईश्वरतत्व लोप भई यस्तै कोरोना भाइरससँग अनावश्यक चिन्ता झेल्नु परेको छ | कोरोना फैलिएपछि हवाई र स्थलमार्गबाट आउने यात्रुलाई काठमाडौं र सिमाना क्षेत्रमा अनिवार्य क्वारेन्टाइन बसाएर, कोरोना परीक्षण गर्ने चेतना भएको भए आज बन्दाबन्दी गर्नुपर्ने र सिंगो समाजमा त्रसित हुनुपर्ने अवस्था आउने नै थिएन | यो समयमा नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक अवस्था झन् भत्किएको छ र भत्किने अवस्था छ | हामीले सिकेको ईश्वरीय चेतनाले भन्दा मानवीय चेतनाले मानव जातिको मुक्ति र भाइरस (रोग, सामाजिक र राजनीतिक) हटाउन सक्ने हुन्छ |

[तामाङ मानवशास्त्रका अध्येता हुन्]

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सूर्यबहादुर तामाङ
सूर्यबहादुर तामाङ
लेखकबाट थप